Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल

Sambridinews by Sambridinews
शनिबार, भदौ १६, २०८०
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भएपनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताउनुभएको हो । शनिवार काठमाडौंको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उहाँले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी समेत गर्नुभयो । आफूले प्रधानमन्त्रीमा करिव शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरु पार्टीहरुको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री दाहालको भनाई थियो । प्रधानमन्त्री दाहालले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार बिरोधी अभियान चलाउनु परेको स्पष्ट पार्नुभयो । उहाँले प्रतिक्रियावादीहरुले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार बिरोधी अभियानबारे भ्रम फैल्याउने कोशिस गरिरहेको आरोप समेत लगाउनु भयो । 
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हिजो परास्त भएका तत्वहरु फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो संख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन । तपाई–हामी सबैलाई थाहा भएकै कुरा हो । ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन ९० सिट र ८० सिट भएका पार्टीहरुको अगाडि । सजिलो कुरा त होइन यो । तपाईहरुले बुझिराख्नुभएकै होला । हाम्रो इतिहासको तागत, हाम्रा शहीदहरुले बगाएको रगतको तागत, हाम्रो वेपत्ता हजारांै योद्धाहरुको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो संघर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरुको, कार्यकर्ताहरुको र मुल नेताको हैसियतले म मा केन्द्रित भएको तागतको कारणले ३२ सिट भएपनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो । म अहिले यसको बारेमा धेरै भन्न चाहन्न । ३२ सिटको पार्टी हुँदाहुँदै पनि देशको नेतृत्व गर्ने अवसर मात्रै हामीले प्राप्त गरेनौं । बरु सदनमा भएका ८० र ९० वाला वा अन्य पार्टीहरुमा पनि समर्थन । तपाईहरुले देख्नुभयो–विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतले मलाई प्राप्त भयो । यो अद्भुत परिघटना हो । नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन । यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरु पार्टीहरुको पनि भरोसा छ । हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो । दोस्रो कुरा म के भन्न चाहन्छु भने त्यतिमात्रै होइन । मैले अव आफैंले एउटा नयाँ अभियानका शुरुवात प्रधानमन्त्रीकै तहबाट, अध्यक्षकै तहबाट त्यो शुरुवात नगर्ने हो भने आम कार्यकर्ता पंक्तिमा पनि विश्वासको, भरोसाको र उत्साहको सञ्चार हुनेवाला छैन । र, आम जनतामा पनि भरोसा जाग्नेवाला छैन । त्यसकारण मैले यो पटक नयाँ संकल्पका साथ प्रधानमन्त्री शपथग्रहण पछि नयाँ अभियानको थालनी आफैले गरेँ–भ्रष्टाचारबिरुद्ध सुशासनको अभियान । यो एउटा महाअभियान हो । यो एउटा ठूलो अभियान हो । यो एउटा नयाँ क्रान्ति हो । यो नयाँ प्रकारको जनयुद्ध नै हो । हिजो जनयुद्धमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने हिजोको सामन्ती राजामहाराजाहरुका सपना थिए । अहिले पनि दलालहरु, नकचराहरु, प्रतिक्रियावादीहरु अनेक किसिमले हाम्रो गठबन्धन फुटाउन सरकारले सुरुवात गरेको सुशासन र भ्रष्टाचारबिरोधी अभियानलाई भ्रमित पार्न अनेक कुचेष्टाहरु भएका छन् ।’

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

प्रधानमन्त्री दाहालले आफूले शुरुवात गरेको भ्रष्टाचार बिरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रुपमा लिनुपर्ने जिकिर गर्नुभयो ।

Download Video

दाहाल.zip :To download file click here

Related

Previous Post

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार

Next Post

अहिले विदेशी मुद्राको सञ्चिति काफी छः अर्थमन्त्री

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
अहिले विदेशी मुद्राको सञ्चिति काफी छः अर्थमन्त्री

अहिले विदेशी मुद्राको सञ्चिति काफी छः अर्थमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, कार्तिक ११, २०७९
हालका लागि दूधको मूल्य वृद्धि स्थगित

दुधकाे मुल्यमा प्रतिलिटर ९.१ ले बृद्धि : प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा कायम

शनिबार, फाल्गुन २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In