मंसिर, राप्तीसोनारी नेचर रनको तेस्रो संस्करण यही मंसिर ५ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ ।
राप्तीसोनारीको मदुवामा हुने यस दौडमा यसवर्ष १० किलोमिटर खुला स्पर्धा समेत समावेश गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका स्तरीय स्कुल दौडमा भने ५ किलोमिटर छात्र एवं ३ किलोमिटर छात्रातर्फको स्पर्धा हुनेछ । साथै एक किलोमिटर वाकाथन समेत हुनेछ । स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउन र प्राकृतिक स्रोत साधनको जगेर्ना एवं सदुपयोग सम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रन हरेक वर्ष सन्चालन गरिदै आएको धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए । राप्तीसोनारीको मदुवामा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन् । उनी यस दौडका परिकल्पनाकार समेत हुन् ।
विगत दुई वर्ष धारा नेपालगन्ज म्याराथन म्याराथनकै अगुवाइमा सम्पुर्ण व्यवस्थापन हुँदै आएकोमा यसवर्षदेखि राप्तीसोनारी गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रममा सम्बोधन गरेको छ । यस रेसलाई राष्ट्रिय स्तरको रोड रेसका रुपमा विकास गर्दै लैजाने तयारी रहेको पालिका अध्यक्ष तप्त पौडेलले बताएका छन् । वार्ड नं २ का अध्यक्ष ज्ञानु ओलीको समन्वयमा विभिन्न सामुदायिक वन समिति एवं संघसंस्थाले सहयोग एवं सहकार्यमा राप्तीसोनारी नेचर रन हुन लागेको हो । यसवर्ष करिव तीन सय जनाको सहभागिता रहने यस रनलाई सबैको साझा कार्यक्रमका रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष ज्ञानु ओलीले बताए ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














