काठमाडौँ — ओब्जोर इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको दशौैं वार्षिक साधारण सभा धुम्बाराही स्थित दियो महल व्यान्केटमा मंसिर २ गते शेयरधनीहरुको उल्लेख्य उपस्थितिमा भब्यरुपमा सम्मन्न भएको छ । दशौ वार्षिक साधारण सभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२/०८३ को वितरण योग्य सञ्चित खुद मुनाफाबाट करसहित ६३.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितरेको छ। कम्पनीको दशौँ वार्षिक साधारण सभामा अध्यक्ष राजेश बस्यालले प्रस्तुत गर्नुभएको मन्तव्यअनुसार जलविद्युत क्षेत्रको शेयर बिक्री र लाभांश प्राप्तिबाट कम्पनीले उत्साहजनक आम्दानी आर्जन गर्न सफल भएको जानकारी गराउनु भयो ।

शेयर बिक्री र लाभांशबाट बलियो आम्दानी
सानिमा हाइड्रो समूहसँग आबद्ध ३ वटा जलविद्युत आयोजना प्रवर्द्धक कम्पनीको शेयरमा लगानी गरेको ओब्जोर इन्भेष्टमेन्टले ती सबै आयोजना व्यावसायिक विद्युत उत्पादन (COD) मा गइसकेको जनाएको छ। लकिन पिरियड (Lock-In Period) समाप्त भएसँगै कम्पनीले बजार विश्लेषणका आधारमा शेयर बिक्री गरी ठोस आम्दानी हात पारेको छ:
- श्वेत-गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि.: मिति २०८२/०४/१७ मा लकिन पिरियड सकिएपछि २,००,००० कित्तामध्ये ८५,००० कित्ता शेयर बिक्री गरी रु. ३,६८,०९,०९९/४० आम्दानी गरिएको छ।
- सानिमा मिडिल तमोर हाइड्रोपावर लि.: मिति २०८२/१२/०८ मा लकिन पिरियड सकिएपछि १,१९,४६९ कित्तामध्ये १९,४६९ कित्ता शेयर बिक्रीबाट रु. ८५,६५,२४४/७० संकलन भएको छ।
- कुल खुद आम्दानी: यी दुवै बिक्रीबाट कम्पनीले जम्मा रु. ४,५३,७४,३४४/१० खुद आम्दानी गरेको छ, जसकै आधारमा शेयरधनीलाई ६३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो।
- चालु आव २०८३/०८४ को प्रगति: चालु आर्थिक वर्षको हालसम्म सानिमा मिडिल तमोरको थप ४०,००० कित्ता शेयर बिक्री गरी रु. २,३५,२८,८००.०० प्राप्त गरिएको छ। साथै, सानिमा मिडिल तमोरको २०८३/०६/३० मा सम्पन्न एघारौँ साधारण सभाबाट पारित ५.२६३ प्रतिशत नगद लाभांशबापत रु. ४,४९,९९९.५९ प्राप्त भएको छ।
- माथिल्लो मैलुङ्ग खोला जलविद्युत: रु. ५०,००,००० लगानी रहेको यस कम्पनीको लकिन पिरियड मिति २०८३/०७/०२ मा समाप्त भइसकेकाले उपयुक्त बजार दर कायम हुँदा शेयर बिक्री गरिने अध्यक्ष बस्यालले जानकारी दिनुभयो।
कोष व्यवस्थापन र जुम खोलामा नयाँ लगानीको तयारी
कम्पनीमा उपलब्ध कोषको प्रभावकारी परिचालनका लागि सानिमा क्यापिटल लिमिटेडसँग दुई वर्षका लागि पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (PMS) सम्झौता गरी रु. २५,००,००० लगानी गरिएको छ।
यसैगरी, सानिमा समूहद्वारा प्रवर्द्धित दोलखा जिल्लास्थित ५६ मेगावाट क्षमताको निर्माणाधीन जुम खोला जलविद्युत आयोजना को प्रवर्द्धक कम्पनी सानिमा जुम हाईड्रोपावर लिमिटेडको संस्थापक समूहको शेयरमा लगानी गर्ने पहल भइरहेको छ। उपयुक्त अवसर प्राप्त भएमा उक्त आयोजनामा रु. २,००,००,००० (दुई करोड रुपैयाँ) सम्म लगानी गर्ने योजना कम्पनीले बनाएको छ।
सभामा अध्यक्ष बस्यालले शेयरधनी तथा शुभचिन्तकहरूको रचनात्मक सुझावलाई मार्गदर्शक मान्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आव २०८२/०८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह तथा लेखापरीक्षकको प्रतिवेदन छलफल र अनुमोदनका लागि प्रस्तुत गर्नुभयो।














