दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर राजेन्द्रन बलान बुधबार काठमाडौं आएका छन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा मंसिर ४ गतेदेखि काठमाडौं सुरु हुने आठौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका लागि राजेन्द्रन काठमाडौं आएको आयोजक महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् । राजेन्द्रन र दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका महासचिव अब्दु रहिमन मंगला सेरीसहित ५ सदस्यीय टोली काठमाडौं आएको हो ।
आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफ्गानिस्तान र इथोपियाबाट करिब ७ सय ५० खेलाडी सहभागी हुने महासचिव थापाले बताए । प्रतियोगितामा जुनियर, क्याडेट, युथ, एडल्ट र भेट्रानमा सिंगल÷ग्रुप स्पाइरिङ र प्याटर्न तथा सेल्फ डिफेन्स विधामा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ६० स्वर्णका लागि भिडन्त हुनेछ ।
तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल हुनेछ । नेपालले दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागेको यो पाँचौंपटक हो । बाँकी ३ संस्करण भारतले आयोजना गरेको थियो ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














