Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दै

Sambridinews by Sambridinews
सोमवार, मंसिर १, २०८३
in TOP STORIES
0
सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२९ कात्तिक, काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ।

टर्कीको एन्टाल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकल : हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटन सत्रको समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार पारिरहेको जानकारी दिनुभएको हो।

You might also like

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

छलफलका क्रममा मन्त्री पोखरेलले जलवायु संकटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गर्नुभयो।

एकातर्फ हिमालमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक तापक्रम (हिट वेभ) का कारण पठनपाठन अवरुद्ध भइरहेको छ भने अर्कातर्फ विगतमा विपद् जोखिम मूल्याङ्कन नगरी बनाइएका भौतिक संरचनाहरू असुरक्षित बनेको उहाँले उल्लेख गर्नुभयो।

केही महिनाअघि नेपालमा नदीको सतह सामान्य उचाइभन्दा निकै माथिसम्म पुगी केही सेकेन्डभित्रै बस्तीसहित विद्यालय भवनमा क्षति पुगेको उदाहरण दिँदै उहाँले अब यी कुराहरुको मूल्यांकनमा आधारित पूर्वाधार विकास अपरिहार्य भएको बताउनुभयो। बाढीबाट पुरिएका स्कुल/बस्तीहरुको अवस्था देखाउँदै मन्त्री पोखरेलले प्रस्तुति दिनुभएको थियो।

यसै सन्दर्भमा यसअघि काठमाडौँ महानगरपालिकाका ९० वटा विद्यालयमा गरिएको सफल परीक्षण (पाइलट प्रोजेक्ट) को सिकाइका आधारमा हाल देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम र राष्ट्रिय भवन संहिताअनुसार न्यूनतम ६० प्रतिशत खुला क्षेत्र भए/नभएको विस्तृत अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो।

उक्त अध्ययनपछि बन्ने गुरुयोजना (मास्टर प्लान) ले सुरक्षित विद्यालय निर्माण गर्नुका साथै राज्यको स्रोतसाधनको समेत दिगो व्यवस्थापन गर्ने उहाँको भनाइ थियो।

जलवायु परिवर्तनको दीर्घकालीन प्रभावबाट विश्वका कुनै पनि सभ्यता अछुतो नरहने भएकाले वैचारिक विभाजनभन्दा माथि उठेर शैक्षिक र वैज्ञानिक सहकार्यमार्फत विश्व समुदाय एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

Related

Previous Post

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

Sambridinews

Sambridinews

Related Posts

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन
TOP STORIES

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा
FEATURED

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ
TOP STORIES

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
FEATURED

प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

by Sambridinews
शनिबार, कार्तिक २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज र भाेली रंगहरुको पर्व होली

आज र भाेली रंगहरुको पर्व होली

सोमवार, फाल्गुन २२, २०७९
मन्डलेहरुलाई राजा चाहिएको छ !

मन्डलेहरुलाई राजा चाहिएको छ !

शनिबार, बैशाख १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त
TOP STORIES

सरकारले जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दै

सोमवार, मंसिर १, २०८३
क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश
खेलकुद

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

आइतवार, कार्तिक ३०, २०८३
हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन
TOP STORIES

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

आइतवार, कार्तिक ३०, २०८३
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा
FEATURED

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

आइतवार, कार्तिक ३०, २०८३
विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ
TOP STORIES

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

आइतवार, कार्तिक ३०, २०८३
प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
FEATURED

प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आइतवार, कार्तिक ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In