काठमाडौं । मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा प्रोटोन ‘ई.मास ५’ ले कीर्तिमानी सफलता हासिल गरेको छ । अक्टोबर २०२६ को तथ्याङ्कअनुसार समग्र ईभी दर्तामा गिरावट आए पनि प्रोटोन ई.मास ५ मलेसियाको सर्वाधिक बिक्री (दर्ता) हुने विद्युतीय सवारी बन्दै बजारमा आफ्नो बलियो वर्चस्व कायम गर्न सफल भएको हो ।
मलेसियाली ईभी बजारमा प्रोटोनको दबदबा अक्टोबर महिनामा मलेसियामा कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए । सेप्टेम्बरको तुलनामा समग्र दर्ता २३.८ प्रतिशतले घटेको र गत फेब्रुअरीयताकै न्यून रहे पनि प्रोटोन ई.मास ५ एक्लैको २ हजार २६२ युनिट दर्ता भएको छ । यससँगै ई.मास ५ ले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।
त्यस्तै, प्रोटोनकै अर्को मोडल ‘ई.मास ७’ का ५५४ वटा सवारी दर्ता भएका छन् । यी दुई मोडलको संयुक्त दर्ताले मलेसियाको कुल ईभी बजारको ६१.३ प्रतिशत हिस्सा कब्जा गरेको छ । सोही अवधिमा मलेसियामा हाइब्रिड सवारीको दर्ता ५ हजार २३ पुगेको छ, जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो ।
नेपाली बजारमा प्रोटोन ई.मास ५ र ई.मास ७ को अवस्था मलेसियामा प्रोटोनले हासिल गरेको यो ऐतिहासिक सफलताले विश्व बजारमा प्रोटोनका विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई पुष्टि गरेको छ । नेपालमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. ले आधिकारिक वितरकका रूपमा प्रोटोनका ई.मास ५ र ई.मास ७ नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ ।
- प्रोटोन ई.मास ५ (Proton e.MAS 5): प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यो गाडी नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सेगमेन्टमै पहिलो रियर-ह्विल ड्राइभ लेआउटयुक्त सवारी हो । यसमा ८५ किलोवाटको मोटर, ४० किलोवाटआवरको सिएटिएल एलएफपी ब्याट्री, रियर मल्टि-लिंक सस्पेन्सन र ४.९५ मिटरको टर्निङ रेडियस रहेको छ । व्यावहारिक उपयोगिताका लागि ७० लिटरको फ्रन्ट ट्रंक (फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न सकिने बुट स्पेस, ३२ वटा स्टोरेज कम्पार्टमेन्ट र भेहिकल-टु-लोड (भी-टु-एल) सुविधा दिइएको छ । १४.६ इन्चको टचस्क्रिन तथा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधायुक्त ई.मास ५ को सुरुवाती मूल्य रू. ३२.९९ लाख तोकिएको छ ।
- प्रोटोन ई.मास ७ (Proton e.MAS 7): प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध यस मोडलमा ४१० किलोमिटरसम्मको डब्लुएलटीपी (WLTP) रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२-इन-१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा छ । प्रिमियम फिचरअन्तर्गत १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, विन्डशील्ड हेड-अप डिस्प्ले (एचयुडी) र भी-टु-एल सुविधा समावेश छन् । नेपाली बजारमा ई.मास ७ को सुरुवाती मूल्य रू. ४९.९९ लाख रहेको छ ।
वितरक कम्पनीबारे नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले प्रोटोन मलेसियासँगको सहकार्यमा देशभर बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई नवीनतम अटोमोटिभ प्रविधि र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापित शंकर ग्रुपअन्तर्गत हाल विभिन्न क्षेत्रका ४० वटा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।















