Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

Sambridinews by Sambridinews
बुधबार, अशोज २८, २०८३
in TOP STORIES, अर्थ, शिक्षा, समाचार
0
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-  संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक विविधता, मानव प्रकृति र पहिचानबारे बुझ्न पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्।

पुस्तकको लोकार्पण संविधानसभाको मानवअधिकार समितिकी सभापति डा. बिन्दा पाण्डे, राष्ट्रिय सभा सदस्य रेनु चन्द, संविधानसभा सदस्य परशुराम रम्तेल, शिखण्डी पुस्तकका लेखक सुशील रिजाल, कानुनकी विद्यार्थी अञ्जली कार्की, शिखा बुक्सका पुष्पराज पौडेल र एक बौद्ध गुरुले संयुक्त रूपमा गरे।

You might also like

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

वक्ताहरूले समाजमा लैङ्गिक तथा यौनिक विविधताबारे रहेको अन्योल हटाउन, पूर्वीय दर्शन र इतिहासमा रहेका सन्दर्भलाई बुझ्न तथा संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयनको अवस्था पहिल्याउन पुस्तक उपयोगी हुने बताए।

संविधानसभाको मानवअधिकार समितिकी सभापति डा.बिन्दा पाण्डेले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकार संविधानमा समेट्न लामो छलफल भएको बताइन्। संविधानमा ‘तेस्रो लिङ्ग’ वा ‘थर्ड जेन्डर’ लेख्ने कि ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ भन्ने विषयमा छलफल भएको र अन्ततः पछिल्लो शब्दावली प्रयोग गर्ने निष्कर्षमा पुगेको उनले बताइन्।

पहिलो, दोस्रो र तेस्रो लिङ्ग भन्ने वर्गीकरणबारे पनि संविधानसभामा छलफल भएको पाण्डेले स्मरण गरिन्। महिला आन्दोलनका क्रममा महिलालाई दोस्रो दर्जाको नागरिक बनाइएको गुनासो उठ्ने गरेको उल्लेख गर्दै उनले लिङ्गका आधारमा पहिलो, दोस्रो र तेस्रो भन्ने वर्गीकरणलाई उच–नीचको श्रेणीका रूपमा बुझ्न नहुने बताइन्।

नागरिकतामा महिला, पुरुष र अन्य उल्लेख गर्ने तथा ‘अन्य’ भित्र आफ्नो पहिचान खुलाउन चाहने व्यक्तिका लागि कोष्ठमा थप विवरण राख्न सकिने अवधारणाबारे पनि छलफल भएको उनले बताइन्।

संविधानसभामा सबै सदस्यलाई लैङ्गिक तथा यौनिक विविधताबारे पर्याप्त जानकारी नभएको पाण्डेले बताइन्। उनले सुनिल बाबु पन्तले संविधानसभाभित्र भोगेका अनुभव र उहाँप्रति गरिएका टिप्पणीको आफू साक्षी रहेको बताइन्।

विभिन्न दलका नेताहरूको सहयोगले अधिकारलाई संवैधानिक रूपमा स्थापित गर्न सहज भएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसका गगन थापा, रमेश लेखक र डीना उपाध्याय, नेकपा एमालेका प्रदीप ज्ञवाली तथा तत्कालीन माओवादीका सीपी गजुरेल र रेनु चन्दलगायतको भूमिका स्मरण गरिन्।

पाण्डेले नेपाली शिक्षा प्रणालीमा पूर्वीय दर्शनलाई पर्याप्त महत्त्व नदिइएको बताइन्। पूर्वीय दर्शनमा तृतीय प्रकृतिसम्बन्धी अवधारणा रहेको उल्लेख गर्दै लैङ्गिक विविधतालाई पनि सकारात्मक दृष्टिकोणबाट बुझ्नुपर्ने उनको भनाइ थियो। पुस्तकले पूर्वीय दर्शन, इतिहास र मानव प्रकृतिका विषयलाई जोडेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले भोगेका विभेद बुझ्न सहयोग गर्ने उनले बताइन्।

पाण्डेले ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकले संविधानमा स्थापित अधिकारबारे आम नागरिकमा जनचेतना फैलाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

अरूको प्रगतिलाई नकारात्मक रूपमा लिनुभन्दा सकारात्मक रूपमा लिनुपर्ने सुझाव दिँदै पाण्डेले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई विभिन्न राजनीतिक दलभित्र छलफलका रूपमा अघि बढाउनुपर्ने बताइन्।

पाण्डेले पन्तलाई पुस्तक प्रकाशन गरेकोमा बधाई दिँदै समुदायका लागि गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गरिन्। दसैँ, तिहार र छठजस्ता चाडपर्वमा उपहारका रूपमा पुस्तक दिने चलनलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव थियो। उनले शिखा बुक्सलाई यस्ता पुस्तक निरन्तर प्रकाशन गर्न आग्रह गरिन्।

राष्ट्रिय सभा सदस्य रेनु चन्दले पुस्तकको आवरणले आफूमा जिज्ञासा उत्पन्न गरेको बताइन्। आवरणमा रहेको कङ्काल र छालासहितको मानिसको आकृतिको प्रसङ्ग पुस्तक पढ्दै जाँदा खुल्दै जाने उनले बताइन्। उनका अनुसार आवरणले शिव र पार्वतीले एक्लाएक्लै मानिस जन्माउन खोजेको कथामार्फत एक्लै पूर्ण हुन नसकिने भाव प्रस्तुत गर्छ।

पन्तले विवाद सिर्जना गर्न नभई संवादको ढोका खोल्न पुस्तक लेखेको उल्लेख गर्दै चन्दले पश्चिमी लैङ्गिक ढाँचा सबै समाजका लैङ्गिक अनुभव बुझ्ने एक मात्र आधार नहुने तर्कसँग आफू सहमत रहेको बताइन्। पूर्वीय दर्शनमा पनि लैङ्गिक अनुभव बुझ्ने बहुआयामिक ढाँचा रहेको उनको भनाइ थियो।

चन्दका अनुसार पुस्तकले समयक्रममा शब्दहरूको अर्थ कसरी संकुचित हुँदै जान्छ र त्यसले सामाजिक सोचमा कस्तो असर पार्छ भन्ने विषय उठाएको छ। पहिलो, दोस्रो र तेस्रो लिङ्ग भन्ने शब्दलाई क्रम वा श्रेणीगत उच–नीचका रूपमा नभई वर्गीकरणका रूपमा बुझ्नुपर्ने तर्क पनि पुस्तकमा प्रस्तुत गरिएको उनले बताइन्।

पुस्तकले यौन विशेषता, लैङ्गिकता, लैङ्गिक पहिचान र लैङ्गिक अभिव्यक्तिलाई एउटै अर्थमा बुझ्न नहुने विषय स्पष्ट पारेको चन्दले बताइन्। उनका अनुसार लैङ्गिक पहिचान व्यक्तिको आत्मबोध हो भने लैङ्गिक अभिव्यक्ति त्यसको बाह्य प्रस्तुति हो। पुस्तकमा जैविक तथा चिकित्सकीय पक्ष र पौराणिक पात्रका उदाहरणसमेत समेटिएको उनले उल्लेख गरिन्।

पश्चिमी समाजमा प्रयोग हुने शब्द र अवधारणाले पूर्वीय समाजका सबै अनुभवलाई पूर्ण रूपमा परिभाषित गर्न नसक्ने भन्दै चन्दले नेपाली पाठकलाई सहज हुने गरी प्राविधिक शब्दहरूको अर्थ र व्याख्या थप स्पष्ट पार्नुपर्ने बताइन्।

‘जेन्डर फ्लुइड’ जस्ता शब्दको अर्थ बुझ्न कठिन हुन सक्ने भएकाले पुस्तकमा नेपाली अर्थसहितको शब्दसूची राखिएको भए अझ उपयोगी हुने उनको सुझाव थियो। पुस्तकले कानुनी भाषामा प्रयोग हुने ‘अन्य’ शब्दभित्र समेटिने लैङ्गिक तथा यौनिक पहिचानलाई अझ स्पष्ट र व्यापक रूपमा परिभाषित गर्नुपर्ने प्रश्न पनि उठाएको उनले बताइन्।

चन्दले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न सुनिल बाबु पन्तले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। पन्त संविधानसभामा पुगेपछि मौलिक हकमा समुदायका अधिकार समेट्ने विषयले स्थान पाउन सहयोग पुगेको उनको भनाइ थियो।

संविधानसभा सदस्यहरूलाई लैङ्गिक तथा यौनिक विविधताबारे बुझाउने र संवेदनशील बनाउने काममा पन्तको योगदान रहेको उल्लेख गर्दै उनले समुदायको अधिकारसम्बन्धी अभियानलाई निरन्तरता दिन आग्रह गरिन्। समुदायका अधिकार र पहिचानको मुद्दा अघि बढाउने जिम्मेवारी अझै बाँकी रहेको उनको भनाइ थियो।

चन्दले पन्तले समुदायका लागि गरेको योगदानलाई संविधान र समाजले सम्झिरहने बताइन्।

राजनीतिक नेतृ उषाकिरण तिम्सिनाले संविधानमा लेखिएका हकअधिकार कार्यान्वयन भए–नभएको विश्लेषण गर्ने जिम्मेवारी सबैको भएको बताइन्। गणतन्त्र र संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो।

२०६२/६३ को जनआन्दोलनमा विभिन्न समुदायको सहभागिता स्मरण गर्दै उनले सुरुमा तेस्रोलिङ्गी तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको सार्वजनिक उपस्थितिलाई आफूले पनि पर्याप्त रूपमा बुझ्न नसकेको बताइन्। त्यतिबेला उनीहरूको अधिकारका लागि गरिएको प्रदर्शन र पहिचानको अभिव्यक्तिबारे आफू अनभिज्ञ रहेको उनले बताइन्।

गणतन्त्रले जुनसुकै समुदायका व्यक्तिलाई पनि संवैधानिक प्रक्रियाबाट राज्यको नेतृत्वमा पुग्ने अवसर दिएको उल्लेख गर्दै तिम्सिनाले व्यक्तिले आफ्नो पहिचान र अभिव्यक्तिअनुसार जीवन जिउन पाउनुपर्ने बताइन्।

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकमा प्रारम्भिक ज्ञानदेखि ऐतिहासिक विषयसम्म समेटिएको उल्लेख गर्दै उनले यसलाई कक्षा ११ र १२ को पाठ्यक्रममा राख्नुपर्ने धारणा व्यक्त गरिन्।

नेपाली समाजसहित हरेक समाज विविधतायुक्त रहेको बताउँदै उनले विविधतालाई सम्पत्ति र शक्तिका रूपमा बुझ्न सबैले यसबारे अध्ययन गर्नुपर्ने बताइन्।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम लोहनीले लिङ्गको वर्गीकरणलाई कालो र सेतो अर्थात् दुईवटा निश्चित श्रेणीमा मात्र सीमित गरेर बुझ्न नहुने बताए। प्राकृतिक रूपमा जन्मिएको व्यक्तिले पाउनुपर्ने नैसर्गिक अधिकारबाट किन वञ्चित हुनुपर्ने भन्ने प्रश्न उठाउँदै उनले समाज र राज्यबाट प्राप्त हुने अधिकारमा विभेद हुन नहुने बताए।

लोहनीले महाभारत, आयुर्वेद र पुराना संस्कृतिसम्बन्धी ग्रन्थमा तृतीय प्रकृतिका सन्दर्भ रहेको उल्लेख गरे। विगतमा राजदरबारमा रानीको सुरक्षाका लागि तेस्रोलिङ्गी प्रकृतिका व्यक्तिलाई राख्ने प्रचलन रहेको र त्यस्ता व्यक्ति नभेटिए पुरुषलाई नपुंसक बनाउने अभ्याससमेत रहेको उनले बताए।

उनले लेखक बालकृष्ण पोखरेलले ‘खसी पार्ने खलकका सन्तान खस हुन्’ भन्ने व्याख्या गरेको प्रसङ्ग पनि सुनाए। यसलाई इतिहाससम्बन्धी व्याख्याका रूपमा प्रस्तुत गर्दै लोहनीले लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिए।

उनका अनुसार यो पुस्तक शिक्षक र विद्यार्थीका लागि मात्र नभई नेपाली समाजमा लैङ्गिक तथा यौनिक विविधताबारे बुझाइ बढाउन पनि उपयोगी छ। उनले बाहिरबाट आएका अवधारणामा मात्र निर्भर नभई आफ्नै समाजमा प्रचलित शब्द, इतिहास र पहिचानका आधारमा विविधता बुझ्नुपर्ने बताए। समाजमा रहेका लैङ्गिक वर्गलाई पहिचान दिने शब्द खोज्दै सबैले सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

‘शिखण्डी’ पुस्तकका लेखक सुशील रिजालले ‘लिङ्ग’ शब्द सुन्ने बित्तिकै महिला वा पुरुषको मात्र ध्यान जाने गरेको बताए। आफू पनि यौनिकता र लैङ्गिकताबारे अलमलमा परेको अनुभव सुनाउँदै उनले शिक्षक नै अलमलमा पर्ने विषय विद्यार्थीका लागि झन् अन्योलपूर्ण हुने बताए।

समाजशास्त्र अध्ययन गर्दाको समय अर्थात् २०५७/५८ सालतिर नेपाली भाषामा यस विषयका पुस्तक कम उपलब्ध हुने गरेको उनले स्मरण गरे। त्यतिबेला अङ्ग्रेजी वा हिन्दी भाषाका पुस्तक बढी पाइने गरेको उल्लेख गर्दै उनले अहिले नेपाली भाषामा पनि पुस्तक प्रकाशन बढ्दै गएको बताए।

पन्तको पुस्तक अध्ययन र अनुसन्धानमा आधारित रहेको बताउँदै रिजालले यसले शिक्षक, विद्यार्थी, अनुसन्धाता र पत्रकारलगायत सबैलाई सहयोग गर्ने विश्वास व्यक्त गरे। पुस्तकले प्रकृतिप्रदत्त लिङ्ग र समाजले निर्धारण गरेका विभेदबीचको सम्बन्ध बुझाउने प्रयास गरेको उनको भनाइ थियो।

लैङ्गिक दृष्टिकोणसम्बन्धी हीनभावना हटाउन पनि पुस्तकले योगदान गर्ने रिजालले बताए। पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ लिङ्ग भन्ने वर्गीकरणको अर्थबारे स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उनले मानिसले आफू जुनसुकै लिङ्ग, रूप, वर्ण वा जातको भए पनि आत्मसम्मान गर्न सक्नुपर्ने बताए। आफूलाई अरूसँग तुलना गरिरहने र आफूभित्रको हीनभावना हटाउन नसक्ने हो भने आत्मविश्वास र सफलता हासिल गर्न कठिन हुने उनको भनाइ थियो।

संविधानसभा सदस्य तथा ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकका लेखक सुनिल बाबु पन्तले पूर्वीय दर्शनमा लैङ्गिक विविधतालाई अस्वाभाविक वा रोगका रूपमा नभई प्राकृतिक सन्तुलनका रूपमा हेर्ने परम्परा रहेको बताए। पश्चिमी अवधारणाले लैङ्गिक विविधतालाई शरीर र मनबीचको असन्तुष्टि वा उपचार गर्नुपर्ने अवस्थाका रूपमा प्रस्तुत गर्दा व्यक्तिमा हीनभावना बढ्न सक्ने उनको भनाइ छ।

पुस्तकबारे आफ्नो धारणा राख्दै पन्तले पूर्वीय दर्शन र परम्परामा तेस्रोलिङ्गी तथा लैङ्गिक विविधता भएका व्यक्तिलाई समाजका लागि उपयोगी, सन्तुलित र विशिष्ट गुण भएका व्यक्तिका रूपमा हेर्ने दृष्टिकोण रहेको बताए। त्यस्ता व्यक्तिलाई समाजले सम्मान गर्ने, शुभकार्यमा सहभागी गराउने र सामाजिक जिम्मेवारी दिने परम्परा रहेको उनले उल्लेख गरे।

पन्तका अनुसार पश्चिमी समाजमा महिला वा पुरुषमध्ये कुनै एकको स्वभाव र पहिचानसँग मेल खानुपर्ने मान्यता बलियो छ। जन्मँदा पुरुष ठहरिएको व्यक्तिमा महिलाको स्वभाव वा जन्मँदा महिला ठहरिएको व्यक्तिमा पुरुषको स्वभाव देखिए त्यसलाई विगतमा मानसिक असन्तुष्टि वा समस्याका रूपमा व्याख्या गर्ने गरिएको थियो। पछि यस्ता अवधारणाको भाषामा परिवर्तन आए पनि शरीर र मनबीच सामञ्जस्यता नभएको अवस्थाका रूपमा बुझ्ने दृष्टिकोण कायम रहेको उनले बताए।

यस्तो बुझाइले लैङ्गिक विविधता भएका व्यक्तिलाई आफ्नो शरीरप्रति असन्तुष्ट बनाउने र महिला वा पुरुषमध्ये कुनै एकको मापदण्डमा फिट हुनुपर्ने दबाब सिर्जना गर्ने पन्तको भनाइ छ। कतिपय व्यक्तिले हर्मोन प्रयोग गर्ने वा शरीरमा परिवर्तन गराउने प्रक्रियाबाट गुज्रनुपर्ने बाध्यता महसुस गर्ने अवस्था पनि यसै सोचसँग जोडिएको उनले बताए।

पन्तले पूर्वीय दर्शनमा भने यस्ता व्यक्तिलाई प्राकृतिक रूपमा सन्तुलित र विशिष्ट गुण भएका व्यक्तिका रूपमा बुझ्ने दृष्टिकोण रहेको उल्लेख गरे। गणेशलगायत धार्मिक तथा पौराणिक पात्रका उदाहरण दिँदै उनले महिलासँग जोडिएका करुणा, बुद्धि र स्मरणशक्तिजस्ता गुणलाई पनि महत्त्व दिइएको बताए।

उनले गणेशको जन्मसम्बन्धी कथालाई आधार बनाउँदै पूर्वीय दर्शनमा महिलाबाट मासु, रगत र बुद्धि तथा पुरुषबाट हड्डी र बल बन्ने मान्यता रहेको प्रसङ्ग सुनाए। महिलामा बुद्धि हुँदैन भन्ने सामाजिक धारणालाई चुनौती दिन पनि यस्ता सन्दर्भ महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको आन्दोलन र महिला अधिकारको आन्दोलन पितृसत्ताविरुद्धको साझा सङ्घर्ष भएको बताए। पितृसत्ताले पुरुषलाई उच्च र महिला तथा लैङ्गिक विविधता भएका व्यक्तिलाई कमजोर वा तल्लो स्थानमा राख्ने सामाजिक संरचना निर्माण गरेको उनको भनाइ थियो।

उनका अनुसार वंश निरन्तरता र पुरुषप्रधान सामाजिक व्यवस्थालाई केन्द्रमा राखेर बनेका परम्परा, नियम र कानुनले महिला तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक दुवैलाई विभेदमा पारेका छन्। त्यसैले दुवै आन्दोलनको साझा उद्देश्य पितृसत्ताबाट सिर्जित विभेद अन्त्य गर्नु रहेको उनले बताए।

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकले यही साझा सङ्घर्षमा योगदान पुर्‍याउने पन्तको विश्वास छ। पुस्तकले पश्चिमी अवधारणामा मात्र निर्भर नभई आफ्नै दर्शन, इतिहास, भाषा र सामाजिक अनुभवका आधारमा लैङ्गिक तथा यौनिक विविधतालाई बुझ्नुपर्ने बहस अघि बढाएको उनले बताए। मानवअधिकार, महिला अधिकार र लैङ्गिक मुक्तिको आन्दोलनलाई आफ्नै सन्दर्भमा बुझ्ने र विभेदकारी सोच परिवर्तन गर्ने प्रयासका रूपमा पुस्तक लेखेको उनको भनाइ थियो।

Related

Previous Post

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

Next Post

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

Sambridinews

Sambridinews

Related Posts

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

by Sambridinews
बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

by Sambridinews
बुधबार, अशोज २८, २०८३
Next Post
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वैदेशिक रोजगारमा रहेका श्रमिककाे सामाजिक सुरक्षा योजनाको शुभारम्भ

सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

बुधबार, चैत्र ८, २०७९
आजको मौसम

साताकाे अन्त्यतिर बर्षाकाे सम्भावना

शुक्रबार, कार्तिक ११, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In