Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

Sambridinews by Sambridinews
बुधबार, अशोज २८, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा सफलतापूर्वक सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको NFRS बमोजिम तयार पारिएको वासलात, नाफा–नोक्सान हिसाब, र नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत गरेको छ।

You might also like

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

लाभांशको विस्तृत विवरण यस प्रकार छ:

  • बोनस सेयर: चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८०% (५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबर)
  • नगद लाभांश (कर प्रयोजनका लागि): ०.२०% (३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ)
  • कुल लाभांश रकम: ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ

सिटिजन्स बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ भने बैंकको विगत २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले सेयरधनीहरूबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै बैंकको कार्यशैली थप चुस्त बनाइने बताए। संस्थागत सुशासन र अनुपालनाको स्तर उच्च राख्न बैंक प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सम्पूर्ण सेयरधनी तथा सरोकारवालाहरूप्रति आभार प्रकट गरे।

लगानीकर्तालाई निरन्तर प्रतिफल दिने रणनीति

सिटिजन्स बैंकले लगानीकर्तालाई खाली हात नराख्ने रणनीति अनुरूप पछिल्ला पाँच आर्थिक वर्षमा निरन्तर लाभांश वितरण गर्दै आएको छ:

आर्थिक वर्षबोनस सेयरनगद लाभांशकुल लाभांश
२०८२/८३३.८०%०.२०%४.००%
२०८१/८२५.००%०.२६%५.२६%
२०८०/८१४.००%०.२१%४.२१%
२०७९/८०—५.७९%५.७९%
२०७८/७९—९.००%९.००%

अत्याधुनिक बैंकिङ सेवा र विस्तार

‘बैंक अफ द इयर २०२४ र २०२५’ को अवार्ड प्राप्त यस बैंकले प्रविधिमा आधारित नवीन सेवाहरूलाई प्राथमिकता दिँदै आएको छ।

  • डिजिटल सेवाहरू: फोनपेसँगको सहकार्यमा भर्चुअल ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स डिजी बैंक सेवा’, र मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा CRN सुविधा।
  • लक्षित खाताहरू: युवाहरूका लागि ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’।
  • क्रस बैंक टेलर सुविधा: अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर (QR) स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर, र ४२ शाखारहित बैंकिङ इकाइहरूमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Related

Previous Post

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

Sambridinews

Sambridinews

Related Posts

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

by Sambridinews
बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

by Sambridinews
बुधबार, अशोज २८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह

नागरिकहरूको अधिकारप्रति संवेदनशील हुुन आयोगको आग्रह

मङ्लबार, साउन ३०, २०८०
नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

बिहिबार, पुस १०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In