Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

Sambridinews by Sambridinews
सोमवार, अशोज १९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अत्याधुनिक सुविधासहितको नयाँ सेवा केन्द्रले बिक्रीपछिको सेवा र ग्राहक सहयोगलाई थप सुदृढ बनाउने

काठमाडौँ, १९ असोज — एम ए डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) ले नेपालमा विगत लामो समयदेखि फोटोन ब्रान्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आइरहेको छ । बिक्रीपछिको सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमा अहिले इभी कमर्सियल (EV Commercial) क्षेत्रमा सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ । यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

You might also like

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

काठमाडौँको पेप्सिकोला क्षेत्रमा नेपालकै ठूलो यस इभी कमर्सियल सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमतासहित निर्माण भइरहेको छ । सर्भिस सेन्टरमा फोटोनको अन्तर्राष्ट्रिय (Foton International) संस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली रहनेछन् । सर्भिस विस्तारसँगै फोटोन ब्रान्डले ग्राहकलाई भरपर्दो बिक्री पछिको सेवा र जेन्यूइन पार्ट्स (Genuine parts) को उपलब्धताका साथै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

बिक्रीपछिको सेवामा नवीन पहल

पेप्सिकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरलाई फोटोनका सवारीसाधन बिक्रीपछिको सेवा, जेन्यूइन पार्ट्स (Genuine parts) उपलब्धता, ब्याट्री परीक्षण तथा नियमित मर्मत सम्भार र ड्राइभर तथा प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध हुने गरी विशाल सर्भिस सेन्टरको अवधारणालाई मध्यनजर गर्दै सर्भिस सेन्टर तयार गरिएको छ ।

गुणस्तरीय सेवा कायम राख्दै छिटो र प्रभावकारी रूपमा सवारी साधनको मर्मत सम्भार सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालले भन्नुभयो, “बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो । सवारीसाधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन । हरेक फोटोनका ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेन्यूइन पार्ट्स (Genuine parts) र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।”

विशेषज्ञ प्राविधिक सेवा र जेन्यूइन पार्टपुर्जाको सुनिश्चितता

नयाँ सर्भिस सेन्टर, नेपालमा उपलब्ध फोटोनका विभिन्न सवारीसाधनलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणालीले सुसज्जित हुनेछ । फोटोन अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक तथा इन्जिनियरहरूको टोलीले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारीसाधनको निरीक्षण, मर्मतसम्भार, प्राविधिक जाँच तथा आवश्यक मर्मत कार्य गर्नेछन् ।

सर्भिस सेन्टरमा फोटोनका सवारीसाधन जेन्यूइन पार्ट्स (Genuine parts) पर्याप्त मात्रामा उपलब्ध हुने गरी सुरक्षित तथा व्यवस्थित रूपमा राखिनेछ । आवश्यक पार्ट्स सहजै उपलब्ध हुँदा मर्मतसम्भारको क्रममा हुने अनावश्यक ढिलाइ कम हुने, सवारीसाधन छिटो मर्मत भई ग्राहकलाई समयमै दिन सकिने तथा लामो समयसम्म सवारीसाधन सञ्चालनमा नआउँदा हुने असुविधा र व्यावसायिक क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ । ढिलाइ कम हुनुका साथै सवारीसाधन सर्भिस सेन्टरमा लाग्ने समय पनि घट्ने अपेक्षा गरिएको छ ।

नेपालभर फोटोनको बिक्रीपछिको सेवा विस्तार

फोटोनको हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेका छन् । यसले ग्राहकको पहुँचमा गुणस्तरीय बिक्री पछिको सेवा पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । राष्ट्रव्यापी विस्तार योजनाअन्तर्गत फोटोनले सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गहरूमा प्रत्येक १०० किलोमिटरको दूरीभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

ग्राहकलाई देशका विभिन्न स्थानमा सहज रूपमा गुणस्तरीय सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले फोटोनले आफ्नो सेवा सञ्जाल विस्तारलाई प्राथमिकता दिएको जनाएको छ ।

पेप्सिकोलामा सञ्चालनमा आउन लागेको नयाँ सर्भिस सेन्टर फोटोनको बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा गरिएको महत्वपूर्ण लगानीका रूपमा रहेको कम्पनीले जनाएको छ । नयाँ सर्भिस सेन्टरले ग्राहकलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै उनीहरूसँग दीर्घकालीन सम्बन्ध कायम गर्ने कम्पनीको प्रतिबद्धतालाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

सञ्चालनमा आएपछि उक्त सर्भिस सेन्टरले काठमाडौँ उपत्यकाका फोटोन ग्राहकलाई थप प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै कम्पनीको राष्ट्रव्यापी बिक्रीपछिको सेवालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Related

Previous Post

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

Next Post

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

Sambridinews

Sambridinews

Related Posts

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

by Sambridinews
सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

by Sambridinews
सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

by Sambridinews
सोमवार, अशोज १९, २०८३
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
TOP STORIES

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

by Sambridinews
सोमवार, अशोज १९, २०८३
सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु

शुक्रबार, माघ २३, २०८२
तार्केश्वर नगर प्याब्सन बास्केटबल भोलिदेखि

तार्केश्वर नगर प्याब्सन बास्केटबल भोलिदेखि

बुधबार, जेष्ठ २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

सोमवार, अशोज १९, २०८३
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
TOP STORIES

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

सोमवार, अशोज १९, २०८३
सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित
FEATURED

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In