Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असोज १६ । नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धी क्षमता अभिवृद्धि तथा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानूनी तथा नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित लगानी र विकासका लागि कानून सुधार सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन् ।

उनले पूर्वाधार विकासका लागि कानूनी प्रक्रिया सरल, स्पष्ट र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । विश्व अर्थतन्त्रमा तीव्र परिवर्तन भइरहेको अवस्थामा लगानी, प्रविधि, उत्पादन, व्यापार, पर्यटन, रोजगारी र आर्थिक गतिविधिलाई अघि बढाउन आधुनिक तथा भरपर्दो पूर्वाधार अपरिहार्य रहेको उनको भनाइ छ ।

You might also like

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

पूर्वाधार विकासमा सडक, पुल तथा भौतिक संरचनामात्र नभई डिजिटल पूर्वाधार, सूचना प्रविधि, साइबर सुरक्षा, ऊर्जा, सञ्चार, स्मार्ट पूर्वाधार तथा नयाँ प्रविधिलाई समेत समेट्नुपर्ने अध्यक्ष अग्रवालले बताए ।

उनका अनुसार पूर्वाधार निर्माणमा कानूनी प्रक्रिया, नीतिगत अस्पष्टता तथा विभिन्न निकायबीचको समन्वय अभावका कारण आयोजना कार्यान्वयनमा ढिलाइ हुने गरेको छ । त्यसैले पूर्वाधारसम्बन्धी कानूनी सुधारलाई उच्च प्राथमिकता दिन आवश्यक रहेको उनले बताए ।

सरकारले अघि सारेको कानूनी संशोधन प्रक्रियामा न्यूनतम मूल्यका आधारमा मात्र आयोजना छनोट गर्नुभन्दा प्राविधिक क्षमता, वित्तीय क्षमता, आयोजनाको आवश्यकता तथा वातावरणीय र सामाजिक प्रभावलाई समेत ध्यान दिनुपर्ने अध्यक्ष अग्रवालको धारणा छ । विकासका नाममा नागरिकका अधिकार तथा वातावरण संरक्षणसँग सम्बन्धित आवश्यक व्यवस्थालाई कमजोर बनाउन नहुने तर अनावश्यक र दोहोरो प्रक्रियाका कारण पूर्वाधार आयोजना लामो समयसम्म अल्झिन नहुने उनले बताए ।

पूर्वाधार आयोजनामा वातावरणीय स्वीकृति, जग्गा प्राप्ति, वनसम्बन्धी प्रक्रिया लगायतका विषयमा स्पष्ट, समयबद्ध र पारदर्शी व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे । यस्ता प्रक्रिया सरल र प्रभावकारी बनाउन सके सार्वजनिक–निजी साझेदारी, निजी लगानी तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।

अध्यक्ष अग्रवालले लगानी सुरक्षा, राजस्व व्यवस्थापन, सम्झौता कार्यान्वयन तथा विवाद समाधानका विषयमा पनि स्पष्ट कानूनी व्यवस्था आवश्यक रहेको बताए । सङ्घ, प्रदेश र स्थानीय तहबीच पूर्वाधार निर्माणसम्बन्धी अधिकार, जिम्मेवारी र भूमिकासमेट स्पष्ट हुनुपर्ने उनले बताए । एउटै आयोजनामा धेरै निकायको अस्पष्ट भूमिका हुँदा समय र लागत दुवै बढ्ने भएकाले आयोजना स्वीकृति तथा कार्यान्वयनमा एकद्वार र समन्वयात्मक प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए ।

उनले निजी क्षेत्रले विशेष सुविधा मागेको नभई स्पष्ट कानून, स्थिर नीति, लगानीमैत्री वातावरण, पारदर्शी प्रक्रिया र प्रभावकारी नियमन चाहेको बताए । सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियामक र व्यवसायीको मात्र नभई विकासका साझेदारको सम्बन्धका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

“पूर्वाधार विकास बजेटबाट मात्रै हुने विषय होइन, कानूनी व्यवस्थाले पनि त्यसलाई प्रभाव पार्छ,” अध्यक्ष अग्रवालले भने, “प्रक्रिया सरल भयो भने लगानी आकर्षित हुन्छ, सम्झौताको सम्मान र पारदर्शिता सुनिश्चित भयो भने निजी पुँजी परिचालन हुन्छ र जवाफदेहिता कायम भयो भने जनताको विश्वास बढ्छ।”

उनले आधुनिक अर्थतन्त्रका लागि भौतिक पूर्वाधारसँगै डिजिटल तथा प्रविधिमा आधारित पूर्वाधारको विकासलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए । नेपालको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न पूर्वाधार विकास, कानूनी सुधार, लगानी सुरक्षा र सरकारी–निजी क्षेत्रबीचको सहकार्यलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

Related

Previous Post

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

Sambridinews

Sambridinews

Related Posts

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
FEATURED

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशको भविष्य अध्यारो देखिरहेको छुः सुरेन्द्र पाण्डे

देशको भविष्य अध्यारो देखिरहेको छुः सुरेन्द्र पाण्डे

बिहिबार, भदौ १४, २०८०
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

संघीय संसद्को हिउँदे अधिवेशन आज देखि सुरु हुँदै

शुक्रबार, माघ १८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

शुक्रबार, अशोज १६, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

शुक्रबार, अशोज १६, २०८३
‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
FEATURED

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

शुक्रबार, अशोज १६, २०८३
अहिंसा परमो धर्म
साहित्य / ब्लग

अहिंसा परमो धर्म

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In