काठमाडौँ — टिभिएस मोटर कम्पनी (TVS Motor Company) ले नेपालका लागि आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्स (Jagdamba Motors) सँगको सहकार्यमा नेपालकै पहिलो १५० सीसी ‘हाइपर स्पोर्ट्स स्कुटर’ टिभिएस एनटोर्क १५० (TVS NTORQ 150) औपचारिक रूपमा सार्वजनिक गरेको छ।
काठमाडौँको नक्सालमा आयोजित सार्वजनिक कार्यक्रममा गाडी पारखी, सञ्चारकर्मी, इन्फ्लुएन्सर तथा डिलरहरूको सहभागिता रहेको थियो।
- इन्जिन र पावर: यस स्कुटरमा १४९.७ सीसीको एयर-कुल्ड ओथ्रीसी टेक (O3C Tech) इन्जिन जडान गरिएको छ, जसले ७,००० आरपीएममा १३.२ पीएस पावर र ५,५०० आरपीएममा १४.२ एनएम टर्क उत्पन्न गर्छ। यसको टप स्पिड १०४ किमी/घन्टा रहेको छ।
- उत्कृष्ट एक्सेलेरेसन: यो स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किमी/घन्टाको गति समात्न सक्छ।
- फ्युचरिस्टिक डिजाइन: स्टिल्थ एयरक्राफ्ट (Stealth Aircraft) बाट प्रेरित भएर डिजाइन गरिएको यस स्कुटरमा मल्टिपोइन्ट प्रोजेक्ट हेडल्याम्प, एरोडाइनामिक विङलेट्स, स्पोर्ट्स टेलल्याम्प र नेकेड ह्यान्डलबार प्रयोग गरिएको छ।
- स्मार्ट प्रविधि: यसमा रहेको टिभिएस स्मार्टएक्सकनेक्ट (TVS SmartXonnect™) मार्फत ५० भन्दा बढी कनेक्टेड फिचर्सहरू (जस्तै: टर्न-बाई-टर्न नेभिगेसन, कल/म्यासेज अलर्ट र राइड मोडहरू) उपलब्ध छन्।
- सुरक्षा र आराम: पहिलोपटक यस सेग्मेन्टमा सिङ्गल च्यानल एबीएस (Single Channel ABS) र ट्र्याक्सन कन्ट्रोल (Traction Control) समावेश गरिएको छ। साथै २२ लिटरको अन्डर-सिट स्टोरेज, टेलिस्कोपिक सस्पेन्सन र इ-जेड सेन्टर स्ट्यान्ड दिइएको छ।
नेपालभरका जगदम्बा मोटर्सका शोरुमहरूमा उपलब्ध हुने यो स्कुटर स्टिल्थ सिल्भर (Stealth Silver), रेसिङ रेड (Racing Red) र टर्बो ब्लु (Turbo Blue) गरी तीन आकर्षक रङहरूमा ल्याइएको छ। यसको प्रारम्भिक बजार मूल्य रु ३,६९,९०० तोकिएको छ।
नेपालमा एनटोर्क ब्रान्डले स्थापना गरेको साखलाई कायम राख्दै नयाँ एनटोर्क १५० ले युवा राइडरहरूलाई नयाँ स्तरको पर्फर्मेन्स र कनेक्टेड राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।














