काठमाडौँ, नेपाल, चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ का लागि हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडलाई आफ्नो सह–स्पोन्सरका रूपमा निरन्तरता दिएको घोषणा गरेको छ।
यो साझेदारीले हिमालयन एभरेस्ट इन्स्योरेन्स र चितवन राइनोजबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवर्द्धनप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
यस अवसरमा चितवन राइनोजका क्लब अध्यक्ष श्री आयुष न्यौपाने र हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सुश्री अञ्जु श्रेष्ठले समझदारीपत्रमा औपचारिक रूपमा हस्ताक्षर गर्नुभएको छ।
चितवन राइनोजले निरन्तर विश्वास र समर्थनका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्सप्रति हार्दिक आभार व्यक्त गर्दै एनपिएल सिजन ३ का लागि थप सफल र प्रभावकारी सहकार्यको अपेक्षा गरेको छ।















