काठमाडौँ, नेपाल – नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन इ-मास ५ (Proton e.MAS 5) का लागि ‘रिडिफाइन योर एभ्रीडे’ नामक टीभीसी फिल्म सार्वजनिक गरेको छ।
यस अभियानले ‘रिडिफाइन योर एभ्रीडे’ को अवधारणालाई स्थापित गर्न टीभीसी फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथा प्रस्तुत गरेको छ। आफ्नो करियरको महत्त्वपूर्ण मोडमा रहेका एक युवा उद्यमीदेखि सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस योजनाविना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारसम्मका यी कथाले आधुनिक सहरी जीवनका विविध वास्तविकता तथा आयामहरूलाई उजागर गर्दछन्।
केवल प्रविधिलाई मात्र कथाको केन्द्रमा राख्नुको सट्टा, यस अभियानले इ-मास ५ को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले कसरी यी दैनिक अनुभवहरूलाई पुनःपरिभाषित गर्छन् भन्ने कुरा प्रस्तुत गर्दछ। कहिलेकाहीँ दैनिक जीवनलाई नयाँ रूप दिनु वा अर्थपूर्ण बनाउनु भनेको सधैँ ठूलो वा विशेष परिवर्तन ल्याउनु मात्र नभई, हामीले बाँचिरहेका पलहरूलाई अलिकति बढी सहज र सुन्दर बनाउनु हो भन्ने मूल मर्म यस कथाले बोकेको छ।
प्रोटोन इ-मास ५ ले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकहरूबाट उच्चतम चासो तथा बुकिङ हासिल गरेको थियो। प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध प्रोटोन इ-मास ५ मा रियर-ह्विल ड्राइभ, जी-ट्र्याक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल-एचडी टचस्क्रिन र भेहिकल-टु-लोड (V2L) क्षमता जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन्।
चारै कथाको अंश समेटिएको मुख्य टीभीसी फिल्म सार्वजनिक भएसँगै, आउँदा हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरूमार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ।














