Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

Sambridinews by Sambridinews
मङ्लबार, साउन २६, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी भएको छ।

उक्त सम्झौतामा जेठ २९ गते (शुक्रबार) हस्ताक्षर भएको थियो भने सेवा साउन ७ गते (बिहीबार) देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। देशभर ५७ सेवा केन्द्रमार्फत एक लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको एनएमसी-कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको प्लेटफर्ममार्फत थप व्यापक डिजिटल वित्तीय सेवा उपलब्ध गराउने भएको छ।

You might also like

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

यस साझेदारीअन्तर्गत एनएमसी-कोअपका सदस्यहरूले एउटै मोबाइल एप्लिकेसनमार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट तथा केवाइएम अपडेट लगायतका सेवा प्राप्त गर्न सक्नेछन्।

साझेदारीले डिजिटल लेन्डिङ क्षेत्रमा पनि विशेष जोड दिएको छ। चरणबद्ध रूपमा सदस्यहरूले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण (लोन स्टेटमेन्ट) तथा नयाँ ऋण आवेदन जस्ता सेवा मोबाइल प्लेटफर्ममार्फत प्राप्त गर्न सक्नेछन्। डिजिटल प्रक्रियामार्फत आवश्यक कागजात पेश गर्ने र ऋण आवेदनको अवस्थाबारे जानकारी लिन सकिने भएकाले शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ।

साझेदारीबारे प्रतिक्रिया दिँदै एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हालै राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष निर्वाचित लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार अपरिहार्य रहेको बताउँदै यस साझेदारीले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी एमबैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय महासेठले भन्नुभयो, “यो साझेदारी केवल मोबाइल बैंकिङ सेवाको विस्तार मात्र होइन, सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने साझा पहल हो। बैंकिङ, पेमेन्ट र लेन्डिङलाई एउटै डिजिटल इकोसिस्टममा एकीकृत गरेर हामी सदस्यलाई अझ सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्न चाहन्छौं।”

यो साझेदारीले एमबैंकको ‘वन प्लेटफर्म फर बैंकिङ, पेमेन्ट्स एन्ड लेन्डिङ’ भन्ने दृष्टिकोण तथा ‘वन एप, मल्टिपल सर्भिसेज’ भन्ने मूल अवधारणालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ। साथै, यसले नेपालभर सहकारी, लघुवित्त र वित्तीय क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्ने कम्पनीको प्रतिबद्धतालाई पनि मजबुत बनाएको छ।

एमबैंकबारे

एमबैंक नेपालमा आधारित डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो। कम्पनीले एक दशकभन्दा बढी समयदेखि सहकारी, लघुवित्त संस्था तथा वित्तीय संस्थाहरूलाई मोबाइल बैंकिङ, डिजिटल पेमेन्ट, क्यूआर पेमेन्ट, डिजिटल लेन्डिङ लगायतका प्रविधि समाधान उपलब्ध गराउँदै आएको छ।

एनएमसी-कोअपबारे

एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड नेपालको अग्रणी बहुउद्देश्यीय सहकारी संस्थामध्ये एक हो। संस्थाले बचत तथा ऋण, कृषि, दुग्ध, चिया, रेमिट्यान्स तथा अन्य समुदायमुखी सेवामार्फत एक लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।

Related

Previous Post

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

Sambridinews

Sambridinews

Related Posts

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

by Sambridinews
सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

by Sambridinews
सोमवार, साउन २५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे

एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे

बिहिबार, बैशाख ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

मङ्लबार, साउन २६, २०८३
‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मङ्लबार, साउन २६, २०८३
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

सोमवार, साउन २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In