साउन १४, नेपाली खेलाडी रचना सिलवालले गामा एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । मलेसिया मिक्स मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगिताको यु–१६ महिला ४६ केजीमुनि रचनाले रजत जितेकी हुन् ।
मलेसियाको पुत्रजयामा भएको प्रतियोगितामा नेपाली खेलाडीले थप २ कांस्य पनि जिते । यु–१६ महिला ४२ केजीमुनि प्रकृति राई तथा यु–१८ पुरुष ६० केजीमुनि एलिस बोम्जनले कांस्य हात पारे ।
प्रतियोगितामा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष एवं गामा नेपाल रेफ्री राजीव महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गामा नेपालका अध्यक्ष विनोद महर्जन, प्रशिक्षकद्वय उमेश महर्जन र राज महर्जन तथा टिक व्यवस्थापकमा सागर चित्रकार सहभागी भएका थिए ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













