Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
in FEATURED, TOP STORIES
0
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

– खगेन्द्र फुयाल

नेपालमा पछिल्लो केहीवर्ष यता हिउँदयाममा पानी पर्न छोडेको छ । पानी परिहाले पनि अत्यन्तै कम पर्ने गरेको छ । बर्खायाममा भने अत्याधिक वर्षाले हरेक वर्ष ठुलो जनधनको क्षति हुने गरेको छ । जलवायु परिवर्तनका कारण समग्र मौसमी चक्रमा परिवर्तन आएको छ । ढिला मनसुन प्रेवश गर्ने र मनसुन सकिने बेलामा अधिक वर्षा हुनेजस्ता समस्या सामान्य हुन थालेका छन् । हाम्रो भौगोलीक विविधताका कारणले पनि मनसुनको करिव चार महिनाको अवधिमा धेरै क्षति हुने गरेको छ।

You might also like

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

नेपालमा वर्षभरी पर्ने वर्षाको करिव ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने मौसम विद्को भनाइ छ । यथार्थमा नेपाल भारत वांलादेश सहित दक्षिण एसियाली देशहरुमा मनसुनका बेलामा धेरै नै वर्षा हुने गर्दछ।
विगतका वर्षहरुमा जस्तै यसवर्षपनि हिउँदयाममा खास्सै पानी परेन । तर, प्रि–मनसुन सुरु भएदैखि दैनिकजसो पानी परिरहेको छ।

हिमाली भागमा चैत वैशाखमा समेत हिउँ परेको खबर तथा फोटो सार्वजनिक भएका थिए । काठमाडौं सहितका पहाडी क्षेत्रमा यसवर्ष वैशाखसम्मै जाडो महसुस गरिएको छ । नेपालमा मुख्यगरी जेठ महिनाको अन्तिम तथा असारको पहिलो हप्तासम्म मनसुन भित्रीसक्छ भने असोजको पहिलो वा दोस्रो हप्तासम्म मनसुन बाहिरिने गर्दछ।

बंगालको खाडीमा विकासित मनसुन भारतको केरेला आइसकेको र चाडै नै नेपाल प्रवेश गर्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेल बताउनु हुन्छ ।

बर्खामासको बिपद् र क्षति पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार यो मनसुनमा कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने जनाएको छ । कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वीक्षेत्र र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको जनाएको छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिम क्षेत्र र कोशी प्रदेशका मध्यभागमा सरदरभन्दा कम वर्षाहुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको छ ।

कम वर्षा हुने आकलनकाबिच बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यसवर्ष मनसुनजन्य बिपद्बाट देशभरी करिब एकाउन्न हजार आठसय ६८ घरधुरीका २ लाख २६ हजार छसय ६१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ ।

‘दशा बाजा बजाएर आउदैन’ भन्ने नेपाली उखान रहेको छ । सोही उखानलाइ मनन गर्दै मनसुनका समयमा आइलाग्ने विभिन्न बिपद्का घटना रोकथाम र क्षति कमगर्न मनसुन सुरुहुनुभन्दा अगाडी नै तयारी थाल्नु बुद्धिमानी हुन्छ । बिपद् जोखिम न्युनिकरण गर्न सबैले आआफ्नो क्षेत्रबाट समयमै पूर्वकार्यहरु गर्न सकियो भने बिपद्का बेलामा हुने जनधनको क्षति कम गर्न सकिन्छ ।

बिपद् अघिको तयारी

बिपद्बाट हुनसक्ने सम्भावित क्षति कम गर्न मनसुन सुरुहुनभन्दा अगाडी विभिन्न तयारी गर्न सकिन्छ । जसले गर्दा कम क्षतिमा बिपद्लाई पार लगाउन सकिन्छ । पूर्वसूचना प्रणाली स्थापना गरी जोखिमपूर्ण स्थान र सम्भावित बाढी पहिरो बारेमा सर्वसाधारणलाई जानकारी गराउन सकिन्छ । बिपद् जोखिम र त्यसबाट बच्ने उपायका बारेमा गाँउ टोलमा जनचेतनामुलक अभिमुखीकण चलाउन सकिन्छ । अधिक वर्षा भएको स्थान र त्यसबाट प्रभावित हुनसक्ने तटीय क्षेत्रका सर्वसाधारण लक्षित सूचना एसएमएस, स्थानीय सञ्चारमाध्यम तथा माइकिङ गरी सुसूचित गर्न सकिन्छ ।

आफु वरपर रहेका ढल, नाली, कुलो, पोखरी जस्ता संरचनालाई स्तरोउन्नती गर्नुका साथै नियमित सरसफाइ गर्नुपर्छ । यस्ता संरचनामा पानीको निकास रोकिएर हुनेसक्ने जोखिम बारेमा सचेत रहुनुपर्छ ।

आपत्कालिन अवस्थामा चाहिने अत्यावश्यक सामग्री सहितको आपत्कालिन झोला तयार गरी राख्नुपर्दछ । यस्तो झोलामा नियमित खानुपर्ने औषधी, सिटामोल, बेटाडिन, मञ्जन, सम्भव भएसम्म टर्चलाइट तथा पकेट रेडियो, मोबाइल चार्जर, महत्वपूर्ण टेलिफोन डायरी लगायतका अत्यावश्यक वस्तुको बन्दोबस्त गर्नुपर्छ । यस्तो झोला समय समयमा खोलेर मिति नाघेका औषधी फेर्नुका साथै प्रयोगमा निकालिएका सामग्रीहरु पुनःराख्न विर्सिनु हुदैन ।

आफु बसोबास गरेको घरगोठ तथा वरपरको जमिन र त्यहा देखिएका परिवर्तन बारेमा सचेत रहनुपर्दछ । ठुलो पानी पर्ने पूर्वानुमान भएको बेलामा र वर्षापछि भेलबाढी आउदा आफु बसोबास गर्ने स्थान खतरामा पर्नेभए अस्थायी बसोबास तथा व्यवस्थापनका लागि नजिकैको सुरक्षित स्थान पहिचान गर्नुपर्छ । उक्त स्थानलाई प्रयोग गर्न मिल्ने अवस्थामा खाली राख्नुपर्छ ।

आपद्विपत् आइहालेमा सहयोगका लागि बोलाउनुपर्ने आफन्त तथा सुरक्षा निकाय, सरकारी निकायका व्यक्तिको सम्पर्क नम्बर बालबालिका तथा वृद्धवृदा सबैलाई जानकारी गराउनुपर्छ । अन्नपात तथा पशु चौपायलाई सुरक्षित एवम् वर्षाबाट जोगाउनुपर्छ ।

बिपद्का बेलामा के गर्ने ?

बिपद् धनी गरिव जोसुकैलाई पनि पर्नसक्छ । बर्खामासको समयमा बिपद्को जोखिम सबैभन्दा धेरै हुन्छ । आफु बसेको स्थानमा बिपद् पर्न लागेमा तत्काल ग्यास तथा विजुलीका स्वीच बन्द गरी सुरक्षित स्थानमा सर्नुपर्छ । सरकारी निकायको तोकिएको फोन नम्बरमा सम्पर्क गरी आफु बिपद्मा परेको जानकारी गराउदै उद्धारका लागि खबर गर्नुपर्छ । आवश्यक परेका व्यक्तिलाई प्राथमिक उपचारको व्यवस्था गर्नुपर्छ । अन्नपात तथा बस्तुभाउलाइ सुरक्षित स्थानमा सार्नुपर्छ । धैर्यतापूर्वक उद्धारको पालो पर्खिनुपर्छ।

यस्तो बेलामा सकेसम्म निस्वार्थ भावनाका साथ संयमित भएर एकअर्कालाई सहयोग गर्नुपर्छ । हल्ला (मिथ्या सूचना) को पछि नलागी आधिकारीक निकायका सूचनालाई आधारमा मानेर सोही अनुसारको आदेश पालना गर्नुपर्छ । उद्धारका क्रममा बालबालिका, वृद्धवृद्धा, अशक्त तथा विरामी व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्छ।

नदी किनार तथा आफु बसोबासो गरेको स्थानमा पानीको तह बढ्नथाले तत्कालै उक्त स्थान छोडेर सुरक्षित स्थानमा जानुपर्छ । बाढीपहिरोको बेलामा भिडभाड नगरी उद्धारकार्यमा खटिएका व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई सहयोग गर्नुपर्छ । बिपद् सम्बन्धी भिडियो तथा तस्विर खिचेर स्थान, समय र प्रसंग फेरबदल वा गलत व्याख्यागरी सामाजिक सञ्जालमा अपलोड गरी दुष्प्रचार गर्नु हुदैन ।

बिपद् पछिका कार्यहरु

मानव जगतका लागि विस्थापित हुनु एउटा अकल्पनीय परिघटना हो । बिपद्का बेला सबैभन्दा महत्वपूर्ण कुरा विस्थापितहरुको पुनःस्थापना हुन्छ । यसभन्दा बाहेक पनि अन्य थुप्रै विषयहरु आवश्यक पर्छन । विस्थापन हुनेवित्तिकै पुनः सोही स्थानमा फर्किहाल्नु हुदैन । जोखिमयुक्त घर तथा टहराको अनुगमन गरी उक्त स्थानमा बस्नका लागि सुरक्षित छ छैन भन्ने तर्फ सम्बन्धित निकायका विज्ञहरुबाट परिक्षण गर्नुपर्छ ।

बिपद्का बेलामा महामारी फैलिनसक्ने उच्च सम्भावना रहने हुँदा पानी तथा अन्य खानेकुराको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घाइते भएका व्यक्ति, दिर्घरोगी तथा पशुचौपायको तत्काल स्वास्थ्य परिक्षण तथा उपचार गर्नुपर्छ । विस्थापितहरुलाई राहत तथा पुनःस्थापना कार्य तत्काल सुरु गर्नुपर्छ ।

उद्धारगरि राखिएका पीडितलाई आधारभूत मानव अधिकारको प्रत्याभूति दिलाउनुपर्छ । मानसिक रुपमा विक्षिप्त भएका तथा कमजोरलाइ उचित व्यवहार, खानपान र सहायता उपलब्ध गराउनुपर्छ ।

Related

Previous Post

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

Sambridinews

Sambridinews

Related Posts

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

बुधबार, फाल्गुन १४, २०८१
भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

एमालेलाई जग्गा दान विरुद्ध सर्वोच्चमा रिट

बुधबार, कार्तिक ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

सोमवार, जेष्ठ २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In