Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्ने औल्याएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले उक्त धारणा राखेका हुन ।

यस क्षेत्रलाई मुलुकको औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार तथा रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न आवश्यक रहेको उनले बताए । अध्यक्ष अग्रवालले फर्निचर तथा फर्निसिङ उद्योगलाई केवल कुर्सी, टेबल वा सोफा उत्पादन गर्ने क्षेत्रका रूपमा मात्र नभई निर्माण, पर्यटन, होटल व्यवसाय, आवास, शैक्षिक संस्था तथा कार्यालय व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको रणनीतिक उद्योगका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

You might also like

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

स्थानीय काठ, बाँस, धातु, कपडा, फोम, ग्लासलगायतका कच्चा पदार्थमा मूल्य अभिवृद्धि गरी हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्न फर्निचर उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अध्यक्ष अग्रवालले बताए।

नेपालमा तीव्र शहरीकरण, नयाँ घर निर्माण, होटल तथा रिसोर्ट विस्तार, कार्यालयहरूको आधुनिकीकरण तथा जीवनशैलीमा आएको परिवर्तनसँगै फर्निचर तथा इन्टेरियर बजारको सम्भावना अत्यन्त ठूलो रहेको उल्लेख गरे। सही नीति, प्रविधि र लगानीमैत्री वातावरण निर्माण गर्न सके यो क्षेत्र नेपालकै प्रमुख उद्योगमध्ये एक बन्न सक्ने उनको भनाइ थियो।

अध्यक्ष अग्रवालले उद्योगले हाल कच्चा पदार्थको अभाव, उत्पादन लागत वृद्धि, बैंक ब्याजदर तथा वित्तीय पहुँचको समस्या, दक्ष जनशक्तिको कमी, विदेशी उत्पादनसँगको अस्वस्थ प्रतिस्पर्धा, आधुनिक प्रविधिको सीमित प्रयोग, ढुवानी तथा ऊर्जा लागत वृद्धि, अव्यवस्थित बजार र ब्रान्डिङको कमजोरीजस्ता चुनौतीहरू सामना गरिरहेको बताए।

“हामीले खुला बजारको नाममा स्वदेशी उद्योगलाई कमजोर बनाउने होइन, प्रतिस्पर्धी बनाउने नीति अवलम्बन गर्नुपर्छ,” उनले भने।

उनका अनुसार नेपाली फर्निचर तथा फर्निसिङ उद्योगको दिगो विकासका लागि गुणस्तर, डिजाइन तथा नवप्रवर्तन, र ब्रान्डिङ तथा बजार विस्तार तीन आधारभूत पक्ष अत्यन्त महत्वपूर्ण छन्। विश्व बजार अहिले डिजाइन, टिकाउपन, वातावरणमैत्री उत्पादन र ग्राहक अनुभवमा केन्द्रित भएकाले नेपाली उद्योगले पनि समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

विश्व बजार इको-फ्रेन्ड्ली, स्मार्ट फर्निचर, मोडुलर डिजाइन तथा दिगो फर्निसिङतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै अग्रवालले नेपालमा रहेको काठकला, हस्तकला तथा परम्परागत डिजाइनको अद्वितीय क्षमतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात क्षेत्रमा ठूलो छलाङ मार्न सकिने बताए।

नेपालको आर्थिक समृद्धि केवल आयात र रेमिट्यान्समा आधारित हुन नसक्ने भन्दै उनले उत्पादन, उद्योग र उद्यमशीलतामा आधारित अर्थतन्त्र निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरे। त्यसका लागि सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य तथा नीतिगत स्थिरता आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष अग्रवालले सरकारसमक्ष केही महत्वपूर्ण सुझावसमेत प्रस्तुत गरे। उनले सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय तथा सार्वजनिक संस्थानहरूमा स्वदेशी फर्निचरको प्राथमिक प्रयोग सुनिश्चित गर्नुपर्ने बताए। साथै उद्योग विस्तारका लागि सहुलियतपूर्ण ब्याजदरमा दीर्घकालीन ऋण तथा कार्यशील पूँजीको सहज पहुँच उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले फर्निचर डिजाइन, आन्तरिक प्रविधि तथा आधुनिक काठ इन्जिनियरिङसम्बन्धी सीप विकास केन्द्र स्थापना, मेसिनरी आयातमा कर सहुलियत, प्रविधि आधुनिकीकरणका लागि विशेष प्रोत्साहन तथा अन्तर्राष्ट्रिय प्रदर्शनी र व्यापार मेलामार्फत निर्यात प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

सरकारले प्रस्तुत गरेको आ.व. २०८३/८४ को बजेटले यस उद्योगले भोग्दै आएको प्रमुख समस्यालाई निदान गर्न खोजेको महशुस भएको जनाउदै वन संरक्षण र औद्योगिक कच्चा पदार्थको आवश्यकताबीच सन्तुलन कायम गरि व्यवस्थित काठ आपूर्ति नीति लागू गर्नुपर्नेमा पनि उनले जोड दिए।

युवा पुस्तालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आजका युवाहरू केवल रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने पुस्ताका रूपमा अघि बढ्नुपर्ने बताए। फर्निचर तथा फर्निसिङ उद्योग डिजाइन, उत्पादन, इन्टेरियर डेकोरेशन, स्मार्ट होम सोलुसन, हस्पिटालिटी फर्निसिङ, डिजिटल मार्केटिङ, ई-कमर्स, अटोमेसन तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित डिजाइनजस्ता क्षेत्रमा विशाल सम्भावना बोकेको क्षेत्र भएको उनको भनाइ थियो।

“आज आवश्यकता निराशाको होइन, आत्मविश्वासको हो। आवश्यकता गुनासोको होइन, समाधानको हो। आवश्यकता प्रतीक्षाको होइन, पहलको हो,” उनले भने।

निजी क्षेत्र, सरकार र श्रमिकबीच प्रभावकारी सहकार्य हुन सके नेपालको फर्निचर उद्योग दक्षिण एशियाकै प्रतिस्पर्धी उद्योगका रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्दै अध्यक्ष अग्रवालले स्वदेशी उत्पादनको सम्मान, नेपाली उद्योगको सशक्तीकरण तथा आत्मनिर्भर नेपालको निर्माणमा फर्निचर तथा फर्निसिङ क्षेत्रलाई अग्रणी शक्तिका रूपमा विकास गर्न सबैलाई आह्वान गरे।

कार्यक्रमको सफल आयोजनाका लागि नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघलाई बधाई दिँदै उनले सम्पूर्ण उद्यमीहरूलाई एकता, नवप्रवर्तन र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

Related

Previous Post

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

Next Post

पहिला सवृद्ध देश ; अनि सातामा दुईदिन बिदा

Sambridinews

Sambridinews

Related Posts

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
Next Post
पहिला सवृद्ध देश ; अनि सातामा दुईदिन बिदा

पहिला सवृद्ध देश ; अनि सातामा दुईदिन बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अमेरिकामा प्रधानमन्त्री खड्ग ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

शुक्रबार, असार २०, २०८२
यस्तो रहने छ आज रातीको मौसम

देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In