Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
in FEATURED, TOP STORIES, शिक्षा, समाचार, स्वास्थ्य
0
किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रद्वारा बुधबार “अंगदाता सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ। मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्‍याउने अंगदाताहरूप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको अस्पतालले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरिबाबु महर्जन ले गरेका थिए। कार्यक्रममा बोल्दै उनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै अंगदाताहरू समाजका वास्तविक नायक भएको बताए। “कुनै व्यक्तिको अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ। यस्तो महान कार्यलाई समाजभर प्रोत्साहन गर्न आवश्यक छ,” उनले भने। उनले किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रमा प्रत्यारोपण सेवामार्फत उल्लेखनीय योगदान पुर्‍याएको समेत बताए।

You might also like

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

अस्पतालका अनुसार विगत पाँच वर्षदेखि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल निजी क्षेत्रमै उच्च सफलता दरसहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको छ। हालसम्म अस्पतालले २०२ जनामा मिर्गौला प्रत्यारोपण तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरी बिरामीहरूलाई “दोस्रो जीवन” प्रदान गरेको जनाएको छ। निजी अस्पतालहरूमध्ये सबैभन्दा बढी अंग प्रत्यारोपण गर्ने संस्थाका रूपमा किष्ट शिक्षण अस्पताल स्थापित भएको दाबी पनि गरिएको छ।

अस्पतालले आफ्नो सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउँदै एनएबीएच प्रमाणीकरण प्राप्त गरेको जनाएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एकैसाथ गरिने मिर्गौला र कलेजो प्रत्यारोपण, दुई परिवारबीच आपसी सहमतिमा गरिने अंग प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट गरिने प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक गर्दै आएको अस्पतालले जानकारी दिएको छ। नेपालको सन्दर्भमा एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यक्रिया पहिलोपटक किष्ट शिक्षण अस्पतालले सम्पन्न गरेको उल्लेख गर्दै उक्त उपलब्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित राष्ट्रिय संयुक्त वार्षिक समीक्षा प्रतिवेदन २०७९/८० मा समेत समावेश गरिएको जनाएको छ।

अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीय तथा सबैभन्दा कम उमेरका १९ वर्षीय बिरामी रहेका छन्। ८० वर्षीया एक महिलामा क्यान्सर रोग पहिचान भए पनि चिकित्सकीय रूपमा अंगदान योग्य ठहरिएपछि उनको अंगदानबाट आफन्तको जीवन बचाउन सफल भएको उदाहरणसमेत अस्पतालले प्रस्तुत गरेको छ। कार्यक्रममा उपत्यकाका अधिकांश नगरप्रमुख तथा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहेको अस्पतालले जनाएको छ।

Related

Previous Post

निजी अस्पतालमा स्वास्थय बीमा बन्द , हजाराै विरामी प्रभावित

Next Post

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

by Sambridinews
सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

by Sambridinews
सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

by Sambridinews
सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

सोमवार, भदौ १६, २०८२
लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर

लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर

बुधबार, साउन २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

सोमवार, अशोज २६, २०८३
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In