Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

Sambridinews by Sambridinews
आइतवार, भदौ २८, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच आज महासंघ सचिवालय, टेकुमा भेटवार्ता भएको छ । महासंघको सचिवालय, टेकुमा आइतबार भएको भेटवार्तामा रसुवालगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित उद्योग–व्यवसायको पुनःस्थापना, लगानीको वातावरण, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको थियो ।
छलफलमा दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार तथा उद्यमशीलता प्रवद्र्धनका लागि आपसी समन्वयलाई थप सुदृढ गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरी आगामी दिनमा परिणाममुखी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विपद्पछि तत्कालै महासंघ राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहेको उल्लेख गर्दै प्रभावित उद्योग–व्यवसायलाई पुनः सञ्चालन गर्ने वातावरण निर्माणमा प्रदेश सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बागमती प्रदेशमा लगानी र उद्यमशीलता विस्तार गर्न महासंघ सकारात्मक रहेको बताउनु भयो । “ महासंघले स्थानीय स्तरमा नयाँ बजार स्थापना, अस्पताल स्थापना तथा विद्यालय पुनःनिर्माणमा काम गर्न खोजिरहेको छ । यस्तै विपद् रोजगार बैक स्थापना गर्दै आवश्यक्ताको आधारमा तालिम प्रदान गर्दै व्यवसायमा लाग्न चाहनेलाई सहयोग गर्न महासंघ तयार छ ।” उहाँले भन्नु भयो ।
मुख्यमन्त्री थापाले विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा निजी क्षेत्रको सहयोग सराहनीय रहेको चर्चा गर्दै विपद्मा परेका बालबालिकाको शिक्षा, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र पुनर्जीवनका लागि महासंघसँग सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले बागमती प्रदेशका सडक तथा अन्य पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्न सकिने प्रस्तावसमेत राख्नुभयो । “ बागमती प्रदेश प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा लिएर अघि बढ्न चाहन्छ । पूर्वाधार विकासमा पीपीपी मोडलमा जानु पर्दछ । निजी क्षेत्रका नीतिगत र व्यावहारिक समस्या समाधान तथा सहजिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ । ” मुख्यमनत्रीले भन्नु भयो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले विपद्बाट घरबारविहीन भएका तर काम गर्न इच्छुक नागरिकलाई रोजगारीसँग जोड्न ‘विपद् श्रम बैंक’ स्थापना गरी महासंघसँगको सहकार्यमा कार्यक्रम अघि बढाउन सकिने बताउनुभयो । साथै उहाँले पालिका र जिल्लामा हुने उत्पादनलाई बजारसंग जोडन् महासंघको सहयोग आवश्यक रहने बताउनु भयो ।
महासंघका अध्यक्ष श्रेष्ठले विपद्बाट प्रभावित तथा रोजगारीको आवश्यकता भएका व्यक्तिलाई लक्षित गरी ‘विपद् रोजगार बैंक’ स्थापना, आवश्यकताअनुसार सीपमूलक तालिम सञ्चालन तथा प्रभावित स्थानीय क्षेत्रमा नयाँ बजार विकास गर्न महासंघले सहकार्य गर्न सक्ने बताउनुभयो ।
भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले बागमती प्रदेशभित्रका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका प्रतिनिधिमार्फत स्थानीय तहमा देखिएका समस्या र सम्भावनालाई पहिचान गरी प्रदेश सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको बताउनुभयो ।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधान, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ तथा महासंघका केन्द्रीय सदस्य एवं सामाजिक सेवा तथा विपद् तथा देवीप्रकोप समितिका सभापति राजकुमार कार्की लगायतले नेपाल चीन रसुवा नाका पूर्णरुपमा बन्द रहेको, तातोपानी नाकाको अवस्था राम्रो नभएको र अहिले कोराला नाका मात्र सञ्चालनमा रहेको अवस्थामा चीनसंगको व्यापारका लागि समस्या सिर्जना हुने भन्दै विकल्पका बारेमा सोच्नु पर्ने धारणा राख्नु भएको थियो ।

You might also like

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

Related

Previous Post

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

Next Post

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
Next Post
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

शनिबार बाहेकका बिदामा कार्यालय खाेल्ने विषयमा सरकारले छलफल गर्दै

बिहिबार, फाल्गुन ११, २०७९
आजदेखि एमडिएमएस पूर्ण कार्यान्वयनमा आउने : दैनिक करिब हजार मोबाइल ब्लक गरिने

आजदेखि एमडिएमएस पूर्ण कार्यान्वयनमा आउने : दैनिक करिब हजार मोबाइल ब्लक गरिने

सोमवार, कार्तिक २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In