Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा यही वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो ।

शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ। त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

You might also like

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई नि:शुल्क उपचार र परामर्श दिँदै आएको छ । जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ।

“नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था छ,  नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो,”  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने ।

“बैंकले चारवटा प्रदेशमा आयोजना गरेको जलन शिविरमार्फत श्रोतको अभावका कारण उपचारको पर्खाइमा बसेका दुरदराजका करिव पाँच सय जना बिरामीले नि:शुल्क उपचार तथा परामर्श सेवा लिए।”

बैंकले यसअघि सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा यसप्रकारका शिविर आयोजना गरिसकेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट प्रकारको सेवा उपलब्ध हुन नसकेको अवस्थामा शिविरले जलनका बिरामीलाई धेरै राहत पुर्याएको प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले बताए ।

” यस प्रकारको सेवा उपलब्ध नभएको ठाउँमा २५ वटा शल्यक्रिया हुनु निकै कल्याणकारी काम हो । जलनको पीडा भोगेका बिरामीको पीडा कम गर्न खटिनुभएका कर्मचारी र आर्थिक रुपमा सहयोग गर्नु हुने नबिल बैंकलाई धन्यवाद दिन चाहन्छु”, डा. रसाइलीले भने । आगामी दिनमा पनि यसप्रकारको सहकार्यको आशा गरेको उनले बताए ।

बैंकले यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि आयोजना गरेको चार दिने शिविरबाट १५० जनाले उपाचार तथा परामर्श पाएका थिए । यस्तै गत फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा सञ्चालन भएको शिविरमार्फत ६५ जना र चैत २७ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श पाएका थिए ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो। नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ। नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।

Related

Previous Post

नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध

Next Post

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

Sambridinews

Sambridinews

Related Posts

रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

by Sambridinews
शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

by Sambridinews
शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

by Sambridinews
शुक्रबार, असार १२, २०८३
FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

by Sambridinews
बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

by Sambridinews
बिहिबार, असार ११, २०८३
Next Post
बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बाटाे निर्माण गर्ने क्रममा सगरमाथामा तीन जना शेर्पा बेपत्ता

शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जना आरोहीले लिए अनुमति

सोमवार, अशोज २९, २०८०
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोक्याे

बिहिबार, पुस ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

शुक्रबार, असार १२, २०८३
FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

बुधबार, असार १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In