Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, वैशाख २९ । महोत्तरी चेम्बर अफ कमर्सले बर्दिवास उद्योग वाणिज्य संघले गरेको बजार बन्दको निर्णयप्रति असहमति जनाउँदै व्यवसायीहरूलाई आफ्नो व्यापार-व्यवसाय नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।
मंगलवार जारी विज्ञप्तिमार्फत चेम्बरले बर्दिवास नगरपालिका क्षेत्रमा प्रत्येक महिनाको दोस्रो तथा अन्तिम मंगलवार बजार बन्द गर्ने निर्णय स्वीकार्य नभएको जनाएको हो । महोत्तरी चेम्बरको कार्यसमिति बैठकले उक्त निर्णयले व्यवसायिक स्वतन्त्रतामाथि असर पार्ने निष्कर्ष निकालेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई पेशा, रोजगार, व्यापार तथा व्यवसाय सञ्चालन गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको धारा १७ अनुसार कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका व्यवसायलाई कुनै संस्था वा समूहले दबाब, धम्की वा जबरजस्ती बन्द गराउन नमिल्ने स्पष्ट व्यवस्था रहेको जनाएको छ ।

You might also like

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

बजार बन्द गराउने वा व्यापारिक गतिविधिमा अवरोध सिर्जना गर्ने अधिकार नेपाल सरकार तथा सम्बन्धित प्रशासनिक निकायलाई मात्रै कानुनतः प्राप्त रहेको र त्यसबाहेक अन्य कुनै संघ–संस्थाले एकपक्षीय रूपमा बजार बन्दको निर्णय लागू गर्न नसक्ने महोत्तरी चेम्बर अफ कमर्सले जनाएको छ ।

महोत्तरी चेम्बर अफ कमर्सका महासचिव जसपाल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला स्तरको आधिकारिक व्यावसायिक संस्थासँग समन्वय तथा सहकार्य नगरी गरिने यस्ता निर्णयले व्यवसायिक वातावरण प्रभावित हुने उल्लेख गरिएको छ । आगामी दिनमा व्यवसायिक क्षेत्रसँग सम्बन्धित कार्यक्रम, निर्णय वा गतिविधि सञ्चालन गर्दा आवश्यक सहकार्यपछि मात्र कार्यान्वयन गर्न आग्रह गरिएको छ । सम्पूर्ण व्यवसायी, व्यापारी तथा उद्योगीलाई बजार बन्दको भ्रममा नपरी आफ्नो व्यवसाय नियमित सञ्चालन गर्न अपिल गरिएको महोत्तरी चेम्बरका अध्यक्ष सुधिर अग्रवालले जानकारी दिएका छन् ।

यसैबीच, दाङ चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीलाई व्यवसाय नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । चेम्बरले वर्तमान राजनीतिक तथा आर्थिक अवस्था, धरासायी बन्दै गएको अर्थतन्त्र र व्यवसायीहरू पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै बजार बन्द नगर्न अनुरोध गरेको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा व्यवसाय बन्द गर्दा आम व्यवसायीलाई झन् समस्या पर्ने उल्लेख गर्दै कुनै पनि परिस्थितिमा व्यवसाय सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताइएको छ । चेम्बरले उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई संयमता अपनाई बजार खुला राख्न आग्रह गरेको हो ।

विज्ञप्तिमा व्यवसाय बन्दका कारण दैनिक जनजीवन प्रभावित हुने, मजदुर तथा साना व्यवसायीको आयआर्जनमा प्रत्यक्ष असर पर्ने भएकाले बजार खुला राख्नु सबैको हितमा हुने उल्लेख गरिएको छ ।

दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवाल र महासचिव कृष्णा कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

Related

Previous Post

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

Next Post

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

Sambridinews

Sambridinews

Related Posts

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

by Sambridinews
सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

by Sambridinews
सोमवार, साउन २५, २०८३
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

by Sambridinews
आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

by Sambridinews
आइतवार, साउन २४, २०८३
राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

शनिबार, जेष्ठ १६, २०८३
राष्ट्रिय योजना आयोगको सदस्यमा सिन्धुलीका फुयाँल नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा सिन्धुलीका फुयाँल नियुक्त

सोमवार, माघ ९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

सोमवार, साउन २५, २०८३
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

आइतवार, साउन २४, २०८३
राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी
FEATURED

राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

आइतवार, साउन २४, २०८३
नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 
FEATURED

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

शनिबार, साउन २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In