Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
in TOP STORIES, समाचार, स्वास्थ्य
0
नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल ले नेपालमा पहिलोपटक ‘चाइम’ (CHIME) बैठक आयोजना गर्दै देशलाई विश्वव्यापी डिजिटल स्वास्थ्य सञ्जालसँग जोड्ने महत्वपूर्ण पहल गरेको छ । मे ८ मा सम्पन्न उक्त कार्यक्रममा देशभरका १५ निजी तथा सरकारी अस्पतालका स्वास्थ्य सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।

यस बैठकसँगै नेपाल औपचारिक रूपमा ‘चाइम भारत अध्याय’को उप–अध्यायका रूपमा आबद्ध भएको छ । अब नेपालका स्वास्थ्य सूचना प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरू अन्तर्राष्ट्रिय डिजिटल स्वास्थ्य सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिने भएका छन् ।

You might also like

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

‘चाइम’ विश्वव्यापी गैर–नाफामूलक संस्था हो, जसले डिजिटल स्वास्थ्य नेतृत्व, स्वास्थ्य सूचना प्रविधिको विकास तथा आधुनिक स्वास्थ्य प्रणाली विस्तारमा काम गर्दै आएको छ । कार्यक्रममा नेपालका स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुसार रूपान्तरण गर्ने विषयमा विशेष छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल मेडिसिटीका प्रमुख डिजिटल तथा सूचना अधिकृत तथा चाइम भारत अध्यायका सदस्य सुधाकर राई ले चाइमसँगको सहकार्य नेपालको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले भने, “चाइमसँगको सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सूचना प्रणालीसँग जोड्ने अवसर दिएको छ । अब नेपाली स्वास्थ्य सूचना प्रविधि विज्ञहरूले विश्वस्तरीय ज्ञान, प्रविधि र अनुभवसँग प्रत्यक्ष पहुँच पाउनेछन् ।”

बैठकका क्रममा “चाइम नेपाल समुदाय” समेत गठन गरिएको छ । उक्त समुदाय स्वास्थ्य सूचना प्रविधि क्षेत्रका पेशाकर्मीहरूको व्यावसायिक सञ्जालका रूपमा क्रियाशील रहने बताइएको छ । समुदायमार्फत सदस्यहरूले डिजिटल स्वास्थ्य, साइबर सुरक्षा, दूरस्वास्थ्य सेवा, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय प्रमाणपत्र कार्यक्रमसम्बन्धी जानकारी र अवसर प्राप्त गर्नेछन् ।

कार्यक्रममा भारतका विभिन्न अस्पतालका स्वास्थ्य सूचना प्रविधि विज्ञहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए । चाइम भारत अध्यायले नेपालको डिजिटल स्वास्थ्य रूपान्तरणमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

अधिकृत राईका अनुसार नेपालमा चाइमको उपस्थितिले स्वास्थ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुका साथै डिजिटल स्वास्थ्य रूपान्तरणलाई तीव्र बनाउनेछ । यसले स्वास्थ्य सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिलाई अन्तर्राष्ट्रिय अनुभव, सिकाइ र नवीन प्रविधिसँग जोड्ने अपेक्षा गरिएको छ ।

यसअघि पनि नेपाल मेडिसिटीले स्वास्थ्य प्रविधि क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ । हालै भारतको हैदराबादमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अस्पतालले ‘एक्सिलेन्स इन रिमोट हेल्थ केयर’ पुरस्कार प्राप्त गरेको थियो । उक्त पुरस्कार दूरस्वास्थ्य सेवा, टाढाबाट गरिने चिकित्सकीय परामर्श, सघन उपचार कक्षको दूरसेवा तथा स्मार्ट अस्पताल प्रणालीमा पुर्‍याएको योगदानका लागि प्रदान गरिएको अस्पतालले जनाएको छ ।

Related

Previous Post

नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक

Next Post

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

Sambridinews

Sambridinews

Related Posts

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

by Sambridinews
सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

by Sambridinews
सोमवार, साउन २५, २०८३
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

by Sambridinews
आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

by Sambridinews
आइतवार, साउन २४, २०८३
राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी
FEATURED

राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

by Sambridinews
आइतवार, साउन २४, २०८३
Next Post
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दूरसञ्चार क्षेत्रमा व्यवसायीक चुनौती बढ्यो

दूरसञ्चार क्षेत्रमा व्यवसायीक चुनौती बढ्यो

बुधबार, चैत्र २८, २०८०
बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

मङ्लबार, बैशाख २९, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

सोमवार, साउन २५, २०८३
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

आइतवार, साउन २४, २०८३
राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी
FEATURED

राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

आइतवार, साउन २४, २०८३
नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 
FEATURED

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

शनिबार, साउन २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In