२२ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेंसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको छ।
उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ।















