Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्रीमा खड्ग ओलीको दाबी ; आइतबार नयाँ सरकार गठन हुने

Sambridinews by Sambridinews
शनिबार, असार २९, २०८१
in राजनीति
0
पत्रकारलाई केपी ओलीको जवाफ ; ‘टोपबहादुरलाइ तपाइ खोज्नुस न ‘
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार २९, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर शीतल निवास पुगी प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । एमालेका ७९ मध्ये एक सांसद निलम्बित छन् । ७८ मध्ये गणनामा १ सिट सभामुखको पनि गनिएको छ । शीतल निवास स्रोतका अनुसार आइतबार प्रधानमन्त्रीमा ओली नियुक्ति हुनेछन् भने साँझ शपथग्रहण हुनेछ । शपथसँगै कांग्रेस–एमालेले सानो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

You might also like

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

यता कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने शुक्रबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर खुमलटार सरेका छन् । राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि तीन दिनको समयसीमा तोकेर दाबी पेस गर्न आह्वान गरेपछि कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित ओली सहयोगी दलका नेतासहित प्रधानमन्त्रीको दाबी पेस गर्न सवा ९ बजे शीतल निवास पुगेका गरेका थिए ।

शीतल निवासमा दाबी पेस गर्न ओलीका साथमा कांग्रेस सभापति शेरबहादुर देउवासँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्का उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।

अन्य दलका नेताहरूको उपस्थिति भने थिएन । तर कांग्रेस र एमाले समीकरणलाई दुई दलबाहेक जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन जनाएका छन् । कांग्रेस एमालेले समर्थन जनाउने पाँचै दललाई सरकारमै सहभागी गराउने तय गरेर प्रत्येक दललाई एक/एक मन्त्रालय दिने समझदारी गरिसकेका छन् । कांग्रेस र एमालेसहित सात दल सहभागी हुँदा सरकारको पक्षमा दुई तिहाइभन्दा बढीको समर्थन पुग्छ ।

दुई दलबीच असार १७ गते संसद्को साढे तीन वर्षको कार्यकालमध्ये दुई वर्ष ओलीले र बाँकी डेढ वर्ष कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने गरी सातबुँदे समझदारी गरेका थिए । त्यसपछि सरकारको विपक्षीमा दुई तिहाइ बढी सदस्य हुँदा पनि दाहालले सरकार निर्माणको प्रक्रियालाई जटिल मोडमा धकेल्ने प्रयासस्वरूप राजीनामा नदिएर संसद्मा विश्वासको मतको सामना गरेका थिए ।

संविधानको धारा ७६(२) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत गुमाउँदा नयाँ सरकार गठन सोही प्रक्रियामा नफर्कने र संविधानको धारा ७६(३) आकर्षित हुने दाहालले तर्क गर्दै आएका थिए । उनले संसद्मा अविश्वासको मत गुमाएलगत्तै राष्ट्रपति पौडेललाई भेटेर पनि यसबारे स्मरण गराएर फर्केका थिए । राष्ट्रपतिलाई भेटेर सिधै खुमलटार पुगेका दाहालले त्यहाँ पनि आफूले विश्वासको मत नपाएपछि सरकार निर्माणमा जटिलता बढेको प्रतिक्रिया दिएका थिए । सरकार गठन कुन धाराबाट गर्ने भन्ने अधिकार राष्ट्रपतिको हातमा पुगेको भन्दै धारा ७६(३) अनुसार ठूलो दलको हैसियतले अल्पमतको सरकार बन्ने दाबी उनको थियो ।

‘

Related

Previous Post

दक्षिणकालीमा गुम्बाको पर्खाल भत्किँदा एक नाबालिकाको मृत्यु

Next Post

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

Sambridinews

Sambridinews

Related Posts

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

by Sambridinews
बुधबार, साउन २०, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
Next Post
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

घोषित पुरस्कारमा ९ हजार थपेर धावक मानन्धरलाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान प्रदान

घोषित पुरस्कारमा ९ हजार थपेर धावक मानन्धरलाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान प्रदान

आइतवार, अशोज २८, २०८०
अध्ययनका लागि विदेश जाने अवस्थाको अन्त्य गर्ने बागमती प्रदेशका कानुन मन्त्रीकाे भनाइ

अध्ययनका लागि विदेश जाने अवस्थाको अन्त्य गर्ने बागमती प्रदेशका कानुन मन्त्रीकाे भनाइ

शुक्रबार, माघ २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In