Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, April 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, चैत्र १९ । नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५ औं वार्षिक उत्सव हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान र्पुयाएका अग्रणी नेपाली महिलाहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ । अग्रणी महिला सम्मान शीर्षकमा आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै  सम्मानपत्र प्रदान गरियो । उहाँहरुलाई पूर्व राष्ट्र«पति रामवरण यादव, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
कार्यक्रममा नेपालकी  प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्काउटिङ क्षेत्रमा रामवदन जोशी, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, पहिलो महिला इन्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, एसएलसी बोर्ड प्रथम लुना भट्ट, पहिलो महिला कमर्शियल पाइलट रक्षा राणा, उद्यमी श्याम बदन श्रेष्ठ, पद्मासना शाक्य, शान्ति चड्ढा, पर्यटन व्यवसायी श्रृजना राणा लगायतलाई पनि सम्मान गरिएको थियो ।
लायन्स र रोटरी क्षेत्रमा मिलन थापा र जया राज्य लक्ष्मी शाह, पूर्व मुख्यसचिव लिला देवी गड्तौला, अर्थशास्त्री डा. पुष्पा श्रेष्ठ, कला तथा मनोरञ्जनतर्फ उर्मिला उपाध्याय गर्ग, अभिनेत्री भुवन चन्द, प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, सचिव बिन्द्रा हाडा, निजी क्षेत्रकी भवानी राणा, नेपाल राष्ट्र बैंककी नीलम ढुंगाना तिम्सिना, रानु देवी अधिकारी, सानुनानी कंसाकार लगायतलाई सम्मान समर्पण गरिएको थियो ।
त्यसैगरी रत्नेश्वरी श्रेष्ठ , ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ग्यावाली, चेपाङ समुदायकी मनजू प्रजा, सामाजिक अभियन्ता अञ्जली देवी मास्के, प्रथम मिस नेपाल रुबी राणा शाह, चालक मच्छरी देवी चित्रकार, टेम्पो चालक लक्ष्मी शर्मा, कलाकार स्नेहा श्रेष्ठ (इम्याजिन), बडीबिल्डर निर्मला महर्जन, कलाकार मनीषा कोइराला, पौराणिक व्यक्तित्व सीता (जानकी) र वैदिक दार्शनिक गर्गीलाई पनि विशेष रूपमा उक्त सम्मान समर्पण गरिएको थियो ।
कार्यक्रममा प्रथम महिला राष्ट्र«पति विद्यादेवी भण्डारी एवं नेपालकी प्रथम प्रधानमन्त्री एवं प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको योगदानको स्मरण सहित उक्त सम्मान समर्पण गरियो ।
त्यस्तै प्रथम महिला शासक नायब स्व।राजेन्द्र लक्ष्मी शाह, स्व. कान्तिराज्य लक्ष्मी देवी, योगमाया न्यौपाने,  साहित्यकार स्व. पारिजात (बिष्णु कुमारी बाईवा),  स्व. शैलजा आचार्य, स्व. साधना प्रधान अधिकारी, स्व. सहाना प्रधान, मिडियाकर्मी स्व. कृष्णा ताम्राकार, गायिका स्व. सनुमाया गुरुङ, अधिवक्ता स्व. सुशीला सिंह,  राजनीतिज्ञ स्व. इन्दिरा श्रेष्ठ, समाजसेवी स्व. अमृता कठायत,राजनीतिज्ञ स्व. द्वारिका देवी ठकुरानी, स्व. चन्द्रकला किरण महत, लोकसेवा आयोग सदस्य स्व. उमा पाण्डे, राजदूत स्व. बिन्देश्वरी शाह, संसद उपाध्यक्ष स्व. कमल राणा, शिक्षाविद् स्व.अंगुरबाबा जोशी र पर्यटन उद्यमी स्व. अम्बिका श्रेष्ठ, शिक्षाविद् स्व. चन्द्रकान्ता देवी मल्ल, सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पा, व्यावसायिक प्रशिक्षक स्व. सुनिता मलेकु, सेयर बजारकी स्व. सुचित्रा खनाल, चालक स्व. रामदेवी श्रेष्ठको योगदानको समरण गर्दै उहाँहरुमा उक्त सम्मान समर्पण गरियो ।  
कार्यक्रममा नेपाल महिला चेम्बर सम्बद्ध रही हालै सम्पन्न निर्वाचनबाट संघीय सांसद बन्न सफल हुनु हुने लिमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी र इन्दिरा राना मगरलाई समेत सम्मान गरियो । साथै उहाँहरुलाई बधाई समेत ज्ञापन गरिएको थियो ।
कार्यक्रममा केही व्यक्तित्वहरूको उपस्थितिमा सम्मान गरिएको थियो भने दिवंगत व्यक्तित्वहरूका परिवारजनमार्फत सम्मान अर्पण गरिएको थियो।
कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्व राष्ट्र«पति रामवरण यादवले विभिन्न क्षेत्रका नेपालका अग्रणी तथा पथ प्रदर्शक महिलाहरुलाई सम्मान गर्न पाउँदा आफूलाई गौरव अनुभूती भएको बताउनु हुँदै उहाँहरुबाट सिंगो देश र नयाँ पुस्तालाई हौसला प्रदान हदै आएको बताउनुभयो ।  
नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठले २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा नेपाल महिला चेम्बरले अग्रणी महिला सम्मान कार्यक्रममार्फत सम्मानित महिलाहरुको जस्तै ओज हासिल गरेको बताउनुभयो ।  
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्सको ईतिहास जति गर्विलो छ यसको साँख र गरिमालाई यस्ता कार्यक्रमले अझ उचो पारेको बताउनुहुँदै यस्ता कार्यक्रमले नेपाली महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले देशका अग्रणी महिलाहरुको योगदानको कदर रुवरुप नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै महिला चेम्बरले महिला सशक्तिकरण, उद्यमशीलता विकास जस्ता विषयलाई जोड दिदै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा सम्मानितकातर्फबाट बोल्नुहुँदै चाँदनी जोशीले ऐतिहासिक पृष्ठभूमि बोकेका महिलाहरुको योगदानको स्मरण गर्दै सम्मान समर्पण कार्यक्रम आयोजना गरिएकोमा नेपाल महिला चेम्बरलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सम्मानित तथा कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

You might also like

कुस्ती टोलीको बिदाइ

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

आजदेखि एसईई परीक्षा सुरु

Related

Previous Post

कुस्ती टोलीको बिदाइ

Sambridinews

Sambridinews

Related Posts

कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

by Sambridinews
बुधबार, चैत्र १८, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च

नेप्से २९ सय अंकमा

सोमवार, साउन २८, २०८१
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना

महोत्तरीको भंगहा नगरपालिकामा कर्फ्यू जारी

बिहिबार, कार्तिक १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

बुधबार, चैत्र १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In