चैत १४, काठमाडौं । गएराती परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाउदा एकजना मजदुरको मृत्यु भयो छ । मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने रोशी–७ निवासी कुन्साङ तामाङ भएको प्रहरीले जनाएकाे छ ।
२०८१ साला असोजमा आएको बाढीले बगाएको विपि राजर्माग निर्माणमा खटिएका ममजुरलाई बाढीले बगाउदा उनको मृत्युभएको प्रहरीले जनाएको छ ।
बाढीका कारण रोशीमा रहेको डाइभर्सन बगाउदा केही सवारी साधन बगाउनुका साथै सयौं यात्रु अलपत्र परेको बताइएको छ ।
यसैबिच बाढीले अवरुद्ध भएको सडक खुलाउनले प्रयास भइरहेको सिन्धुली क्षेत्र नं २ का सांसदा आशिष गजुरेलले बताए
।














