Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

“एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्ने चेम्बर अध्यक्ष अग्रवालको सुझाव

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
“एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्ने चेम्बर अध्यक्ष अग्रवालको सुझाव
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन ११ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पूँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक रहेको औंल्याउनुभएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा आयोजित प्रस्तावित धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ सम्बन्धी मस्यौदामाथि आयोजित अन्तरक्रिया कार्यक्रममा विशिष्ट वक्ताका रूपमा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो। निजी क्षेत्रको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा उहाँले पूँजी बजार सुधारका लागि एकीकृत नीति आवश्यक रहेकोमा जोड दिनुभयो।

उहाँले विकासोन्मुख देश नेपालका लागि पूँजी बजार आर्थिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसले बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन, उद्योग-व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रस्तावित निर्देशिका बजारलाई जटिल बनाउने होइन, तरल, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यका साथ परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

You might also like

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

अध्यक्ष अग्रवालले विगतमा लागू गरिएको दोहोरो आईएसआईएन (अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर) प्रणालीका कारण एउटै कम्पनीका शेयरको फरक–फरक मूल्य कायम भई बजारमा सट्टेबाजी तथा मूल्य विकृति बढेको उल्लेख गर्नुभयो। यसले लगानीकर्तामा भ्रम र अविश्वास सिर्जना गर्नुका साथै बजार सूचकांक र कारोबारमा नकारात्मक प्रभाव परेको उहाँको भनाइ थियो। अन्तर्राष्ट्रिय अभ्यासअनुसार “एउटै कम्पनी, एउटै आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो।

उहाँका अनुसार संस्थापक र सर्वसाधारण शेयरबीचको विभाजनले शेयरको तरलता घटाउने, बोनस, हकप्रद तथा लाभांश वितरणजस्ता संस्थागत कार्यहरूमा प्राविधिक जटिलता बढाउने र नियामक निकायको अनुगमनमा कठिनाइ सिर्जना गर्ने समस्या देखिएको छ। साथै दोहोरो आईएसआईएन व्यवस्थाले पूर्ण अभौतिक (डिम्याट) प्रणाली, टी+२ सेटलमेन्ट, बजार निर्माता व्यवस्था (मार्केट मेकिङ) तथा डिजिटल स्वचालनजस्ता आधुनिकीकरणका प्रयासमा अवरोध पुर्‍याउन सक्ने उहाँले बताउनुभयो।

आपूर्ति संरचना सुधारका लागि संस्थापक शेयरमा अत्यधिक लक–इन अवधि तथा कूलिङ अवधिका कारण बजारमा शेयर आपूर्ति सीमित भई सट्टेबाजी बढ्ने अवस्था रहेको भन्दै उहाँले क्रमिक रूपमा निश्चित सीमा (जस्तै २० प्रतिशतसम्म) शेयर खुला गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। यसले बजारमा आपूर्ति सन्तुलन कायम गरी मूल्य स्थिरता ल्याउन सहयोग पुग्ने उहाँको धारणा थियो।

साथै अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय अभ्यासबमोजिम कम्पनीका सञ्चालकहरूले पनि विशेष परिस्थितिबाहेक आफ्नो तोकिएको सिलिङभन्दा माथिको शेयर बिक्री गर्न पाउनुपर्ने बताउँदै यसले शेयरको आपूर्ति बढाउने र अन्य क्षेत्रमा लगानी प्रोत्साहित हुने धारणा राख्नुभयो।

निर्देशिका कार्यान्वयनअघि सरोकारवालासँग व्यापक परामर्श गरी नियामकीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रसँगको समन्वयले नीति कार्यान्वयनलाई प्रभावकारी र व्यवहारिक बनाउने विश्वास व्यक्त गर्नुभयो।

अन्त्यमा अध्यक्ष अग्रवालले पूँजी बजार सुधारका लागि सबै नियामक तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

Related

Previous Post

फागुन २० देखी २२ सम्म चुनावका लागि बिदा दिने सरकारकाे निर्णय

Next Post

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

by Sambridinews
शनिबार, चैत्र २८, २०८२
एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

by Sambridinews
शनिबार, चैत्र २८, २०८२
सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम
FEATURED

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

by Sambridinews
शुक्रबार, चैत्र २७, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

by Sambridinews
शुक्रबार, चैत्र २७, २०८२
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
TOP STORIES

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
Next Post
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय रिङ रेस्लिङ भोलि

राष्ट्रिय रिङ रेस्लिङ भोलि

शुक्रबार, जेष्ठ १९, २०८०
नेम्वाङको शवयात्रापछि ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

अब सम्झनामा मात्र पुर्व सभामुख नेम्वाड.फोटो फिचर…………….

शुक्रबार, भदौ २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

शनिबार, चैत्र २८, २०८२
एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

शनिबार, चैत्र २८, २०८२
सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम
FEATURED

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

शुक्रबार, चैत्र २७, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
TOP STORIES

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

बिहिबार, चैत्र २६, २०८२
टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा
FEATURED

टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा

बिहिबार, चैत्र २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In