Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, May 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा उद्योगी–व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम मंगलबार चेम्बरको सचिवालयमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन।

कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको वर्तमान स्थिति, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ चित्र प्रस्तुत गर्ने बताउनुभयो । उहाँले यस्ता तथ्याङ्कले नीति, नियम, योजना निर्माण र कार्यान्वयन प्रक्रियालाई तथ्यमा आधारित बनाउँदै दीर्घकालीन आर्थिक विकासमा सकारात्मक योगदान र्पुयाउने उल्लेख गर्नुभयो । निजी क्षेत्रको सक्रिय सहभागिता विना गणना सफल हुन नसक्ने भन्दै चेम्बर आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

You might also like

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

जुनियर यु–१६ फुटसल आइतबार

कार्यक्रममा कार्यालयका निर्देशक डा वेदप्रसाद ढकालले राष्ट्रिय आर्थिक गणनाको आवश्यकता, उद्देश्य र यसको बहुआयामिक महत्वबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँका अनुसार गणनाबाट प्राप्त तथ्याङ्कले सरकारलाई नीति निर्माण तथा योजना तर्जुमा गर्न, कूल गार्हस्थ उत्पादन र राष्ट्रिय लेखाका अनुमान सुदृढ बनाउन, आधार वर्ष परिवर्तनका लागि आवश्यक तथ्याङ्क उत्पादन गर्न तथा विभिन्न आर्थिक सर्वेक्षणका लागि नमूना छनोट ढाँचा तयार गर्न सहयोग र्पुयाउनेछ।

साथै तथ्याङ्कीय व्यवसायिक दर्ता प्रणाली निर्माण, अनौपचारिक अर्थतन्त्रका सूचक तयार पार्ने तथा करिब ५० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिक दायरामा ल्याउन समेत यो गणना उपयोगी हुने विश्वास व्यक्त गरिएको छ। दर्ता नभएका फर्महरूलाई मूलधारमा ल्याउन पनि तथ्याङ्कले महत्वपूर्ण आधार प्रदान गर्ने बताइएको छ।

त्यसैगरी उहाँले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रसँग सम्बन्धित विस्तृत विवरण सङ्कलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग र्पुयाउने उद्देश्यले गणना सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। संकलित तथ्याङ्कको गोपनीयता पूर्ण रूपमा सुरक्षित गरिने र कानुनी रूपमा अदालतमा प्रमाणका रूपमा प्रयोग नगरिने स्पष्ट पार्दै उहाँले व्यवसायीहरूलाई निःसंकोच आवश्यक विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले गणनाको प्रभावकारिता, निजी क्षेत्रको सहभागिता, कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौती तथा सुधारका सम्भावित उपायबारे आ–आफ्ना धारणा राखेका थिए। सहभागीहरूले विश्वसनीय तथ्याङ्कमार्फत दिगो आर्थिक नीति निर्माणका लागि सबै पक्षको समन्वित प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

नेपालमा वि।सं। २०७५ मा पहिलोपटक राष्ट्रिय आर्थिक गणना सम्पन्न गरिएको थियो, जसअन्तर्गत अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार १८ समूहका आर्थिक एकाइहरूलाई समेटिएको थियो। कार्यालयले दोस्रो आर्थिक गणना २०८२ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

Related

Previous Post

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

Next Post

केनिशलाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा
FEATURED

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा

by Sambridinews
बुधबार, जेष्ठ ६, २०८३
राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
FEATURED

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

by Sambridinews
मङ्लबार, जेष्ठ ५, २०८३
जुनियर यु–१६ फुटसल आइतबार
TOP STORIES

जुनियर यु–१६ फुटसल आइतबार

by Sambridinews
मङ्लबार, जेष्ठ ५, २०८३
भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन
FEATURED

भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन

by Sambridinews
मङ्लबार, जेष्ठ ५, २०८३
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
Next Post
केनिशलाई स्वर्ण

केनिशलाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

Unveiling the Blind Spot: Why Nepali Media Lags in Globalization and Global Content 

Unveiling the Blind Spot: Why Nepali Media Lags in Globalization and Global Content 

सोमवार, बैशाख १०, २०८१
पौडी पोखरी खुला

पौडी पोखरी खुला

बिहिबार, चैत्र १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा
FEATURED

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा

बुधबार, जेष्ठ ६, २०८३
राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
FEATURED

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

मङ्लबार, जेष्ठ ५, २०८३
जुनियर यु–१६ फुटसल आइतबार
TOP STORIES

जुनियर यु–१६ फुटसल आइतबार

मङ्लबार, जेष्ठ ५, २०८३
भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन
FEATURED

भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन

मङ्लबार, जेष्ठ ५, २०८३
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

आइतवार, जेष्ठ ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In