Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन २, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
जिल्ला होटल व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौं को सातौं वार्षिक साधारण सभा तथा वार्षिक उत्सव २०८२ फाल्गुण २ गते (१४ फेब्रुअरी २०२६) शनिबार काठमाडौंको पवेरा हेरिटेज बुटिक होटल, बुढानिलकण्ठमा भव्य रूपमा सम्पन्न भएको छ।

२०७४ सालपछि काठमाडौं जिल्लाभित्र होटल व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसाय प्रवर्द्धन, पर्यटन विकास र समन्वयकारी भूमिकामा सक्रिय रहँदै आएको जिल्ला होटल व्यवसायी संघ काठमाडौं हाल विभिन्न इकाई संस्था तथा सदस्य होटल व्यवसायीहरूलाई समेट्दै सशक्त रूपमा अघि बढिरहेको छ। संघले व्यवसायी सुरक्षादेखि नीति–निर्माण तहसम्म आफ्ना धारणा राख्दै पर्यटन क्षेत्रको संस्थागत विकासमा योगदान पुर्‍याउँदै आएको छ।

You might also like

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

उच्चस्तरीय उपस्थिति

कार्यक्रमका सभाध्यक्ष संघका अध्यक्ष सुरेश बराल रहनुभएको थियो भने प्रमुख अतिथि दीपकराज जोशी (प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड) रहनुभएको थियो। विशिष्ट अतिथिमा दिनेश चुके (अध्यक्ष, होटल व्यवसायी महासंघ नेपाल) तथा साजन शाक्य (महासचिव, होटल संघ नेपाल) को उपस्थिति रहेको थियो।

त्यसैगरी दामोदर नेपाल (अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश) लगायत प्रदेश संघका अध्यक्ष तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै संघका सदस्य संस्था, मातहतका इकाई अध्यक्षहरू, प्रतिनिधीहरू तथा विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

खुल्ला सत्र: प्रतिबद्धता, सम्मान र बधाई

खुल्ला सत्रको सञ्चालन संघका महासचिव शैलेन्द्र विक्रम थापाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्था, प्रायोजक कम्पनी, पर्यटनसँग सम्बन्धित व्यावसायिक संस्था तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि दीपकराज जोशीले आफ्नो मन्तव्यमा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेको सहायता कक्षलाई विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै जिल्ला होटल व्यवसायी संघ काठमाडौंलाई पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा विशेष स्थान दिँदै सहकार्यलाई अझ सुदृढ बनाउने स्पष्ट प्रतिवद्धता जनाउनुभयो। उहाँले होटल व्यवसायीहरू पर्यटन क्षेत्रका आधारस्तम्भ भएको उल्लेख गर्दै राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

खुल्ला सत्रमा अन्तर्राष्ट्रिय विमानस्थल सहायता कक्ष निर्माण तथा सञ्चालनमा सहयोग पुर्‍याउने संघ–संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। उपस्थित अतिथीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

यस अवसरमा नव निर्वाचित इकाई कमिटीहरूलाई बधाई ज्ञापन गरिएको थियो।
• बालाजु होटल व्यवसायी संघका नव निर्वाचित अध्यक्ष सूर्य बहादुर खाती,
• एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ, गौशालाका अध्यक्ष सरोज आले,
• काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुव कार्की

सहितको कार्यसमिति टोलीलाई औपचारिक रूपमा बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो।

बन्द सत्र: विधान संशोधन र प्रतिवेदन पारित

बन्द सत्रको सञ्चालन संघका सचिव अनिश बानियाले गर्नुभएको थियो। बन्द सत्रमा सहभागी प्रतिनिधीहरूको सर्वसम्मतिबाट संघलाई अझ चुस्त, दुरुस्त र सशक्त बनाउँदै अगाडि बढाउने उद्देश्यले विधानमा आवश्यक संशोधन गरिएको छ।

महासचिव शैलेन्द्र विक्रम थापाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष शालिकराम थापाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। सहभागी प्रतिनिधीहरूले संघलाई व्यवसायी हित, सुरक्षा, नीति–संवाद तथा पर्यटन प्रवर्द्धनमा अझ प्रभावकारी बनाउन सामूहिक प्रतिबद्धता जनाएका थिए।

समापन मन्तव्य व्यक्त गर्दै सभाध्यक्ष सुरेश बरालले संघलाई एकीकृत, सक्रिय र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसरी जिल्ला होटल व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक उत्सव तथा साधारण सभा खुल्ला र बन्द दुवै सत्रमा गरिमामय, उत्साहपूर्ण र व्यवसायी एकताको सन्देशसहित भव्य रूपमा सम्पन्न भएको छ।

Related

Previous Post

सूचनाको हकको प्रयोग, अभ्यास र चुनौती बारे पत्रकार महासंघकाे अन्तरक्रिया

Next Post

आज महाशिवरात्री पर्व

Sambridinews

Sambridinews

Related Posts

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

by Sambridinews
बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

by Sambridinews
बिहिबार, साउन २८, २०८३
Next Post
आज महाशिवरात्री पर्व

आज महाशिवरात्री पर्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

सिन्धुलीमा ८ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा १८ जनाकाे मृत्यु

बिहिबार, बैशाख ६, २०८१
काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

शनिबार, साउन ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

बिहिबार, साउन २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In