Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ ४, २०८१
in FEATURED, स्थानीय तह
0
मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रूद्रबहादुर खड्का

जेठ ४, सिन्धुली । विभिन्न कालखण्डमा नदी पसेर खेतीयोग्य जमिन बगरमा परिणत भएको मरिण गाउँपालिका ३ नक्कलीको बगर यतिखेर हरियाली भएको छ । मरिण खोलाले कटान गरेर बगर भएकोे नक्कली छेउछाउमा खर्बुजा, फर्सी, लौका, बोडीलगायतका मौसमी र बेमौसमी तरकारी खेतीले हरियाली भएको छ । स्थानीय छजना युवाहरूले सामूहिक रूपमा खर्बुजा र तरकारी खेती गर्दा मरिणको सुक्खा बगर हरियालीमात्र भएको छैन युवाहरुले मनग्ये आम्दानीसमेत गर्न थालेका छन् ।

मरिण गाउँपालिका ७ का खिलहरी गिरीको नेतृत्वमा ६ जना युवाहरूको सक्रियतामा सामूहिक लगानी गरी मरिण खोलाले बगाएको ३५ बिघा सुक्खा बगरमा झन्डै ३० लाख रुपैयाँको खर्बुजा उत्पादन गरिएको हो । हाल फर्सी, लौका, घिरौंला, बोडी, करेला उत्पादन बजारका लागि तयार भएका छन् ।
त्यहा उत्पादित खर्बुजा र तरकारीलाई चैत्रको अन्तिम सातादेखि बिक्रीका लागि बजारमा ल्याइएको छ । हालसम्म करिब २० लाखको खर्बुजा र ७ लाख रुपैयाँ बढीको तरकारी बिक्री गरिसकिएको किसान खिलहरि गिरीले बताए ।

You might also like

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

उनीहरूले बगरमा सामूहिक खेतीका लागि हालसम्म एक करोड रुपैयाँ लगानी गरेका छन् । पाँच बिघामा फर्सी, २० बिघामा बोडी, १० बिघा क्षेत्रफलमा करेला, लौका, घिरौंलालगायतको तरकारीको खेती गरिएको गिरीको भनाइ छ । ‘पहिलो वर्ष नै करिब २५ देखि ३० लाख रुपैयाँको खर्बुजा उत्पादन हुने हाम्रो अनुमान छ। नदी, खोलानजिकै भएकाले सिँचाइको पनि खासै समस्या छैन। मौसमले साथ दियो भने उत्पादन अझ बढ्न सक्छ,’ गिरीले बताए ।

बगरमा उत्पादन भएको खर्बुजा ४० रुपैयाँ प्रतिकेजी, सय रुपैयाँ मुठा फर्सीको मुन्टा, ३० रुपैयाँ केजी हरियो फर्सी, ७० रुपैयाँ केजी बोडी स्थानीय मरिण बजारमा बिक्री हुँदै आएको आएको जनाइएको छ । यहाँको उत्पादनले मरिण बजारका साथै सिन्धुली र हेटौंडा बजारले तरकारी बिक्रि गर्ने ठाउँ पाएको छ ।
अन्य पेसामा भन्दा छिटो र राम्रो आम्दानी हुने भएपछि बगरखेतीमा लागेको युवाहरूको भनाइ छ । ‘हामीले रोजगारको अवसरको खोजी गर्दा स्थानीय स्तरमै सामूहिक खेतीलाई रोजेका छौं । पहिलो वर्षमै राम्रो आम्दानी हुने देखिन्छ यसलाई आगामी वर्ष थप विस्तार गर्नेछौं,’ उनीहरूले बताए ।

आधुनिक प्रविधिसहित खेती थालेका युवाहरूले आगामी दिनमा २० बिघा क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्ने योजना बनाएका छन्। जसका लागि अछामबाट २० लाख रुपैयाँ अकबरे खुर्सानीका बिउ झिकाएर बेर्ना उत्पादन गरिएको छ । नेट जातको पाँच हजार बिरुवा त्रिशूलीबाट झिकाइएको छ । त्यसका लागि २० टनेल निर्माण गरिएको छ भने थप ३० वटा निर्माण भइरहेको छ ।

‘एक्लै व्यवसाय गर्नुभन्दा सामूहिक लगानी गर्दा सहज हुने भएपछि बैंकबाट ऋण लिएरै भए पनि व्यवसाय विस्तार गर्दै लगिएको हो । आगामी वर्षबाट वार्षिक रूपमा तीनदेखि पाँच करोडसम्म आम्दानी गर्ने गरी तरकारी र फलफूल उत्पादन गर्ने लक्ष्य छ,’ उनको भनाई छ ।
सीप र मेहनतले सुक्खा बगरमा पनि रसिलो खर्बुजा तथा अर्गानिक तरकारी फलाएर युवाले उदाहरण प्रस्तुत गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताए । यो बगरखेती पालिकाकै उत्कृष्ट उत्पादन हो ।

‘वर्षौंदेखि प्रयोगविहीन बगरमा खर्बुजा तथा तरकारी खेती गरेर किसानले आफ्नो जाँगर मात्र देखाएका छैनन्, राम्रो आम्दानी गरेर गाउँपालिकामै सफल कृषकका रूपमा उदाहरण प्रस्तुत गरेका छन,’ उनले भने ।

अध्यक्ष मोक्तानले गाउँपालिकालाई कृषि उत्पादनका दृष्टिले पकेट क्षेत्रको रूपमा विकास गर्ने योजनालाई थप सार्थक बनाउने गरी युवा किसानहरूले व्यावसायिक कृषि खेतीलाई गाउँपालिकाको तर्फबाट यस्ता किसानलाई लगानीमा अनुदान, प्रविधिमा यान्त्रीकरण र बजारीकरणजस्ता क्षेत्रमा प्रोत्साहन गरिने बताए ।

Related

Previous Post

नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त

Next Post

एसियाडमा नेपाल विमोचन

Sambridinews

Sambridinews

Related Posts

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
एसियाडमा नेपाल विमोचन

एसियाडमा नेपाल विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

मङ्लबार, माघ २, २०८०
दीपक र विप्लव सम्मानित

दीपक र विप्लव सम्मानित

आइतवार, बैशाख २, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In