Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ ४, २०८१
in FEATURED, स्थानीय तह
0
मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रूद्रबहादुर खड्का

जेठ ४, सिन्धुली । विभिन्न कालखण्डमा नदी पसेर खेतीयोग्य जमिन बगरमा परिणत भएको मरिण गाउँपालिका ३ नक्कलीको बगर यतिखेर हरियाली भएको छ । मरिण खोलाले कटान गरेर बगर भएकोे नक्कली छेउछाउमा खर्बुजा, फर्सी, लौका, बोडीलगायतका मौसमी र बेमौसमी तरकारी खेतीले हरियाली भएको छ । स्थानीय छजना युवाहरूले सामूहिक रूपमा खर्बुजा र तरकारी खेती गर्दा मरिणको सुक्खा बगर हरियालीमात्र भएको छैन युवाहरुले मनग्ये आम्दानीसमेत गर्न थालेका छन् ।

मरिण गाउँपालिका ७ का खिलहरी गिरीको नेतृत्वमा ६ जना युवाहरूको सक्रियतामा सामूहिक लगानी गरी मरिण खोलाले बगाएको ३५ बिघा सुक्खा बगरमा झन्डै ३० लाख रुपैयाँको खर्बुजा उत्पादन गरिएको हो । हाल फर्सी, लौका, घिरौंला, बोडी, करेला उत्पादन बजारका लागि तयार भएका छन् ।
त्यहा उत्पादित खर्बुजा र तरकारीलाई चैत्रको अन्तिम सातादेखि बिक्रीका लागि बजारमा ल्याइएको छ । हालसम्म करिब २० लाखको खर्बुजा र ७ लाख रुपैयाँ बढीको तरकारी बिक्री गरिसकिएको किसान खिलहरि गिरीले बताए ।

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

उनीहरूले बगरमा सामूहिक खेतीका लागि हालसम्म एक करोड रुपैयाँ लगानी गरेका छन् । पाँच बिघामा फर्सी, २० बिघामा बोडी, १० बिघा क्षेत्रफलमा करेला, लौका, घिरौंलालगायतको तरकारीको खेती गरिएको गिरीको भनाइ छ । ‘पहिलो वर्ष नै करिब २५ देखि ३० लाख रुपैयाँको खर्बुजा उत्पादन हुने हाम्रो अनुमान छ। नदी, खोलानजिकै भएकाले सिँचाइको पनि खासै समस्या छैन। मौसमले साथ दियो भने उत्पादन अझ बढ्न सक्छ,’ गिरीले बताए ।

बगरमा उत्पादन भएको खर्बुजा ४० रुपैयाँ प्रतिकेजी, सय रुपैयाँ मुठा फर्सीको मुन्टा, ३० रुपैयाँ केजी हरियो फर्सी, ७० रुपैयाँ केजी बोडी स्थानीय मरिण बजारमा बिक्री हुँदै आएको आएको जनाइएको छ । यहाँको उत्पादनले मरिण बजारका साथै सिन्धुली र हेटौंडा बजारले तरकारी बिक्रि गर्ने ठाउँ पाएको छ ।
अन्य पेसामा भन्दा छिटो र राम्रो आम्दानी हुने भएपछि बगरखेतीमा लागेको युवाहरूको भनाइ छ । ‘हामीले रोजगारको अवसरको खोजी गर्दा स्थानीय स्तरमै सामूहिक खेतीलाई रोजेका छौं । पहिलो वर्षमै राम्रो आम्दानी हुने देखिन्छ यसलाई आगामी वर्ष थप विस्तार गर्नेछौं,’ उनीहरूले बताए ।

आधुनिक प्रविधिसहित खेती थालेका युवाहरूले आगामी दिनमा २० बिघा क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्ने योजना बनाएका छन्। जसका लागि अछामबाट २० लाख रुपैयाँ अकबरे खुर्सानीका बिउ झिकाएर बेर्ना उत्पादन गरिएको छ । नेट जातको पाँच हजार बिरुवा त्रिशूलीबाट झिकाइएको छ । त्यसका लागि २० टनेल निर्माण गरिएको छ भने थप ३० वटा निर्माण भइरहेको छ ।

‘एक्लै व्यवसाय गर्नुभन्दा सामूहिक लगानी गर्दा सहज हुने भएपछि बैंकबाट ऋण लिएरै भए पनि व्यवसाय विस्तार गर्दै लगिएको हो । आगामी वर्षबाट वार्षिक रूपमा तीनदेखि पाँच करोडसम्म आम्दानी गर्ने गरी तरकारी र फलफूल उत्पादन गर्ने लक्ष्य छ,’ उनको भनाई छ ।
सीप र मेहनतले सुक्खा बगरमा पनि रसिलो खर्बुजा तथा अर्गानिक तरकारी फलाएर युवाले उदाहरण प्रस्तुत गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताए । यो बगरखेती पालिकाकै उत्कृष्ट उत्पादन हो ।

‘वर्षौंदेखि प्रयोगविहीन बगरमा खर्बुजा तथा तरकारी खेती गरेर किसानले आफ्नो जाँगर मात्र देखाएका छैनन्, राम्रो आम्दानी गरेर गाउँपालिकामै सफल कृषकका रूपमा उदाहरण प्रस्तुत गरेका छन,’ उनले भने ।

अध्यक्ष मोक्तानले गाउँपालिकालाई कृषि उत्पादनका दृष्टिले पकेट क्षेत्रको रूपमा विकास गर्ने योजनालाई थप सार्थक बनाउने गरी युवा किसानहरूले व्यावसायिक कृषि खेतीलाई गाउँपालिकाको तर्फबाट यस्ता किसानलाई लगानीमा अनुदान, प्रविधिमा यान्त्रीकरण र बजारीकरणजस्ता क्षेत्रमा प्रोत्साहन गरिने बताए ।

Related

Previous Post

नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त

Next Post

एसियाडमा नेपाल विमोचन

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने
FEATURED

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ
FEATURED

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
FEATURED

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता
FEATURED

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
Next Post
एसियाडमा नेपाल विमोचन

एसियाडमा नेपाल विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

सोमवार, मंसिर १६, २०८२
नेपालद्वारा युक्रेनी भुभाग गाभ्ने रुसकाे  प्रयासमाथि विपक्षमा मतदान

नेपालद्वारा युक्रेनी भुभाग गाभ्ने रुसकाे प्रयासमाथि विपक्षमा मतदान

बिहिबार, अशोज २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In