—कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
काठमाडौं, २३ माघ , कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा देखाउने भएको छ । ‘क्रिकेट फिएस्टा’ नाम दिइएको
यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना हुनेछ । यसमा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलको रोमाञ्चक अनुभवसमेत प्रदान गर्नेछ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलसँगै सांगीतिक मनोरञ्जन र विभिन्न अन्तरक्रियात्मक ब्रान्ड गतिविधिहरूको अनुभव प्रदान गर्नेछ । टुँडिखेलमा फेब्रुअरी ८ र १२, २०२६ मा तथा तीनकुनेमा पनि सोही अवधिमा स्क्रिनिङ कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम स्थलको गेट दिउँसो १ः०० बजे खुल्नेछ भने खेलको प्रत्यक्ष प्रसारण दिउँसो ३ः०० बजेदेखि सुरु हुनेछ ।
खेल सुरु हुनुअघि महेश काफ्ले र अस्मिता अधिकारीको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने छ । जसले खेलको उत्सवमय माहोल तयार पार्नेछ । यस कार्यक्रमले क्रिकेटप्रेमीहरूलाई केवल खेलको स्क्रिनिङ मात्र नभई थप रोमाञ्चक अनुभव पनि प्रदान गर्नेछ । साथै, कार्यक्रम स्थलभरि विभिन्न रमाइला ब्रान्ड गतिविधि तथा खेलहरूमा सहभागी भई दर्शकहरूले अन्तरक्रियात्मक र उत्साहपूर्ण वातावरणको अनुभव गर्न सक्नेछन् ।
यसैगरी, कोका–कोला नेपालले क्रिकेटप्रेमीहरूका लागि आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपालका खेलहरू भि आई पी जोनबाट हेर्न सकिने विशेष पास जित्ने अवसर पनि प्रदान गरेको छ । यी विशेष पास जित्न इच्छुक व्यक्तिहरूले कोका–कोला नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।















