माघ २३, काठमाडाैं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार उपचारका लागि डडेलधुरा अस्पताल पठाइएका थप ५ जनाको निधन भएपछि मृतकको संख्या १३ पुगेको हो।
गम्भिर घाइते ३ जनालाई धनगढी रेफर गरिएको छ। अन्य २७ जना घाइतेको उपचार भइरहेको छ।














