Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

Sambridinews by Sambridinews
शुक्रबार, माघ १७, २०८२
in TOP STORIES, समाचार
0
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनगणनाका रूपमा लिएको बताएका छन्। उनीहरूले यस निर्वाचनलाई आफ्नो वास्तविक सङ्ख्यात्मक उपस्थिति देखाउने अवसरका रूपमा लिएका छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता तथा संविधानसभा सदस्य सुनिल बाबु पन्तले शक्ति देखाउने बेला आएको बताए। २०६४ सालको ऐतिहासिक संविधानसभामा निर्वाचित भएर संसद् पुगेका पन्तपछि, दोस्रो पटक संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि पुर्‍याउने अभियानमा उनी स्वयं अग्रसर देखिएका छन्।
तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको यो चुनावी अभियानमा पन्तको प्रत्यक्ष साथ, नैतिक समर्थन र सक्रिय सहयोग रहेको उनले स्पष्ट पारे।

You might also like

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

पन्तले आग्रह र पूर्वाग्रह सबै एक ठाउँमा राखेर समावेशी समाजवादी पार्टीलाई गोप्य मतदान गर्न अपिल गरे। अहिलेसम्म जनगणना नभएको उल्लेख गर्दै उनले भने, “जनगणना पनि हुन्छ। हामी कति छौँ त सङ्ख्यामा भन्ने एक खालको हिसाब पनि आउँछ। शक्ति देखाउने बेला यही हो।”

उनले लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई गोप्य मतदानमार्फत भोट दिन अनुरोध गरे। समुदायसँग जोडिएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सदस्यहरू अधिकांश अझै खुल्न नसकेको उनले बताए।
यसपालि आफ्नो राजनीतिक विचार र आग्रह–पूर्वाग्रह सबै एक ठाउँमा राखेर समावेशी समाजवादी पार्टीलाई भोट हाल्न उनले अपिल गरे। 

पन्तले फागुन २१ को चुनावलाई गोप्य मतदानमार्फत उपस्थिति देखाउने अवसरका रूपमा लिन आग्रह गरे। कति भोट झर्‍यो भन्नेमा सबैको आँखा लाग्ने उनको भनाइ छ। “हाम्रो उपस्थिति जनमानसमा देखाउने राम्रो साधन हो,” उनले भने।

सबैले गोप्य मतदानमार्फत ‘हामी पनि नागरिक हौँ’ भन्ने देखाउन आवश्यक रहेको उनले बताए। पन्तले लोकतन्त्रको सौन्दर्यतामा विविधता आवश्यक रहेको बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रतिनिधित्व नभए संसदमा आवाज नहुने उनले उल्लेख गरे। ठूला र साना सबै दलले प्रत्यक्ष उम्मेदवार ६ जनाका लागि मतदातालाई अपिल गरिदिन उनले अनुरोध गरे।
आधिकारिक रूपमा उम्मेदवारी फिर्ता लिने समय सकिएको भए पनि इन्डोर्स गरेर मतदातालाई अपिल गर्न सकिने उनले बताए।

पार्टीकी अध्यक्ष तथा तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाले नयाँ र पुराना राजनीतिक दलका शीर्ष नेतासँग समर्थनका लागि अपिल गरिन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय दशकौँदेखि राज्य र राजनीतिबाट उपेक्षित हुँदै आएको पृष्ठभूमिमा उनले यो अपिल गरेकी हुन्।

उनले नयाँ, पुराना, ठूला र साना सबै दलका शीर्ष नेतृत्वलाई समर्थन गरिदिन आग्रह गरिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखिएको उनले जानकारी दिइन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, र भावी प्रधानमन्त्रीका रूपमा चर्चा हुने बालेन शाहदेखि गगन थापासम्मलाई अपिल गरिएको उनले बताइन्।

नेपाली कांग्रेसका सभापति गगन थापालाई आफूले पहिलादेखि नै प्रधानमन्त्रीका रूपमा चाहेको बताउँदै, सभापति भएपछि थप जिम्मेवारी लिनुपर्ने धारणा चञ्चलाले राखिन्। “सबै समुदाय खुसी हुनुपर्छ,” उनले भनिन्।

पुस्ता हस्तान्तरणको बहस भइरहेका बेला अरूलाई मौका दिने कि नदिने भन्ने प्रश्न उठेको उनको भनाइ छ। “हामीलाई तपाईँहरूजस्ता ठूला पार्टीहरूले उम्मेदवार फिर्ता गर्ने कि, मलाई सघाएर विजयी बनाउने विकल्प आजको राजनीतिमा छ,” उनले भनिन्।

संसदमा सधैँ महिला र पुरुषको मात्र कुरा उठिरहेको अवस्थामा पछाडि पारिएका र सीमान्तकृत समुदायका प्रतिनिधि खुलेर बोल्न सक्षम हुने उनले बताइन्। 

लाखौँ समुदायका प्रतिनिधित्व गर्दै छातीमा हात राखेर बोल्न सक्ने आत्मविश्वास आफूले पाएको उनको भनाइ छ। स्वतन्त्र रूपमा बोल्ने आत्मविश्वास ठूला राजनीतिक नेताहरूबाटै सिकेको उनले बताइन्।  

उनका अनुसार संसदमा यसअघि कुरा नउठेको होइन। तर सुनिल बाबु पन्तबाहेक अन्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि संसद् पुग्न नसकेको यथार्थ छ। “माननीयज्यूहरूलाई हामीले आफ्नो कुरा राखिदिन सधैँ आग्रह गर्दै आएका थियौँ,” उनले भनिन्।

अब आफैँ संसद् पुग्न सके अरूलाई गुहार्न नपर्ने उनको भनाइ छ। महिला, पुरुष, युवा, अल्पसङ्ख्यक र पछाडि पारिएका वर्गका समस्याहरू सदनमै उठाउने अठोट उनले व्यक्त गरिन्।

महिला, पुरुष र युवाका पीडा आफूलाई थाहा रहेको उनले बताइन्। विमानस्थलमा युवाहरू विदेश गइरहेको दृश्य देख्दा मन रुने गरेको उनले उल्लेख गरिन्।

नेपालमै युवाका लागि काम गर्न सकिने अवस्था सिर्जना गर्नु आजको आवश्यकता रहेको उनले बताइन्। यो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधि संसदमा पुगेर स्थायी इतिहास कोर्ने उनको विश्वास छ। चञ्चला मोरङ निर्वाचन क्षेत्र नम्बर ४ की प्रत्यक्ष उम्मेदवार हुन्।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का प्रत्यक्ष उम्मेदवार देवेन्द्रबहादुर खत्री ‘मधु’ले शासक वर्गले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा पिछडिएको वर्गको वर्तमान र भविष्यसँग खेलबाड गरिरहेको बताए। “हामी राज्यबाट दोहोरो विभेद खेपेर आएका सीमान्तकृत वर्ग हौँ,” उनले भने।

सत्तामा बस्नेहरूले जहिले पनि भोट र करका लागि मात्र प्रयोग गरेको आरोप उनले लगाए। यदि अहिले आफ्ना मुद्दा आफैँले ज्वलन्त आवाजका साथ नउठाए भविष्य झन् जोखिममा पर्ने चेतावनी उनले दिए। राजनीतिमा होमिएर देशलाई निकास र विकास दिने ध्येय, लक्ष्य र उद्देश्य रहेको उनको भनाइ छ।

समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ नुमा लिम्बु (चञ्चला) र देवेन्द्रबहादुर खत्री ‘मधु’सँगै विभिन्न जिल्लाबाट उम्मेदवार उठाएको छ।
पार्टीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ। 
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेललाई उम्मेदवार उठाइएको छ। ओखलढुङ्गाबाट ३४०६ उम्मेदवारमध्ये ‘अन्य’ पहिचानमा उम्मेदवारी दर्ता गर्ने पिंकी राई र काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट विनोद लामा (कोनिका) उम्मेदवार छन्।

समावेशी समाजवादी पार्टीले समानुपातिकतर्फ १५ जनाको नाम समेटिएको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको जनाएको छ।

Related

Previous Post

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

Next Post

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

Sambridinews

Sambridinews

Related Posts

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने
TOP STORIES

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

by Sambridinews
बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
बिहिबार, साउन १४, २०८३
Next Post
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड

दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड

सोमवार, चैत्र १२, २०८०
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

बिहिबार, मंसिर १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

शुक्रबार, साउन १५, २०८३
आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने
TOP STORIES

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

शुक्रबार, साउन १५, २०८३
रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

बिहिबार, साउन १४, २०८३
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,
FEATURED

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

बिहिबार, साउन १४, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In