काठमाडौं । क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।
२०८२ साल पौष महिनाको ०८ गते मंगलबारका दिन बुढानिलकण्ठ, काठमाडौँ स्थित होलिडे इन रिसोर्र्टमासम्पन्न एक कार्यक्रमका बीच कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष श्री राजेन्द्र के.सी.ज्यू तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निर्मल भट्टराईज्यूले हस्ताक्षर गर्नुभएको छ ।
मिति २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लव चौलानी लिमिटेड२०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँचतारे होटलको रुपमा आफूलाई स्थापना गर्न लागेको छ । क्लव चौलानी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम आईपीओ (IPO – Initial Public Offering) को रुपमा सर्वसाधारणको लागि निष्काशनगर्न लागेको हो ।
गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाटअनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले लगानी व्यवस्थापन सेवा (Portfolio Management Services– PMS), डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी निक्षेप सदस्य (Depository Participant),सामूहिक लगानीकोषको योजना व्यवस्थापन (Mutual Fund Manager), धितोपत्र प्रत्याभूति सेवा (Securities Underwriting Services),बिक्री प्रबन्धक(Issue Manager),शेयर रजिष्ट्रार (Share Registrar) र संस्थागत परामर्श सेवा(Corporate Advisory Service) प्रदान गर्दै आइरहेको छ ।
गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंकलिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सहजिकरण गर्दैैआएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझपरिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













