Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

Sambridinews by Sambridinews
सोमवार, पुस ७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। एमसिए नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिव ३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ (२.३७ करोड अमेरिकी डलर) मूल्यका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ।

यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि तथा विकासलाई अगाडि बढाउने कम्प्याक्टको लक्ष्य हासिल गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्छन्।

You might also like

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै

टेन के रनका सहयोगी सम्मानित

मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

एमसिए-नेपालले आज एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिव दुई करोड अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ।

यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट-मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिव ३६.६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ।

यी आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किमि सडक खण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ भने नारायणघाट-मुग्लिङ सडक खण्डको आवधिक मर्मत गरिनेछ। सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि ती नयाँ प्रविधि नेपालमै पहिलो पटक गर्न लागिएको हो।

आज एक समारोहबीच नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सन, अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव सुशील बाबु ढकाल, सडक विभागका महानिर्देशक डा. विजय जैसी, एमसिए-नेपाल सञ्चालक समितिका सदस्यहरू, एमसीसी नेपालका निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेल तथा एमसीसी र एमसिए-नेपालका कर्मचारीहरूको समुपस्थितिमा एमसिए-नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा शर्मा कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलादेखि लमहीसम्मको सडक खण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुका साथै उक्त सम्झौता एक आपसमा आदानप्रदान गरे।

उक्त समारोहलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले भने, “धान खोला-लमही सडक स्तरोन्नति आयोजना र नारायणघाट-मुग्लिङ सडक मर्मत आयोजनाले कुनै एउटा सम्झौताभन्दा धेरै कुराको प्रतिनिधित्व गर्छ। संयुक्त रूपमा यिनीहरू अमेरिका–नेपाल साझेदारीको सशक्तता, मिलेनियम च्यालेञ्ज कम्प्याक्टको गति तथा नेपाली जनता एवं नेपालमा कार्यरत अमेरिकी व्यवसायीहरूका लागि मूर्त परिणाम सिर्जना गर्नका लागि सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिविम्बित गर्ने अर्काे उपलब्धि हुन्।”

उनले अगाडि थपे, “कम्प्याक्टले नेपालमा अत्यावश्यक सडक पूर्वाधार उपलब्ध गराउँदै गर्दा यी दुई सम्झौताले फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक मर्मत प्रविधिमा अमेरिकाको सर्वाेत्कृष्टतालाई चिनाउनेछन्।”

मन्तव्य राख्ने क्रममा अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले नेपालमा पहिलोपटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसिए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको विश्वास व्यक्त गरे।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले भने, “नेपालको सडक प्रणालीको गुणस्तरमा सुधार गर्न नयाँ प्रविधि प्रयोग गरेर एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसिए–नेपालले गरिरहेको अनवरत पहल आजको यस प्रगतिमा प्रतिविम्बित भएको छ।”

एमसीसी नेपालका निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेलले यस आयोजनाबाट नेपालको सडकको भरपर्दाेपनामा सुधार गर्न अर्थपूर्ण रूपमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपालको सडक सञ्जालभरि नै व्यापक रूपमा उपयोग गर्न सकिने व्यावहारिक मोडेलका रूपमा पनि यो आयोजना रहने बताए। राम्ररी निर्माण गरिएका एवं मर्मतसम्भार गरिएका सडक आर्थिक वृद्धिको परिणाम मात्र नभई यिनीहरू यसको महत्वपूर्ण उत्तोलक पनि भएको विचार पनि उनले व्यक्त गरे।

एमसिए-नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले भने, “सडक मर्मत आयोजनालाई अगाडि बढाउनका लागि भएका यी दुवै सम्झौता वास्तवमै उल्लेख्य उपलब्धि हुन् । यी सम्झौता अन्तर्गतका क्रियाकलापले व्यापार एवं सवारी सञ्चालन लागतलाई घटाउनेछ भने सडक सुरक्षामा अभिवृद्धि गर्नेछ र यात्राको गुणस्तरमा सुधार गर्नेछ। म नेपाल सरकार तथा हाम्रा मुख्य सरोकारवालाहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, एमसिए–नेपाल सञ्चालक समिति एवं एमसीसीप्रति उहाँहरूको अनवरत सहयोगका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।”

सडक मर्मत आयोजना यातायात लागत घटाउने र नेपालका सडकको अवस्थामा सुधार गर्ने उद्देश्य बोकेको एमसीसी नेपाल कम्प्याक्टको एउटा कार्यक्रम हो।

Related

Previous Post

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

Next Post

भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै
FEATURED

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै

by Sambridinews
सोमवार, असार ८, २०८३
टेन के रनका सहयोगी सम्मानित
TOP STORIES

टेन के रनका सहयोगी सम्मानित

by Sambridinews
आइतवार, असार ७, २०८३
मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि
TOP STORIES

मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

by Sambridinews
शनिबार, असार ६, २०८३
नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
TOP STORIES

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

by Sambridinews
शनिबार, असार ६, २०८३
गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित
FEATURED

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित

by Sambridinews
शनिबार, असार ६, २०८३
Next Post
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भक्तपुर जिल्ला अदालत र बार बिच विवाद चुलिँदो

भक्तपुर जिल्ला अदालत र बार बिच विवाद चुलिँदो

शुक्रबार, कार्तिक २४, २०८०
काठमाडौं सहित पहाडी भेगमा सामान्य बर्षा

काठमाडौं सहित पहाडी भेगमा सामान्य बर्षा

बुधबार, फाल्गुन २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै
FEATURED

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै

सोमवार, असार ८, २०८३
टेन के रनका सहयोगी सम्मानित
TOP STORIES

टेन के रनका सहयोगी सम्मानित

आइतवार, असार ७, २०८३
मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि
TOP STORIES

मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

शनिबार, असार ६, २०८३
नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
TOP STORIES

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

शनिबार, असार ६, २०८३
गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित
FEATURED

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित

शनिबार, असार ६, २०८३
गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट
TOP STORIES

गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट

शनिबार, असार ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In