Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, विश्व बैंक तथा एशियाली विकास बैंकको साझेदारीमा नेपालमा लेखा तथा लेखापरीक्षणसम्बन्धी “मापदण्ड तथा नैतिकताको अनुपालनसम्बन्धी प्रतिवेदन (ROSC) को मूल्याङ्कन कार्य गर्ने

Sambridinews by Sambridinews
सोमवार, पुस ७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, विश्व बैंक तथा एशियाली विकास बैंकको साझेदारीमा नेपालमा लेखा तथा लेखापरीक्षणसम्बन्धी “मापदण्ड तथा नैतिकताको अनुपालनसम्बन्धी प्रतिवेदन (ROSC) को मूल्याङ्कन कार्य गर्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २१ डिसेम्बर, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी)–– लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह र एसियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन गरिरहेका छन् ।

विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकनको उद्देश्य नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरणको मूल्यांकन गर्नु, विद्यमान कमीकमजोरी र चुनौतीहरू पहिचान गर्नु तथा पारदर्शिता, जवाफदेहिता र लगानीकर्ताको विश्वास सुदृढ गर्न आवश्यक सुधारसम्बन्धी सुझाव सिफारिश गर्नु हो ।
नेपालले वित्तीय सुशासन सुदृढ गर्ने, निजीक्षेत्रको दिगो लगानी आकर्षित गर्ने र सबै आकारका व्यवसायका लागि वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने प्रयास गरिरहेको बेला यो पहल अत्यन्तै महत्वपूर्ण समयमा अघि बढेको छ ।
रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनले लागू हुने लेखांकन तथा लेखापरीक्षणका मापदण्डहरू, नियामक तथा संस्थागत संरचना, व्यावसायिक शिक्षा तथा तालिम प्रणाली, अनुपालना र कार्यान्वयन संयन्त्रहरू तथा वास्तविक अभ्यासहरूको समीक्षा गर्नेछ । अन्तर्राष्ट्रिय उत्तम अभ्याससँग मेल खाने यसका निष्कर्ष र सिफारिशहरूले नेपाललाई संस्थागत क्षमता र वित्तीय प्रतिवेदन प्रणालीलाई अझ सुदृढ गर्न सहयोग पु¥याउनेछन् ।
नेपालका लागि यसअघिको आरओएससी ए एन्ड ए मूल्यांकन सन् २०१५ मा सम्पन्न भएको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खाने किसिमको अभ्यासमा उल्लेखनीय प्रगति गरेको छ । प्रमुख सुधारहरूमा सूचीकृत कम्पनी, बैंक, बीमा कम्पनी तथा सरकारी स्वामित्वका संस्थानहरूमा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) कार्यान्वयनमार्फत अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आइएफआरएस) सँग पूर्ण मेल खाने किसिमको अभ्यास; नेपाल लेखापरीक्षण मापदण्ड (एनएफआरएस) जारी गरी अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड (आइएफआरएस) अवलम्बन; लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि नेपाल गुणस्तर नियन्त्रण मापदण्ड (एनएसक्युसी १) र विद्वत् समीक्षा संयन्त्रको कार्यान्वयन; तथा अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आइइएस) र आइएफएसीका कर्तव्यअनुरूप व्यावसायिक शिक्षा र निरन्तर व्यावसायिक विकासको सुदृढीकरण समावेश छन् ।
यी सुधारहरूले नेपालको वित्तीय प्रतिवेदन संरचनामा पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता उल्लेखनीय रूपमा बढाएका छन् । आरओएससी ए एन्ड ए मूल्यांकनले अन्तर्राष्ट्रिय मापदण्डहरूको परिपालनाको अवस्था मूल्यांकन गर्ने, नेपालको प्रगति उजागर गर्ने र बजारको विश्वास थप बलियो बनाउन तथा दिगो आर्थिक वृद्धिलाई समर्थन गर्न रणनीतिक सिफारिशहरू गर्नेछ ।
‘यो मूल्यांकन नेपालको वित्तीय क्षेत्रका लागि एउटा कोसेढुंगा हो । यसले एक दशकको सुधारहरूलाई मान्यता दिएको छ र नेपाललाई विश्वव्यापी लगानीका लागि विश्वसनीय एवं भरोसायोग्य गन्तव्यका रूपमा स्थापित गर्छ । आइक्यान अन्तर्राष्ट्रिय मापदण्डअनुरूप लेखांकन तथा लेखापरीक्षण अभ्यासमा उत्कृष्टता प्रवद्र्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ,’ संस्थाका अध्यक्ष निलबहादुर सारु मगरले भन्नुभयो ।
आइक्यानले यो राष्ट्रिय प्राथमिकताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै नियामक निकायहरू, व्यावसायिक संस्थाहरू, शैक्षिक तथा निजी क्षेत्रलगायत सबै सरोकारवालालाई सफल मूल्यांकनका लागि सक्रिय सहकार्य गर्न र नेपालको वित्तीय सुशासन संरचनालाई थप सुदृढ गर्न आह्वान गरेको छ ।

You might also like

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

Related

Previous Post

सिन्धुलीका केशव हायूको शव ललितपुरको इनारमा फेला

Next Post

नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत

Sambridinews

Sambridinews

Related Posts

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

by Sambridinews
सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

by Sambridinews
सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

by Sambridinews
सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

by Sambridinews
सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत

नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ज्योति विकास बैंकको सीईओमा ढकाल नियुक्त

ज्योति विकास बैंकको सीईओमा ढकाल नियुक्त

बिहिबार, मंसिर २१, २०८०
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा ४ रुपैयाँले मूल्य घट्याे

शनिबार, चैत्र २, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

सोमवार, अशोज ५, २०८३
चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो
FEATURED

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In