Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

Sambridinews by Sambridinews
सोमवार, मंसिर १६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । नेपाल तेक्वान्दो संघ तथा नेपाल स्थित दक्षिण कोरियाली दूतावासको तत्वावधानमा १३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको हलमा भव्य रुपमा उद्घाटन समारोह सम्पन्न गरियो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष श्री दीपराज गुरुङ्गद्वारा गरएको थियो भने कार्यक्रमको प्रमुख अतिथी पूर्व युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठज्यू हुनु हुन्थ्यो । उक्त समारोहमा विशिष्ठ अतिथीका रुपमा दक्षिण कोरियाली दूतावासका महामहिम राजदूत श्री पार्क ताई योङ उपस्थित थिए । कार्यक्रमको औपचारीक उद्घाटन पुर्व युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठ साथै कोरियाली राजदूत महामहिम श्री पार्क ताई योङले संयुक्त रुपमा दीप प्रज्वलन गरि गरेका थिए ।
१३ औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दक्षिण एशियाली मुलुकः भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १५५० जना तेक्वान्दो खेलाडीहरुले सहभागीता जनाएका छन् । यस प्रतियोगितामा कुल ६१ स्वर्ण, ६१ रजत साथै १२२ काँष्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । आज उद्घाटन भएको उक्त प्रतियोगिता मंसिर २० (डिसेम्बर ०६) सम्म चल्ने छ ।
काठमाण्डौ विभागीय टोली नेपाल पुलिस क्लबका प्रेमबहादुर लिम्बूले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेतासमेत रहेका लिम्बूले व्यक्तिगत पुम्सेको पुरुष ४० वर्षमुनिको स्पर्धामा स्वर्ण पदक जितेका हुन् । त्रिभुवन आर्मी क्लबका रेजिन रिमाल दोस्रो र अल्फा तेक्वान्दो डोजाङ दाङका दामोदर शर्माले कांस्य पदकमा चित्त बुझाए ।
यसैगरी महिला ४० वर्षमुनिको एकल पुम्सेमा नेपाल एपीएफ क्लबकी प्रतिभा भिस्टा पहिलो र आर्मीकी सविना भट्टराईले दोस्रो स्थान हात पारे । यस्तै व्यक्तिगत पुम्सेको छात्र १०–१२ वर्ष उमेर समूहमा सुनसरीको चन्द्रमा डोजाङका प्रकाश श्रेष्ठले स्वर्ण पदक जिते । बालाजु डोजाङका रावल पण्डित दोस्रो तथा स्वयम्भू डोजाङका रोजकुमार तामाङ र स्वस्तिक डोजाङका सुमन तामाङले कांस्य पदक प्राप्त गरे ।
मंसिर २० गतेसम्म ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा आयोजना हुने प्रतियोगिताको पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा दक्षिण कोरियाली दूतावासले नेपाल तेक्वान्दो संघलाई तेक्वान्दोको विभिन्न खेलकुद सामग्री पनि प्रदान गरेको थियो । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङले नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलाई सो सामग्री हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई मानार्थ छैटौं डान प्रदान गरिएको थियो । यस्तै नेपाल तेक्वान्दो संघका उपाध्यक्ष साम्राज्यविक्रम पाण्डे, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयलाई मानार्थ पाँचौं डान प्रदान गरिएको थियो । उनीहरुलाई संघका अध्यक्ष गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए ।
च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप सञ्चालनका लागि नेपालका ४० जना अन्तर्राष्ट्रिय निर्णायक परिचालन गरिएको छ । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको छ । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

Related

Previous Post

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

Next Post

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

२०७९ सालको पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई

२०७९ सालको पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई

सोमवार, अशोज ८, २०८०
शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

बुधबार, अशोज २९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In