काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेकाे छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि आज १० गतेसम्मका लागि तोकेको हो । त्यसअनुसार दल दर्ताका लागि आज अन्तिम दिन हो ।














