काठमाडौं। बालाजुस्थित इको हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गर्दै पुनः अध्यक्ष प्रेमकृष्ण श्रेष्ठकै अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। यही कार्तिक २९ गते शनिबार सम्पन्न संस्थाको साधारणसभाले आगामी तीन वर्षको कार्यकालको लागि अध्यक्षमा प्रेमकृष्ण श्रेष्ठसहित उपाध्यक्षमा विष्णु ब. श्रेष्ठ , सचिव मा लेखनाथ पौडेल लगायतलाई सर्वसम्मत निर्वाचित गरेको हो। अध्यक्ष प्रेमकृष्ण श्रेष्ठको अध्यक्षता सम्पन्न भएको साधारणसभामा सोही संस्थाका सचिव तथा प्रबन्ध निर्देशक लेखनाथ पौडेलले सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट , लेखा सुपरीवेक्षण समितिका संयोजक काञ्छा महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो । प्रतिवेदन अनुसार समीक्षा आर्थिक वर्ष २०८१/८२ मा उक्त संस्थाको शेयर पूँजी रु. १,४९,६७,०००/- , निक्षेप संकलन रु. २४,०२,४१,५२४.८४/- र कर्जा लगानी रु. २०,६५,४२,७३०.८१ रहेको उल्लेख छ । यस आ.व. मा संस्थाको मुनाफा रु. ६४,२५१.६० रहेको छ। सभामा अध्यक्ष श्रेष्ठले गत आर्थिक वर्षको अन्त्यमा संस्थाको तरलता २६.१४% रहेको जानकारी दिए। उनले यस सहकारीले स्थापना कालदेखि हालसम्म मुनाफा गरि सदस्यहरुलाई उच्च प्रतिफल दिंदै आएको र यसलाई कायम गरिने प्रतिबद्धता व्यक्त गरे। साधारण सभामा संस्थाका जेष्ठ शेयर सदस्य , उत्कृष्ट कारोवार गरेका सदस्यहरु तथा २०८१ सालको एस.ई.ई. मा उत्कृष्ठ जी.पी.ए.का साथ उत्तीर्ण भएका शेयर सदस्यहरुका छोरीहरुलाई पुरस्कृत गरी सम्मान गरियो ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













