Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, May 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्रीसँग निजी क्षेत्रको छलफल

Sambridinews by Sambridinews
आइतवार, अशोज ५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
प्रधानमन्त्रीसँग निजी क्षेत्रको छलफल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुनरोत्थानका लागि निजी क्षेत्रको सुरक्षा, समन्वय र सहकार्य

असोज ५,काठमाडौं । अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसंग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री शुसिला कार्कीसंग आइतवार भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रुपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसंग रहेको वताउनु भयो ।
हामी पनि सम्हालिंदै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न तयार छौ,’ अध्यक्ष ढकालले भन्नुभयो । उहाँले आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुभ्‌mन नसकिएको रुपमा हेर्न सकिने वताउनु भयो । महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।

You might also like

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

साथै अध्यक्ष ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गर्नुभयो ।
युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारवाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारवाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भै निजी लगानी थप निरुत्साहित हुने तर्पm निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष ढकालले महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन रहेको वताउनु भयो । विशेषगरि ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको छ । महासंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरि देशैभर सर्वेक्षण गरिरहेको छ ।

छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नु भयो । माग बढाउन मुल्य अभिवृद्धि करको दरमा पनि समायोजन गर्न सकिने तर्पm महासंघले सुझाव दिएको छ ।
युवा पुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको बताउनु हुँदै अध्यक्ष ढकालले सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचार काम गर्न सबैले पहल गर्नुपर्ने वताउनु भयो । यसैगरि ब्याज सहुलियत र नयाँ संरचना निर्माण गर्न आवश्यक सामान ल्याउन प्रभावित व्यवसायीलाई भन्सार लगायत शुल्कमा छुट दिन पनि महासंघले आग्रह गरेको छ । नागरिक एपबाट व्यवसाय दर्ता एवं खारेजी लगायतका सेवा लिन सकिने एवं कर बुझाएपछि नविकरण गर्नुपर्ने वाध्यता हटाउनु पर्ने माग महासंघले निरन्तर उठाइ रहेको छ ।

यसैगरि अध्यक्ष ढकालले सामाजिक उत्तर दायित्व अन्तर्गतको रकम पुर्ननिर्माणमा लगाउन सकिने हुँदा त्यसलाई खर्चका रुपमा देखाउन पाउने र अन्य सहजीकरण आवश्यक रहेको तर्पm पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
छलफलमा अध्यक्ष ढकालले २०२६ मा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको तर न्युन तयारी कै अवस्थामा भएको यस क्षतिले समस्या उत्पन्न हुनसक्ने तर्पm सरकारको ध्यानाकर्षण गराउनु भयो । यस्तै समस्या भोगेको बंगलादेशले विशेष गरि व्यापार सुविधाबाट वन्चित हुने हुँदा स्तरोन्नतिको निर्णय पर सार्न खोजिरहेको छ । नेपालले पनि अहिले नै स्तरोन्नतिको निर्णय स्थगत गर्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गर्नुपर्ने महासंघको सुझाव छ ।
कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जाको आवश्यकताका साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिने महासंघको सुझाव छ ।
छलफलका क्रममा चालु पूँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुर्नकर्जा, ब्याज अनुदान लगायतका वित्तिय सहुलियत तत्काल दिन सकिने तर्पm व्यवसायीहरुले प्रधानमन्त्री कार्किको ध्यानाकर्षण गराएका थिए ।

Related

Previous Post

दुई महिनामै २३६ प्राजेक्टका लागि ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

Next Post

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

Sambridinews

Sambridinews

Related Posts

FEATURED

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
FEATURED

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
FEATURED

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
Next Post
नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

सुनचाँदीकाे मुल्य लगातार घट्दै

आइतवार, मंसिर २३, २०८१
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाकाे बिमा रकम ठगीमा वैदेशिक रोजगार बोर्डकै कर्मचारीको संलग्ना

सोमवार, चैत्र २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

आइतवार, जेष्ठ १०, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
FEATURED

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

आइतवार, जेष्ठ १०, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
FEATURED

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

आइतवार, जेष्ठ १०, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

शुक्रबार, जेष्ठ ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In