- खगेन्द्र फुयाल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल जसले निरंकुश पञ्चायती व्यवस्था विरुद्ध आवाज उठाए, फलतः पञ्चायती व्यवस्थाले उनको जागिर खोस्यो। जनताको मुक्तिका लागि पञ्चायती व्यवस्थासँग सम्झौता गरेनन। शिक्षकको जागिर छोडे, जेलनेल भोग्न तयार भए तर पञ्चायती शासकको लोभमा फसेनन।
भदौं २३ गते काठमाडौंमा भएको जेनजी समुहको आन्दोलनमा सरकारले गरेको चरम दमनका कारण उन्नाइस जना युवाको ज्यान गयो। भोलीपल्ट देशभरी नै उग्र प्रदर्शन र त्यसमा भएको घुसपैठका कारण आततायीहरुले हेटौडास्थित नवलपुरमा रहेको उनको घरमा लुटपाट मच्चाउदै आगो झोसे । मानवता हराएको भिडसँग प्रतिकार गर्ने सामथ्र्य थिएन, क्षणभरमा घर जलेर सखाप भयो।
विगत चवन्न वर्षदेखि हेटौडास्थित नवलपुरमा बसोबास गर्दै आएका पौडेल २०७४ माघदेखि ०७८ भदौंसम्म झन्डै चारवर्ष बागमती प्रदेशको प्रथम मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । हाल पार्टी अभिभावकीय भूमिकामा रहनुभएका पौडेल आफ्नै पुरानो थलो नवलपुरमा कान्छा छोराले दुईवर्ष अगि मात्र बनाएको घरमा बस्दै आउनुभएको थियो ।२०४७ सालको राजनीतिक परिवर्तनसँगै खुला राजनीतिमा सक्रिय भए । नेपाल कम्युनिस्ट पार्टी माले र त्यसपछिको रुपान्तरित पार्टी एमालेको राजनीति मार्फत जनताको सेवामा ज्यान दिएर लागे।
२०५४ सालमा तत्कालिन हेटौडा नगरपालिकाको मेयरमा निर्वाचित भए । स्वच्छ छवि एवं निर्विवादित स्पष्ट व्यक्ति भएकै कारण जनताको इच्छा अनुसार नगरपालिकाको मेयरमा दुई कार्यकाल सफल जिम्मेवारी पुरा गरे। मेयरका रुपमा रहदा हेटौडाको विकास एंव व्यवस्थित शहरीकरणको जग बसाल्न महत्वपूर्ण योगदान पुर्याए । आजको हेटाैडा बजर विकासको श्रेय उनैलाई जान्छ । त्यतिबेला हेटौडा बजार शहरीकरणको अवस्थामा भर्खर प्रवेश गर्दै थियो।
आन्तरिक पर्याटकको आकर्षकको केन्द्र रहेको हेटौँडा सहिद स्मारककको योजनाकर्ता पनि उनै पौडेल हुन। यसबाहेक नगरभित्र रहेका शैक्षिक संस्थाको स्तरोन्नति, सडक निर्माण, कृषि योजना लगायतमा उनको महत्वपूर्ण योगदान रहेको छ।
उनले विकासको यात्रालाइ त्यही थाति राखेनन। मुख्यमन्ंत्री बनेपछि जिम्मेवारी अझ बढेर गयो। प्रेदश मातहतका सबै जिल्ला नगर र स्थानीय तहलाई समान विकास न्याय र सम्वृद्धि गर्नुपर्ने भयो । नगर भित्रका पिछडीएका क्षेत्रलाई रुपान्तरण गर्दै नाममात्रका शहरलाई माथि उकास्ने काम गरे।
मकवानपुरको विकासमा बिस वर्षदेखी सुस्ताएर बसेको सिटीइभिटीलाई जगाए र गौरीटार रंगशालालाई जीवन दिए । पचास शय्याको हेटौंडा अस्पताललाई पाचसय शय्याको शिक्षण अस्पताल बनाउन लागे । कृषिको सुपर मार्केट बनाए, दुग्ध प्रशोधनको कारखाना बनाए, विश्वविद्यालयको जग हाले। हेटौडालाई शिक्षा र स्वास्थको हव बनाए, पर्यटकहरुको आकर्षणको केन्द्र बनाए।
स्वार्थ र कमिशन भन्दा माथि रहेर देशका लागि यति धेरै काम गरिसकेका पौडेलमाथि जिवनको उत्तरार्धमा सम्मानको सट्टा यो हदसम्मको अपमान र अमानवीय घटनाको कल्पना समेत गर्न सकिदैन।
मंगलबार पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सञ्जाल फेसबुमा व्याङग्यात्मक शैलिमा लेखेका छन् देश र जनताका लागि गरेको यही गल्तिका कारण आज अपमानित हुनुपरेकाे छ।















