Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको एक अग्रणी राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ।

यो कदम इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सहरू प्रति समर्पण, शहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने, र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो ।

You might also like

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्नेछ। काठमाडौंस्थित नयाँ कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार, र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको छ ।

यस कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानिय आवश्यकता अनुसार अनुकूलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, “हामी इनड्राइभमा, काठमाडौँमा हाम्रा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो जहाँ हाम्रा ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन् । हामी चाहन्छौं कि उनीहरूले यहाँ आएर इनड्राइभको अभिन्न हिस्सा भएको अनुभव गरून् । यो केन्द्र उनीहरूको सफलतालाई अझ सशक्त बनाउने माध्यम हो ।”

नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ जसले चालकहरूलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ । थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् ।

नयाँ सुरुवातले नेपाली बजारप्रति इनड्राइभको दृढ र दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काउँछ । इनड्राइभले उचित मूल्य निर्धारण र प्रयोगकर्तालाई प्राथमिकतामा राख्ने दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रूत रूपमा मनपर्ने विकल्प बनेको छ । यही कारणले गर्दा यो प्लेटफर्म छोटो समयमा यात्रुहरू र चालकहरू दुबैको मन जित्न सफल भएको छ ।

नेपाली बजारमा इनड्राइभ लोकप्रियताको नयाँ स्तरमा पुग्दै गएको छ, जसले स्थानीय आवश्यकतालाई बुझ्ने र समाधान दिने यसको क्षमतालाई प्रमाणित गर्छ। यस प्रयासमार्फत इनड्राइभले नेपालमा दीगो र समावेशी यातायात प्रणाली निर्माणमा योगदान पु‍र्याउने लक्ष्य लिएको छ ।

इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन्, “नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार हो। काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको केवल एक भौतिक संरचना खडा गर्नु मात्र होइन, यो हामीले नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतिक हो।”

”हामीले सधैं चालकहरूसँग संवादलाई प्राथमिकता दिएका छौं—उनीहरूको सुझाव, आवश्यकताहरू र चुनौतिहरूलाई ध्यानपूर्वक सुन्दै आएका छौं। आफ्नो कम्युनिटीलाई सुन्ने र बुझ्ने संस्कृतिले इनड्राइभलाई साँच्चिकै आफूहरुको लागि बनेको प्लेटफर्म भएको मानिसहरूलाई अनुभूति गराएको छ ।

यो नयाँ कार्यालय हाम्रो प्रतिबद्धताको स्पष्ट प्रमाण हो, यो एक यस्तो स्थान हुनेछ, जहाँ चालकहरूले आवश्यक सहयोग, प्रशिक्षण, र अवसर पाउन सक्नेछन् । तर अझ महत्वपूर्ण कुरा, यो स्थान उनीहरूले आफ्ना आवाजहरू सुरक्षित रूपमा अभिव्यक्त गर्न, व्यक्तिगत र व्यावसायिक रुपमा दक्षता वृद्धि गर्न, र इनड्राइभको यात्रामा सक्रिय साझेदार बन्न महत्वपूर्ण हुनेछ ।”

काठमाडौंमा यो कार्यालय खोल्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामी यसलाई चालकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रूपमा हेर्छौं, यसले भविष्यमा अझ बढी समावेशी र दिगो परिवहन प्रणालीको निर्माणमा योगदान पु‍र्याउनेछ ।

काठमाडौंमा कार्यालय सुरु गर्नु इनड्राइभको सम्मानलाई अझै अगाडि बढाउने एक महत्वपूर्ण कदम हो । यसले इनड्राइभलाई चालक–केन्द्रित, पारदर्शी, र समुदाय–संचालित मोबिलिटी प्लेटफर्मको रूपमा थप मजबुत बनाउँछ । इनड्राइभले नेपालमा ल्याएको निष्पक्ष, उचित मूल्य, र प्रयोगकर्तामैत्री मोडेल ल्याएको छ, जसले छोटो समयमा आम जनमानसको विश्वास जित्दै लोकप्रियता हासिल गरेको छ ।

Related

Previous Post

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

Next Post

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

Sambridinews

Sambridinews

Related Posts

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

by Sambridinews
शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार पर्व

आज शेर्पा समुदायले ल्होछार पर्व मनाउदै : सरकारले सार्वजनिक बिदा

सोमवार, फाल्गुन २८, २०८०

कार्यकारी निर्देशक पुन विरुद्ध मुद्धा हाल्ने मरासनीले पाए अवकास

शुक्रबार, माघ १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In