काठमाडाैं । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै छ । कानुनमन्त्री अजय चौरासियाले बैठक बस्दै गरेको पुष्टि गरे ।
परिषद् स्रोतका अनुसार केही न्यायाधीश नियुक्तिको सिफारिस र आलमको मुद्दामा फैसला गर्ने न्यायाधिशमाथि पनि छलफल गर्ने एजेन्डा रहेको छ ।
उच्च अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित केही दिनअघि न्याय परिषद्मा उजुरीसमेत परेको थियो । स्रोतका अनुसार यसबारे न्यायपरिषद्ले आन्तरिक रुपमा बुझिरहेको छ ।