Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज गंगा दशहरा पर्व मनाइदै

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
in FEATURED, TOP STORIES
0
आज गंगा दशहरा पर्व मनाइदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । आज गंगा दशहरा पर्व मनाइदै छ। हिन्दू धर्मावलम्बीहरूले मनाउने एक महत्वपूर्ण पर्व हो।

हरेक वर्ष ज्येष्ठ महिनाको शुक्ल पक्षको दशमी तिथिका यो पर्व मनाउने गरिन्छ । यस पर्वको महत्व विभिन्न धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ र यसका धेरै पक्षहरू छन ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

गंगा दशहराको मुख्य महत्व गंगा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाउने गरिन्छ । पौराणिक कथाअनुसार, राजा भगीरथले आफ्ना पुर्खाहरूको उद्धारका लागि कठोर तपस्या गरी माता गंगालाई स्वर्गबाट पृथ्वीमा ल्याएका थिए। यही दिन ज्येष्ठ शुक्ल दशमी, हस्त नक्षत्रमा गंगा भगवान शिवको जटाबाट पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ।

पापमोचन र पुण्य प्राप्ति

यस दिन गंगा नदीमा स्नान गर्नाले शारीरिक र मानसिक शुद्धता प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ। ूगंगायां परमं पवित्रं, पापमुक्ति प्रदायिनीू अर्थात् गंगाको जल पवित्र छ र यसले पापहरूबाट मुक्ति दिन्छ भन्ने शास्त्रीय मान्यता छ।

गंगा दशहराका दिन गंगा स्नान गर्नाले दश प्रकारका पापहरू शारीरिक, मानसिक र वाचिक नाश हुन्छ भन्ने विश्वास गरिन्छ। यी पापहरूमा अरूको वस्तु नदिई लिनु, हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन बोल्नु, झुटो बोल्नु, अरूको निन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पुर्याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्नु जस्ता पर्छन्।

पितृहरूको उद्धार

गंगा दशहराका दिन गंगा स्नान गरेर पितृहरूलाई तर्पण दिँदा उनीहरूले मुक्ति पाउँछन् र स्वर्गमा वास गर्छन् भन्ने जनविश्वास छ।
दान र उपवासको महत्व

यस दिन दान र उपवासको विशेष महत्व मानिन्छ। दान गर्दा पुण्य प्राप्त हुने र दश प्रकारका पाप नाश हुने विश्वास गरिन्छ। स्कन्द पुराणका अनुसार, ज्येष्ठ शुक्ल दशमीलाई संवत्सरमुखी मानिएको हुँदा यस दिन स्नान र दानको विशेष महत्व छ।

धार्मिक स्थलहरूमा मेला

गंगा दशहराको अवसरमा नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्ने गर्छ। नेपालमा गोसाइँकुण्ड, देवघाट, त्रिवेणी संगम, बराहक्षेत्र, कन्काइ माई, रिडी लगायतका पवित्र नदी र तालहरूमा भक्तजनहरूको घुइँचो लाग्छ।

पौराणिक कथा

कतिपय मान्यता अनुसार, भगवान रामचन्द्रले रावणको वध गरी सीतालाई फर्काउन र लंका विजय गर्नका लागि गरेको प्रतिज्ञा पूरा गर्न १० दिन लागेको थियो र त्यसैबेलादेखि दशहरा पर्व मनाउन थालिएको हो। यसमा रामेश्वरम शिवको स्थापना गरी सेतु निर्माण गरिएको कुराको पनि उल्लेख रहेको पाइन्छ ।

Related

Previous Post

सार्वजनिक यातायातमा भएको हड्ताल विरद्ध सर्वोच्च अदालतमा रिट

Next Post

आलमलाइ सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न न्यायपरिषद्‌को आकस्मिक बैठक

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
पुरुषबाट महिला बनेका र जन्मँदाकै महिलाको अधिकार फरक कि एकै?

आलमलाइ सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न न्यायपरिषद्‌को आकस्मिक बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, माघ १०, २०८२

आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्याे

आइतवार, चैत्र ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In