Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

देश त बन्ला नबन्ला, पार्टी कार्यालय चाही बन्ने भयो कमरेड

Sambridinews by Sambridinews
बुधबार, अशोज ३०, २०८१
in FEATURED, विचार
0
देश त बन्ला नबन्ला, पार्टी कार्यालय चाही बन्ने भयो कमरेड
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाँल

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) ओली सार्वजनिक चर्चाको विषय बनेका छन् ।

हुन त देशको बहालवाला प्रधानमन्त्री सार्वजनिक चासो र चर्चाको विषय बन्नु सामान्य नै हो । तर उनको विवादास्पद कार्यलाई लिएर यतिबेला उनको सर्वत्र आलोचना भइरहेको छ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

प्रधानमन्त्री ओलीको विवादास्पद कार्यलाई लिएर सर्वसाधारण मात्र हैन, पार्टी भित्रपनि नेता कार्यकर्ता सन्तुष्ट छैनन । राजनीतिक भविष्य समाप्त हुने डरले पार्टीभित्र उक्त विषयमा बहस चलाउने पक्षमा भने केन्द्रीय तथा पोलिटव्युरो तहका काेही नेताहरु तयार छैनन ।

मुख्यगरी कर छली एंव् बालुवाटार जग्गा घोटाला प्रकरणमा जोडिएका व्यापारी मिनबहादुर गुरुङ्गले दान दिएकाे झन्डै एघार रोपनी भनिएको जग्गाको विषय हो । दशैंको अष्टमीका दिनमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा किर्तिपुर मैत्रीनगरमा जग्गा दानकर्ता मिनबहादुर गुरुङ्गले एमालेको पार्टी कार्यालय निर्माणका लागि संयुक्त रुपमा जग पूजा (भवन शिल्यान्यास ) गरेका छन् ।

बडादसैंकाे घटस्थापना भन्दा केहीदिन अघि परेको अबिरल वर्षाले देशमा ठुलो जनधनको क्षति भयो । वर्षासंगै आएको बाढीले सयौं मानिसको मृत्युभयो भने अरबौको धन सम्पत्तिको क्षति भएको छ ।

अबिरल वर्षापछि आएको बाढीले पूर्वी तराईबाट काठमाडौं जोड्ने छोटो मार्ग वीपी राजमार्गको विभिन्न स्थानमा करिब बाह् किलोमिटर सडक रोशी खोलाले बगाएको छ ।

काठमाडौं उपत्यका सहित काभ्रे सिन्धुली मकवानपुर सिन्धुपाल्चोक रामेछाप लगायतका जिल्लामा बाढीपहिरोले धेरै ठाउमा सडक तथा पुलमा क्षति पुर्याएको छ । सुनकोशी नदीले सिन्धुली रामेछाप खोटाङ्ग लगायतका जिल्ला जोड्ने विभिन्न स्थानका पुल बगाएको भनिएको छ । यस्तै, काठमाडौंबाट हेटौडा जोड्ने छोटो दुरीको सडकखण्डमा पनि क्षति पुगेको छ ।

दसैंको मुखमा आएको प्राकृतिक विपत्तिले धेरै नेपालीलाई घरबारबिहीन बनाइदियो । उनिहरुले दसैं आए गएको थाहा समेत पाएनन् । बाढीपहिरो पीडितको सहयोगका लागि सरकारको राहत कोषमा करोडौं रकम संकलन भएको छ तर कोष परिचालन सम्बन्धि ठोस योजना सरकारसंग छैन ।

आफन्त गुमाएका घर परिवालाई सरकारले केही रकम त देला तर विस्थापित परिवारको पुन:स्थापना र बाढीपहिरोको मुख्य कारण भनिएको गैरकानुनी ढुंगाखानी नियन्त्रण गर्ने विषयमा सरकार अझै मौन छ ।

यसवर्षको बडादसैं करिव करिव सकिन लागेको छ । बाढीले क्षतिपुगेको सडकको डाइभर्सन त खुलेको छ तर, यात्रा सहज भने छैन । प्राकृतिक विपत्ति पछिको राहत उद्धार तथा पुननिर्माणमा सरकारको सक्रियता जहिल्यै सुस्त छ ।

रोशी खोलाले क्षतिपुर्याएको काभ्रेका विभिन्न स्थानमा अझैपनि नियमित सञ्चार तथा विद्युत सेवा नभएको गुनासो जनताले गरिरहेका छन् । बाढी पीडितहरु सरकारप्रति आक्रोशित छन भने त्यस क्षेत्रमा सरुवा रोगको महामारी फैलिने त्रास पनि उत्तिकै छ । यि यस्ता विषयमा सरकारको ध्यान गएको देखिदैन ।

संविधानको समयानुकूल संसोधन र जनताको निराशा चिर्ने मुल एजेण्डा लिएर प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर गठन भएको सरकार आफै बिना हराएको मृग झै भएको छ ।

असार ३० गते चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएको ओली सरकारलाइ न्यनतम साझा कार्यक्रम ल्याउनै दुइ महिना लाग्याे । सरकारकाे साझा कार्यक्रम एकातिर यात्रा अर्काेतिर जस्ताे अवस्थामा सरकार पुगेकाे छ । जनताकाे निराशा चिर्नेतर्फ भन्दा पनि सत्ता टिकाउनु नै सरकारकाे एकमात्र उदेश्य देखिन्छ । सत्ता हिस्सेदार दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले जनताको हितमा गति लिन नसकेको स्वीकार गरिसकेका छन् ।

सार्वभौम नेपाली जनता र देशको हितमा सपथ खाएका प्रधानमन्त्री कुनै व्यक्ति र स्वार्थ समुहको गोटी किमार्थ हुनसक्दैनन् । उनि बिवादित व्यक्ति र संस्थाको हितमा ‘स्वार्थको द्वन्द्व’ लाई समेत ख्याल नगरी हिड्छन भने पार्टी कार्यालय त बन्ला तर देश भने वर्षोपछि धकेलिने पक्का छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) छलीसम्बन्धी मुद्दामा मिनबहादुर गुरुङ्गद्वारा सञ्चालित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालि दोषी ठहर भएको छ ।

सर्वोच्च अदालतको २०८० माघ १६ गते गरेको पूर्ण इजलासको फैसलामा भाटभटेनीले नक्कली भ्याटबिल बनाएर कर छलेको ठहर गरेको छ । उक्त फैसलामा भाटभटेनीले कर जरिवाना र थप दस्तुर तथा ब्याजसमेत गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारलाई बुझाउनुपर्ने निर्णय गरेको थियो ।

त्यस्तै गुरुङ्ग बालुवाटार जग्गा घोटाला काण्डमा समेत जोडिएर धरौटी बुझाइ रिहा भएका व्यक्ति हुन । सुशासनको पक्षमा कठोर बन्नुपर्ने देशको बहालवाला प्रधानमन्त्री नै कर छली तथा जग्गा घोटालामा जोडिएका व्यक्तिले दिएको करोडौ मुल्यको घडेरी सहर्ष स्वीकार्नु आफैमा सुशासनको बर्खिलाप हो ।

सरकार गठन भएको एकसय दिन पनि नपुग्दै सरकारको दिनगन्ति गन्नेहरुका लागि यो घटनाले समर्थन गरेको छ ।

देश र जनताको नाममा सपथ खाएका प्रधानमन्त्री स्वार्थ बाझिएको विषयसँग जोडिनु पक्कैपनि जनताको सपनामाथिको तुषारापात हो । यो घटना स्वयम प्रधानमन्त्रीका लागि पहिलो गाँसमा ढुंगा भनेझै हुनसक्छ ।

Related

Previous Post

निराजन र इजिकेललाई पदक

Next Post

विराटनगरमा होटल सञ्चालक माथि खुकुरी प्रहार

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

विराटनगरमा होटल सञ्चालक माथि खुकुरी प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज साँझसम्म टिकटक बन्द हुने

आज साँझसम्म टिकटक बन्द हुने

मङ्लबार, कार्तिक २८, २०८०
पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन

पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन

आइतवार, कार्तिक ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In