काठमाडौं । पडकास्टमा नायिका पुशा शर्माको अभिव्यक्तिलाई लिएर गायिका समिक्षा अधिकारीले असहमति जनाएकि छिन ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकि छिन ‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधीश नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि !
सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।
के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।
त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र?
यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र?
सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ’’तिमी मेरो बहिनी’’ भनेर आउनुभयो, मैले दिदि भनें, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पिडा नदिनुस् प्लिज ।
नायक पल शाह समेत रहेको पडकास्टमा नायिका पुजा शर्माले पलको सर्मथन गर्दै सत्यको जित हुने बताएन । ‘कानुनले बोलिसकेपछि सक्यो, कसैले बोलिरहन जरुरत पनि छैन । पललाई कसैल नाम ट्याग गरिरहन जरुरत छैन’ उनले भनिन ।