Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हाफ म्यारथनमा दीपक र सन्तोषी पहिलो

Sambridinews by Sambridinews
शनिबार, चैत्र १०, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
हाफ म्यारथनमा दीपक र सन्तोषी पहिलो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक


काठमाडौं, चैत १०, नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा शनिबार स्वर्ण जितेका छन् । दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन् ।
एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । साग स्वर्णधारी ९५ हजार मिटर दौड० एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोश्रो तथा पर्वतका तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्ड समयमा तेश्रो भए । आर्मीका नरेन्द्र रावल चौथो र आर्मीकै खडकबहादुर खड्का पाँचौं स्थानमा रहे ।
साग स्वर्ण विजेता ९१० हजार मिटर दौड० र ढाका म्याराथन ९४२.१९५ किलोमिटर० की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १ घण्टा २० मिनेट १९ सेकेन्ड समय लगाइन् । १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा नेपाल प्रहरीकी राममाया बुढा दोश्रो तथा १ घण्टा २३ मिनेट ०२ सेकेन्डमा ढाका म्याराथनकी स्वर्ण विजेता एपीएफकी पुष्पा भण्डारी तेश्रो बने । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो तथा एपीएफकी फुलमती रानाले पाँचौं स्थानमा दौड टुंगाए । पुरुष÷महिला दुवैमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाए ।
नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो । पाँचौं स्थानसम्म आउने खोलडीलाई निर्धारण गरिएको नगद पुरस्कार आर्मीका खेलाडीले हात पारे । मुकेशबहादुर पालले ३१ मिनेट १८.५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । सञ्जय श्रेष्ठ ९३१ मिनेट २४.१४ सेकेन्ड० दोश्रो तथा राजेन्द्र राई ९३१ मिनेट ३४.३८ सेकेन्ड० तेश्रो भए । सुवास कार्की चौथो तथा श्रीकाश राई पाँचौं भए । पहिलोदेखि पाँचौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
महिला खुला ५ किलोमिटर दूरी २१ मिनेट ३० सेकेन्डमा पूरा गरेकी आर्मीकी सृजना पाण्डेय पहिलो भइन् । प्रहरीकी राजपुरा पछाईं ९२१ मिनेट ३८ सेकेन्ड० दोश्रो तथा आर्मीकी निर्मला केसी ९२२ मिनेट ३० सेकेन्ड० तेश्रो बने । एपीएफकी आशा रावत चौथो तथा प्रहरीकी सुमित्राकुमारी चौधरी पाँचौ भए ।
विद्यालयतर्फ कक्षा १२ सम्मको पुरुष ५ किलोमिटरमा विश्वराम कुँवर पहिलो, बादल कार्की दोश्रो, विकेश घिमिरे तेश्रो, कृष्ण परियार चौथो र आशेषकुमार क्षेत्री पाँचौं भए । विद्यालयतर्फ नै कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा कल्पना बुढा, अस्मिता भुजेल, अमिशा राई, आयुष्मा आचार्य र सम्झना राई क्रमशः शीर्ष पाँच स्थानमा रहे ।
ह्व्लिचेयरको पुरुष ३ किलोमिटरमा रामकाजी मिजार प्रथम, रमेश खत्री द्वितीय, प्रेमबहादुर विक तृतीय, दीपक आले मगर चौथो र विष्णुपुकार श्रेष्ठ पाँचौं बने । सोही स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमालले स्वर्ण, यामी झाक्री मगरले रजत र रजनी राईले कांस्य जित्दा पेमा छोक्पा गुरुङ चौथो र बविता थापा पाँचौं स्थानमा रहे ।
महिला खुला ५ किलोमिटर, विद्यालयतर्फ पुरुष ५ किलोमिटर र पुरुष÷महिला ह्व्लिचेयरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार जिते । चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार हासिल गरे । विद्यालयतर्फ महिला ३ किलोमिटरमा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार हात पारे ।
विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, विश्व भेटेरिनरी एसोसिएनका अध्यक्ष राफेल लागुइन, आयोजक संघका अध्यक्ष डा। रामकृष्ण खतिवडा, राइट टु प्रोटिनका संयोजक डा। सितलकाजी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । समापनका अवसरमा विश्व भेटेरिनरी संघका अध्यक्ष राफलले नेपाल भेटेरिनरी संघलाई वर्ष २०२३ को अवार्डसहित ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरेका थिए । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनका लागि जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको तेश्रो संस्करणमा ७ हजार बढी प्रतिस्पर्धीको सहभागिता रहेको आयोजकले जनाएको छ । ८ विधामा भएको दौडको कुल पुरस्कार राशी कर बाहेक ११ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ ।
युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल ९युएसएसइसी० को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको दौडलाई पशु सेवा विभाग र नेपाल दाना उद्योग संघअन्तर्गतका दाना उद्योगीहरुको विशेष सहयोग गरेको आयोजकले जनाएको छ । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।

Related

Previous Post

२०८० सालकाे एसइइ परिक्षामा सिन्धुलीबाट ५ हजार ३ सय १५ जना विद्यार्थी सामेल हुदै

Next Post

रियलमी सि–५५ अब भारी छुट मुल्यमा

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
रियलमी सि–५५ अब भारी छुट मुल्यमा

रियलमी सि–५५ अब भारी छुट मुल्यमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटाैती

बिहिबार, पुस १२, २०८०

Indonesia’s Largest Fleet of Taxis Teams Up To Beat Ride-Hailing Apps

मङ्लबार, साउन १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In