काठमाडाैं । बलिउडका प्रख्यात नायक आमिर खान स्वदेश फर्किएका छन्।
विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान १०: ५० को उडानबाट भारत फर्किएका हुन्। बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा उनी सहभागी भएका थिए।
यो ध्यान विधिको कोर्स १० दिनको हुन्छ। उनको ध्यान जेठ ४ गते सकिने तय थियो। धर्मश्रृंगका विपश्यना सञ्चालक रुपज्योति खानलाई लिन विमानस्थलमा पुगेका थिए।