Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १८, २०८१
in समाचार
0
सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

–रुद्रबहादुर खड्का

बैशाख १८। सिन्धुली । फागुन दोस्रो सातादेखि सिन्धुलीका दर्जनौँ सामुदायिक वनमा आगलागी जारी छ । जिल्लाको सामुदायिक वनमा दैनिक आगोलागी भइरहेको छ । जंगलमा रहेका काठ, मुडा डढेर अङ्गार बनेका छन् । झाडी सबै जलेर सकिएको छ । आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो । कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन । आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला वस्ती छेउछाउ पसेका छन् । गाउँ पसेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् ।

You might also like

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

हरिहरपुगढी गाउँपालिका ५ मदभण्डारी राजमार्ग नजिकै शिखर सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न डिभिजन बन कार्यालय मरिणको टोलि आइतबार सो क्षेत्र पुगेका थिए । प्रहरी, वनका कर्मचारी सहित स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन भने सकेका छैनन् । दुई दिनदेखि लागेको आगो भर्खरै नियन्त्रणमा आएको हो । आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय मर्कामा परेका छन् ।

पहिले गाउँमा मानिसको चहलपहल हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरु वन्यजन्तु नआएको मरिण गाउँपालिका–१ का स्थानिय कुसुम लामाले बताए । एक महिनादेखि गाउँमा वन्यजन्तुको हुल नै हिँड्ने गरेको उनको भनाइ छ । खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतङ्क मच्याउन थालेको उनले बताए । बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरिदिन थालेको उनले जानकारी दिए । ‘पहिले घाँसदाउरा ल्याउन जङ्गलमा पुग्दा बाँदर भेटिन्थे, चार–पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरि आगो लागिरहेको छ, त्यही भएर होला अहिले वन बस्ने अन्य जनावर पनि आएका छन’, उनले भने, ’घर छाडेर एकैछिन कतै गएर आउँदा सबै सामान नष्ट गरिदिन्छ, एकजना हेरालु राख्नुपर्ने स्थिति आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन् ?, वनमा आगो लागेको छ ।’

दिन प्रतिदिन आगलागी हुँदै गएपछि वन्यजन्तु तितरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मान्धरले बताए । दिन प्रतिदिन जिल्लामा आगलागी बढ्दै गएको उनको भनाई छ । आगो निभाउन जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटिइरहेको उनले बताए । अझै पनि एक दर्जन वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको उनको भनाई छ । ‘जिल्लामा नागरिकको लापरबाहीका कारण आगलागीका घटना धेरै भएका छन्, निभाउन धेरै प्रयास भएका छन्, आगलागीबाट वन जङ्गल जोगाउन डिभिजन वन कार्यालय मरिणले विभिन्न सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ, तर नागरिक गम्भीर नहुँदा दिनदिनै वनमा लागो लागिरहेको छ, आगो लगाउनेलाई नियन्त्रणमा लिने प्रयास पनि गरेका छौँ ।’ उनले भने ।

सिन्धुलीमा चार हजार बढी हेक्टर वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय सिन्धुली र डिभिजन वन कार्यालय मरिणको तथ्याङ्क अनुसार जिल्लाको नौँ पालिकाको चार हजार तीन सय ८० हेक्टर वनमा डढेलो लागेको हो । नौ स्थानिय तह मध्ये सबै भन्दा बढी तीनपाटन गाउँपालिकाको जङ्गलमा डढलो लागेको छ । तीनपाटनमा २ हजार १ सय १ हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो लागेको छ । त्यस्तै कमलामाई नगरपालिकाको भिमानको जङ्गलमा ९ सय २० हेक्टर क्षेत्रफल, शिद्धेश्वर २ सय ८७ हेक्टर र रानिबासको १ सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । हालसम्म दुधौलीको हर्षाही लगायत विभिन्न जङ्गलमा २८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने गोलन्जोरको १ सय ३ हेक्टर जङ्गल डढेलोले प्रभावित भएको र फिक्कलको ३ सय ३५ हेक्टरमा आगो लागेको छ । सुनकोशी गाउँपालिका ५ हरियाली सामुदाकि वनमा १ सय हेक्टर, सुनकोशी गाउँपालिका ३ को राष्ट्रिय बनमा ८० हेक्टर र घ्याङलेख गाउँपालिकामा ९० हेक्टर बनमा डढेलो लागको छ ।

वनमा लागेको डढेलोले जिल्लाका झण्डै एक दर्जन घर र गोठ जलेर नष्ठ भएको छ भने पशु चौपायको मृत्यु भएको छ । आइतबार कमलामाई नगरपालिका – १३ महेश्वर सामुदायिक बनमा लागेको आगोले एक घर र एक गोठ जलेको छ । दिउँसो करिब २ः ४५ बजेको समयमा सामुदायिक वनमा लागेको आगोले भेट्दा कमलामाई नगरपालिका – १३ का भक्त बहादुर खत्रीको एक तले खरको छानो भएको गोठ पुर्ण रुपमा जलेको हो । गोठ नजिकै रहेको खरको छानो भएको कच्ची घरको पाली समेत जली घर आंसिक क्षति भएको छ । आगलागीबाट खत्रीको अन्दाजी चार लाख बराबरको बाख्रा–१४ वटा,गाई–३ वटा जली मरेको प्रहरीले जनाएको छ ।

यस्तै, केहि दिन अगाडि गोलन्जोर गाउँपालिका वडा नं.६ गैरीगाँउ स्थित बलेनी सामुदायिक बनमा लागेको आगोबाट तीनजना स्थानीयको चारवटा घर जलेर नष्ट भएको थियो । आगलागीबाट मानविय, चौपाय क्षति नभएपनि झण्डै २० लाख रुपैँया बराबरको क्षति भएको छ । आगलागी हुँदा गोलन्जोर गाउँपालिका ६ गैरीगाँउका ६७ वर्षिय बेद कोईरालाको ढुंगा, माटो र काठले बनेको जस्ताले छाएको घर र ढुंगा माटोले बनेको जस्ताको छानो भएको गोठ पुर्ण रुपमा जली नष्ट भएको छ । उहाँको अन्दाजि सात लाख रुपैँया बराबरको क्षति भएको थियो । त्यस्तै, सोहि ठाउँका ६५ वर्षिय ईन्द्र लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटोले बनेको घर जली पुर्ण रुपमा नष्ट भएको छ । उहाँको अन्दाजि चार लाख रुपैँया बराबरको क्षति भएको छ । त्यसैगरि, ४४ वर्षिय तिलक लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटो र काठले बनेको २ तले २ वटा घर जली पुर्ण रुपमा नष्ट हुँदा अन्दाजि आठ लाख ५० हजार रुपैँया बराबरको क्षति भएको छ ।

Related

Previous Post

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले नि:शुल्क रगत उपलब्ध गराउने

Next Post

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा क्ष्एइ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ

Sambridinews

Sambridinews

Related Posts

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

by Sambridinews
आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा क्ष्एइ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा क्ष्एइ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण

सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण

आइतवार, पुस १५, २०८०
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाँचथरमा जिप दुर्घटना हुँदा १४ जना घाइते

मङ्लबार, साउन ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In