Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सार्वजनिक बिदाका दिनमा निश्चित सरकारी कार्यालय खुल्ने : कर्मचारीलाई भत्ताकाे सट्टा, बिदा

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १८, २०७९
in FEATURED
0
सार्वजनिक बिदाका दिनमा निश्चित सरकारी कार्यालय खुल्ने : कर्मचारीलाई भत्ताकाे सट्टा, बिदा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले शनिबारबाहेकका अधिकांश सार्वजनिक विदाका दिन सेवाग्राहीको चाप हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ ।
सरकारले सेवाग्राहीको चाप हुने सरकारी निकाय दशैं, तिहार, छठ जस्ता ठूला चाडबाहेकका जात्रा, पर्व, दिवस, जयन्तीजस्ता सार्वजनिक विदामा खुला राख्ने निर्णय गरेको हो

आगामी वर्षको बिदा पुनरावलोकन गर्ने क्रममा मन्त्रिपरिषदको प्रशासन समितिमा केही सचिवहरुले अत्यधिक बिदा भएकाले कटौतीको अवधारणामा जानुपर्छ भन्ने सुझाव दिएका थिए ।

You might also like

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

समावेशी र सहभागिमूलक अवधारणाको प्रतिकुल हुने गरी कुनै चाडबाडमा विदा दिने र कुनैमा नदिने गर्न नहुने भएकाले निश्चित बिदामा कार्यालय सञ्चालन गर्ने अवधारणा अघि सारिएको हो ।

सोहहि अनुरुप २३ वटा सार्वजनिक बिदाका दिन सेवाग्राहीको अत्यधिक चाप हुने निकाय तथा कार्यालयमा सेवा दिने तयारी भएको छ । यसका लागि सार्वजनिक विदाका दिन खुला हुने सरकारी कार्यालय र त्यहाँबाट प्रवाह हुने सेवा तोक्ने तयारी छ ।

गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यदलले कुनकुन बिदाको दिन कुन कुन कार्यालय खुल्ने भन्ने खाका तयार गरेको छ ।

वर्षका ५२ वटा शनिबारका दिन भने सरकारी कार्यालय खुल्दैनन् । कुल जनसंख्याको करिब ३÷४ प्रतिशतभन्दा कम संख्या रहेका समुदायको चाडबाड, जात्रा जात्रा, पर्व, जयन्ती जस्ता प्रकृतिका सार्वजनिक विदामा भने कार्यालयहरु खुल्नेछन् ।

बुद्धजयन्ती, जनैपूर्णिमा, कृष्ण जन्माष्टमी, घटस्थापना, उधौली, उभौली, क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ति, सोनाम ल्होसार, शिवरात्री, ग्याल्पो ल्होसार, बकर इद, इदुल फित्र र फागु पूर्णिमाका दिन कार्यालय खोल्ने तयारी छ । यस्तै नयाँवर्ष, गणतन्त्र दिवस, मे दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, पृथ्वी जयन्ती र जनयुद्ध दिवसका दिन पनि कार्यालय खोल्ने प्रस्ताव छ ।

उक्त दिनमा जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, कन्सुलर विभाग, आन्तरिक राजस्व विभाग र मातहतका कार्यालय, भन्सार विभाग र मातहतका कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, बैदेशिक रोजगार विभाग, यातायात व्यवस्था कार्यालयहरु, सरकारी अस्पताल, खानेपानी, विद्युत र दुरसञ्चार महशुल लिने कार्यालय खुला गरेर सेवा दिने खाका बनेको छ ।

सार्वजनिक विदाका दिन खोल्ने कार्यालयहरुमा नियमित दिनमा जस्तो सबै सेवा भने खुल्दैनन् ।

बिदामा कार्यालय खोल्दा जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीको सेवा मात्रै दिने छ । प्रशासन कार्यालयका अरु सेवा भने त्यस दिन बन्द रहनेछन् ।
यस्तो दिन कार्यालय आएर काम गर्ने कर्मचारीहरुले भत्ता पाउँदैनन्, बरु अर्को दिन सट्टा बिदा पाउनेछन् ।

सरकारी कार्यालय मात्रै खुलेर पूर्ण रुपमा सेवा लिन नसकिने अवस्थामा त्योसँग सम्बन्धित अन्य सेवा र सुविधा नियमित गर्ने नीतिगत निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार पारेको खाकामा उल्लेख छ ।

कर, राजस्व र महशुल बुझाउनुपर्ने भएकाले सम्बन्धित कार्यालयमा रहेका बैंकका शाखा खुलाउन नेपाल राष्ट्र बैंकमार्फत निर्देशन दिने निर्णय भएको छ ।

मेडिकल कलेज र पब्लिक अस्पतालहरु के गर्ने भन्ने टुंगो लागिसकेको छैन । विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक संस्थाहरुको आफ्नै क्यालेण्डर हुने भएकाले उनीहरुको बिदामा हस्तक्षेप नगर्ने तयारी छ ।

Related

Previous Post

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी सत्तारुढ दलका सांसदहरुको अभिमुखीकरण

Next Post

सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र

Sambridinews

Sambridinews

Related Posts

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र

सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

शनिबार, फाल्गुन २३, २०८२

सप्तरीको जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

आइतवार, मंसिर २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In